बुटवल । अखिल (छैठौं) ले रुपन्देहीको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा तालाबन्दी गरेको छ ।
Advertisement
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा संगठन दर्ता गर्न नदिएपछि क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको अखिल (छैठौं)का महासचिव शुवास जिसीले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयले आज (फागुन १९ गते) दिउँसो ३ बजेसम्म संगठन दर्ताको समय तोकेको थियो । सोही समयभित्र संगठन दर्ता गर्न गएको अखिल (छैठौं) लाई दर्ता हुनबाट बञ्चित गरिएको संगठनले आरोप लगाएको छ ।
अखिल (छैठौं) सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाइ समितिले निर्वाचन कार्यालयको निर्णय सच्याएर स्ववियु निर्वाचनमा सहभागी हुन दिन माग गरेको छ ।
आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्ववियु चुनाव हुँदै छ ।