डोटी । डोटी बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को संगठन विस्तार भएको छ ।
Advertisement
बिहीबार भएको भेलाले क्याम्पस मूल इकाई समिति गठन गरेको छ ।
कृष्णा धामीको अध्यक्षतामा गठन गरिएको ५१ सदस्सीय मूल इकाई समितिको उपाध्यक्षमा तारा अवस्थी, सचिव पुष्कर बोहोर र कोषाध्यक्षमा कृष्णा भट्ट चयन हुनु भएको छ।

नवगठित समितिले आगामी स्ववियु चुनावलाई ध्यानमा राखेर शुक्रबार निर्वाचन कार्यालयमा संगठनलाई विधिवत दर्ता गर्ने र स्ववियु निर्वाचन भन्दा अगाडि उपयुक्त समय मिलाएर प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डबल बोगटी र कोषाध्यक्ष नरेश आलेको विशेष उपस्थिति रहेको थियो ।