• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार


  •   शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
  • – कृष्णराज गौतम /हरिराम भेटवाल
    काठमाडौँ । प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी ।

    Advertisement

    पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग–२ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म ।

    दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब रु २० करोड पुर्‍याउनुभएको छ । सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ । फार्ममा माछापालनलाई कृत्रिम तथा प्राकृतिक १६ जलाशय र ह्याचरीलाई साना १४ पोखरी छन् । प्रोटिन बढी हुने यस किसिमका माछालाई आवश्यक पर्ने चारा तथा दाना बनाउने व्यवस्था फार्ममा गरिन्छ । माछाका लागि पिना, सिद्रा, भटमासको धुलो, धानको ढुटोलगायत चाहिन्छ ।

    देशका विभिन्न स्थानका माछापालक कृषकबाट भुराको माग हुने गरेको छ । माछा हेर्दा साधारणजस्तो देखिए पनि यसले मानव स्वास्थ्यमा बहुआयामिक फाइदा गर्ने नरम र काँडा कम हुने विशेषता भएकाले पनि तुलनात्मकरूपमा अन्य माछाभन्दा केही महँगो पर्छ ।

    सेतो मासु भएकाले उच्च रक्तचाप, मधुमेह, मुटुरोगीलगायतका जुनसुकै बिरामीले पनि खान मिल्ने भएकाले पनि यसको माग बढेको छ । माछामा मानिसको दिमागलाई आवश्यक ‘ओमेगा थ्री’ भन्ने तत्व धेरै पाइन्छ । खोटाङका स्थायी बासिन्दा रहनुभएका फार्मका सञ्चालक राई यो व्यवसायमा आउनुभन्दा अगाडि सामान्य ठेक्कापट्टामा आबद्ध हुनुहुन्थ्यो । माछापालन क्षेत्रमा कुनै अनुभव थिएन । साथीहरूसँग घुम्दै जाँदा सो ठाउँमा पुग्दा प्राकृतिक सुन्दरताले आकर्षित गरेपछि जग्गा किनेर व्यवसाय थालेको उहाँको भनाइ छ । “चौबीसै घण्टा बगिरहने सफा पानी र तापक्रम व्यवस्थापनमा धेरै विधि र प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ । धेरै उत्पादन गर्दा मुनाफा राम्रै छ ।”

    उपयुक्त तापक्रम तथा गुणस्तरयुक्त दानाको व्यवस्था भएमा ट्राउट माछा उत्पादन गर्न सकिन्छ । माछालाई रोग लाग्नबाट बचाउन पोखरी सधँै सफा राख्नुपर्दछ, ठीक समय र ठीक मात्रामा दाना दिनुपर्दछ । काठमाडौँबाट साँखु हुँदै जान सकिने उक्त स्थान करिब ३० किलोमिटरको दूरीमा रहेकाले पनि काठमाडौँ उपत्यकाबाट घुम्न आउने, शैक्षिक भ्रमण, सेमिनार, गोष्ठी हुने भएकाले पनि त्यस क्षेत्रमा चाप बढेको छ । कतिपय माछा खान, अवलोकन, सोधपुछ गर्न र व्यवसायीका लागि फार्म राम्रो गन्तव्यस्थल बनेको छ ।

    गुणस्तरीय दाना एक किलो खुवाएर एक किलो माछा उत्पादन गर्न सकिन्छ । लामो समयसम्म माछा पाल्दा दानाको खपत बढ्ने र वृद्धिको अनुपात कम हुँदै जाने हुनाले करिब तीन सय ग्रामको तौल भएपछि बिक्री गर्दा नाफा धेरै हुन्छ । खासगरी हिमाली तथा पहाडी भेगमा मूलबाट बहाव हुने चिसो पानी तथा झरनाको स्रोत भएकाले माछाको व्यावसायिक पालन गर्न उपयुक्त मानिन्छ । त्यस क्षेत्रमा खाद्यान्न बाली लगाउन कठिन रहेको अवस्थामा जनताको जीविकोपार्जनका लागि यो क्षेत्र राम्रो आयस्रोतको माध्यम बन्ने सम्भावना देखिएको छ । माछा उत्पादनको लागत धेरै हुँदा स्वभाविकरूपमा लगानी पनि धेरै गर्नुपर्ने भएकाले कृषकलाई आवश्यक लगानी गर्न सरकारी तथा वित्तीय संस्थाबाट विशेष सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुन आवश्यक छ ।

    बढी घनत्वमा बगिरहेको पानीमा पालिने मांसाहारी जातको यो माछा अमेरिकाबाट जापानमा आयात गरी पालिएपछि विस्तारै एसियाका अन्य देशमा विस्तार भएको पाइन्छ ।

    स्वच्छ, सफा र स्वादिष्ट हुने माछा सन् १९६८ मा नेपालमा भुराहरू उत्पादन सुरु गरिएको थियो । सन् १९८८ मा सरकार र जाइका नेपालको संयुक्त पहलमा जापानको मियाजाकी प्रान्तबाट ५० हजार भ्रुण फूल आयात गरी गोदावरीमा हुर्काइएको थियो । हयाचरिङलाई गोदावरी र त्रिशूली मत्स्य अनुसन्धान केन्द्रमा गरिएको परीक्षण कार्यक्रमबाट सोही प्रजातिका माछा विकास गरी पालन कार्यक्रमलाई निरन्तरता दिइएको पशु सेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले जानकारी दिनुभयो । तत्कालीन समयमा नै माछाको विकासका लागि आवश्यक प्रविधि विकसित गरिएको थियो । यसको व्यावसायिक उत्पादन गर्न सकिने भएकाले सोहीअनुसारका पूर्वाधार आवश्यक हुन्छ । यसको अतिरिक्त शुद्ध नश्लको भुरा र प्राविधिक ज्ञान एवं व्यवस्थापकीय कौशलता भएमा उत्पादनमा सहयोग पुग्दछ ।

    ट्राउट माछापालनबाट सफलता पाउनका लागि प्रमुख पूर्वाधार उपयुक्त स्थल छनोट गर्नुपर्ने हुन्छ । स्थल छनोट गर्दा चिसो, सफा र स्वच्छ पानीको स्रोत भएको केही भिरालो जमिन आवश्यक हुन्छ । सडक, विद्युत्, बजार, उत्पादन सामग्रीको उपलब्धता र उत्पादित माछा आवश्यकतानुसार जिउँदै पनि ओसारपसार गर्नुपर्ने भएकाले फार्म रहेको स्थानमा यातायातको पूर्वाधार आवश्यक हुन्छ । माछालाई चाहिने आहारा केही दिनसम्म सुरक्षित राख्न फ्रिज र मिक्सचर प्रयोगका लागि विद्युत्को उपलब्धता अनिवार्य छ । फार्ममा दानाको नियमित आपूर्ति र उत्पादित माछालाई बजारको पहुँच हुनु आवश्यक छ ।

    एक मेट्रिक टन माछा उत्पादनका लागि करिब एक सय वर्गमिटर ‘रेसवे’ पोखरीमा न्यूनतम पाँच सय घनमिटर प्रतिदिनका दरले पानीको बहाव निरन्तररूपमा आवश्यक पर्दछ । फार्म निर्माणका लागि छानिएको स्थानमा वर्षैभरि पर्याप्त मात्रामा बगिरहेका पानी हुनु जरुरी रहेको शङ्करापुर–२ स्थित हेभन हिल होटल रिसोर्टका सञ्चालक राकेश तिमिल्सिनाले बताउनुभयो । उपलब्ध पानीको गुणस्तरअनुसार भुरा उत्पादन गर्ने ह्याचरीका लागि संरचना निर्माण तथा खाने माछा मात्र उत्पादनका लागि सुविधा तयार गर्नुपर्छ । ट्राउट माछा बाँच्न, हर्कुन र परिपक्व हुन सफा, चिसो र प्राणवायु (अक्सिजन) पर्याप्त भएको पानी उपयुक्त मानिन्छ । तापक्रम घटबढ भएमा पनि माछा ढिलो बढ्छ र व्यावसायिकरूपमा पालन गर्न फाइदाजनक हुँदैन । (रासस)

    शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.