• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गणतन्त्र जोगाउन राष्ट्रपति चुनावमा कांग्रेससँग सहकार्य : केसी (फोटासहित)


  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउन राष्ट्रपति चुनावमा काङ्ग्रेससँग सहकार्य गरिएको बताउनुभएको छ ।

    Advertisement

    २०७९ फागुन १९ गते बागलुङ बजारमा राजमो बागलुङको सातौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    सम्मेलनमा मन्तव्य राख्दै उहाँले नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट आएको गणतन्त्रलाई रक्षा गर्नका लागि काङ्ग्रेससँग सहकार्य गरिएको बताउनुभयो ।

    ‘हामीमाथि चर्को आरोप लगाउने गरिएको छ, राष्ट्रिय जनमोर्चा काङ्ग्रेससँग गयो भनेर’ उहाँले भन्नुभयो– ‘तर काङ्ग्रेसले गणतन्त्र जोगाउनुपर्छ भनिरहेको छ । हो, त्यही मुद्दामा ऊसँग तात्कालिक रूपमा सहकार्य भएको हो ।’

    सम्बोधनको क्रममा उहाँले काङ्ग्रेससँग राजमोका धेरै मतभेद भएको, आमूल परिवर्तनको ऊ विरोधी पार्टी हो भन्ने कुरा आफूहरूलाई थाह भएरै सहकार्य गरिएको बताउनुभयो ।

    ‘काङ्ग्रेस आमूल परिवर्तनको विरोधी पार्टी हो । त्यो हामीलाई थाह छ’ उहाँले भन्नुभयो– ‘त्यसका बाबजुद गणतन्त्रको मुद्दामा समान दृष्टिकोण भएकाले काङ्ग्रेससँग राष्ट्रिपति चुनावमा सहकार्य गर्नुको विकल्पै छैन ।’

    अध्यक्ष केसीले काङ्ग्रेस एक्लैले वा राजमो एक्लैले राष्ट्रपति चुनाव नजितिने भएकाले सहकार्य गर्नुपरेको विकल्पबारे प्रष्ट्याउनुभयो ।

    ‘मिल्ने भनेकै एक्लैले नसकेर हो’ उहाँले भन्नुभयो– ‘तपाईंहरू त किसानबाट आउनुभएको छ । गाउँमा मल फाल्न हुड्डा लगाउँछन् नि, त्यो त एक्लैले नसकेर हो नि ? राजनीतिमा सहकार्य पनि त्यसरी नै हुन्छ ।’

    मन्तव्यको क्रममा अध्यक्ष केसीले एक्लैले राष्ट्रपति चुनाव नजितिने भएकाले गणतन्त्र पक्षधर आठ दलको माझमा सहकार्य भएको स्पष्ट पार्नुभयो ।

    एमाले जस्ता मित्रशक्तिको सम्बन्धमा उहाँले उसले गलत राजनीति अपनाएकाले सहकार्य हुन नसकेको बताउनुभयो ।

    ‘वर्गीय हिसाबले हाम्रो मित्रशक्ति त एमाले नै हो, माओवादी नै हो’ उहाँले भन्नुभयो– ‘तर तपाईंहरूले देखिरहनुभएको छ त । एमालेले के गरिरहेको छ ? उसले गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा अभियान चलाइरहेको राप्रपासित मिलेर चुनावमा जान्छ र उसैलाई सरकारमा ल्याउँछ† अमेरिकाको सिआइएले बनाएको रवि लामिछानेको पार्टीलाई सरकारमा ल्याउँछ, त्यसलाई त झन् गृहमन्त्री नै दिन्छ ।’

    उहाँले एमालेको यस्ता प्रतिगमपरस्त र विजातीय चरित्रका कारण सहकार्य हुन नसकेको बताउनुभयो ।

    माओवादी केन्द्रको विषयमा उहाँको भनाइ थियो– ‘माओवादी केन्द्रको चरित्र भ्यागुताको जस्तो छ । सत्ताका लागि यताबाट उता उफ्रिने, उताबाट यता उफ्रिने ।’

    राजमो नेता केसीले अहिले पुन: आठदलीय सहकार्यमा फर्केर आएकोमा भने उहाँले प्रचण्डलाई धन्यवाद दिनुभयो ।

    सम्बोधनको क्रममा अध्यक्ष केसीले आफू ८३ वर्षको हुँदा पनि चुनावमा जिताएर पठाएकोमा उपस्थित जनसमुदायलाई धन्यवाद दिनुभयो ।

    ‘८३ वर्षको उमेरमा पनि यसले देश र जनताको पक्षमा बोल्छ भनेर मलाई सांसदमा जिताएर पठाउनुभयो, त्यसका लागि मैले बागलुङबासी जनतालाई धन्यवाद दिन चाहन्छु’ उहाँको भनाइ थियो ।

    थोरै काम गरे पनि धेरै काम गरेको भनेर विज्ञापन गर्ने आफ्नो बानी नरहेको प्रष्ट पार्दै उहाँले जतिसक्दो बागलुङे जनताको पक्षमा काम गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘मेरो व्यक्तिगत स्वार्थ केही छैन । जे गर्छु, देश र जनताको पक्षमा गर्छु । बागलुङे जनताको पक्षमा गर्छु ।’

    आगामी फागुन २१ गतेसम्म चल्ने सम्मेलनको आज जारी रहेको उद्घाटन शत्रमा राजमो केन्द्रीय सदस्यहरू राजेन्द्र ढुङ्गाना, डिलबहादुर दर्जी, गौरिश्वर पाण्डे, अखिल नेपाल युवक सङ्घका महासचिव तथा बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वन, अखिल नेपाल युवक बुद्धिजीवी सङ्घका उपाध्यक्ष काजीगाउँले श्रेष्ठ, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सहबिन अर्गेजा र अखिल नेपाल शिक्षक सङ्घकी केन्द्रीय सचिव सुनमाया ढकालले शुभकामना मन्तव्य राखिसक्नुभएको छ ।

    त्यस्तै, कार्यक्रममा राजमो गण्डकी प्रदेश सदस्य तथा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष नेत्र बुढाथोकी, जातीय समता समाजका जिल्ला अध्यक्ष नरबहादुर सुनार, शिक्षक सङ्घ बागलुङका सचिव पुष्कर सापकोटा, राजमो बागलुङका सल्लाहकारहरू टङ्कबहादुर केसी, टीकाराम शर्मा, अर्जुनबहादुर खत्री, अमरबहादुर खत्री, तमबहादुर घर्तीमगर, सहिद परिवारकी गौमला मल्ल, सवराज छन्त्याललगायतले मन्तव्य राख्नुभएको छ ।

    उद्घाटन शत्रमा राजमो महासचिव मनोज भट्ट, राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो केन्द्रीय सदस्यहरू लीलादेवी शर्मा, वेदिलाल सापकोटा, रक्तिमका उपाध्यक्ष हेमराज पुन, राजमो गण्डकी प्रदेश सहसचिव खिमविक्रम शाही, राजमो बागलुङका पूर्व अध्यक्ष कृष्ण थापा, युवक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, युवक सङ्घ बागलुङका अध्यक्ष वीरेन्द्र थापा, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का जिल्ला अध्यक्ष विष्णु अधिकारी, अखिल (छैठौं) बागलुङका अध्यक्ष गणेश सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष लालबहादुर पुन, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका जिल्ला अध्यक्ष पदम श्रेष्ठसहित पत्रकारहरूको आतिथ्य रहेको छ ।

    कार्यक्रम जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता तथा सचिव भीमलाल पोखरेलको सञ्चालनमा अघि बढेको छ । कार्यक्रममा उपस्थित जनमुदायलाई धर्मबहादुर कुँवरले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले जनवादी साङ्गीतिक कोसेली प्रस्तुत गरिरहेको छ ।

    निर्धारित कार्यक्रमअनुसार भोलि फागुन २० गते बन्दशत्रको कार्यक्रम सम्पन्न हुने छ भने पर्सि फागुन २१ गते नयाँ कार्यकारिणीको घोषणासँगै समापन कार्यक्रम सम्पन्न हुने छ ।

      

    शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.