खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा कार्यरत नेपाली मजदुरहरुलाई परिचय पत्र दिन माग गरेको छ ।
Advertisement
मूल प्रवाह नगर समिति रिकांगपिओले किन्नोर जिल्लाका उपायुक्तलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।
नेपालीहरु मजदुरीका लागि भारतमा आउँदा कुनै परिचय पत्र बिनानै आउने भएकोले उनीहरुमाथि आइपरेको समस्याका क्रममा नेपालीको पहिचान गर्न कठीन हुने भन्दै मूल प्रवाहले परिचयपत्र बनाइदिन माग गरेको हो ।
यस्तै, मूल प्रवाह नगर समितिले रिकाङ पिओमा कार्यालय स्थापनाको लागि समेत उपायुक्तसँग माग गरेको छ ।
मूल प्रवाहका नगर सचिव मिथुन सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले स्थानीय समस्यलाई समेटेर ज्ञापन बुझाएको हो ।
प्रतिनिधिमण्डलमा सह सचि रणबहादुर तमाङ, कोषाध्यक्ष निर्मल, सदस्यद्वय तारा चन्द र ओम प्रकाश सहभागी हुनुहुन्थ्यो ।

