विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश राखेकोमा पहिचानवादी संघ संस्थाहरुले आपत्ति जनाएका छन् ।
Advertisement
‘कोशी प्रदेश’ पहिचानविपरीत भएको भन्दै विभिन्न जातीय संग संगठनले शुक्रबार विराटनगरमा प्रदर्शन गरेका छन् ।
लिम्बुवान किरात संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि सडकमा धर्ना दिएको हो । रोडशेष चोकमा जम्मा भएका उनीहरुले प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै धर्ना दिएका थिए । त्यसक्रममा उनीहरुले ‘पहिचानवादी एक हौँ, कोशी प्रदेश मान्दैनौँ’ लगायतका नारा लगाएका थिए।
प्रदेश १ को नाम ‘किरात, लिम्बूवान’ राख्नुपर्ने उनीहरुले माग गर्दै आएका थिए । आफूहरुको मागलाई नजरअन्दाज गरि पहिचानविरोधी नाम राखिएको उनीहरुको आरोप छ।
गएको बुधबार प्रदेश सभाबाट दुई तिहाई बढी प्रदेश सभा सदस्यको समर्थनमा तत्कालिन प्रदेश १ को नाम कोशी प्रदेश पारित भएको थियो ।