• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रदेश नं. १ को नाम ‘कोशी’ प्रदेश राखेकोमा राष्ट्रिय जनमोर्चाको समर्थन


  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले १ नं. प्रदेशको नाम ‘कोशी’ प्रदेश राखेकोमा सो प्रस्तावको समर्थन गरेको छ । प्रदेश नं. १ को प्रदेशसभामा ‘कोशी’ प्रदेश नामकरणको प्रस्तावको सन्दर्भमा राजमोको यस्तो धारणा आएको हो ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७९ फागुन १८ गते बिहीबार जारी प्रेसवक्तव्यमा पार्टीले संविधान सभा कालमा राज्य पुन:संरचनासम्बन्धी खाकामा नै प्रदेश नं. १ को नाम ‘कोशी’ प्रस्ताव गरिएको स्मरण गराइएको छ ।

    वक्तव्यमा राजमोले परिकल्पना गरेको प्रदेश सङ्घीयताअन्तर्गत नभएर एकात्मक राज्यप्रणालीअन्तर्गत रहेको पनि स्पष्ट पारेको छ । प्रदेशलाई समन्वयात्मक एकाइको रूपमा कायम राख्नुपर्ने आवश्यकतामा राजमोको जोड रहेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “प्रदेश नं. १ को नाम कोशी प्रदेश पारित भएकोमा हाम्रो दल राष्ट्रिय जनमोर्चाले समर्थन गर्दछ । साथै उक्त प्रस्तावको पक्षमा मतदान गर्ने सम्पूर्ण सभासदलाई हाम्रो दल धन्यवाद दिन चाहन्छ ।

    हाम्रो दल जातीय वा क्षेत्रीय विग्रह पैदा हुने र त्यसबाट देशको राष्ट्रिय एकता खण्डित हुने गरी प्रदेशको नामकरणको विपक्षमा रही आएका छ । संविधान निर्माणको क्रममा संविधान सभामा हाम्रो दलले पेस गरेको राज्य पुनर्संरचनासम्बन्धी खाकामा कोशी नदीसँग जोडिएका जिल्लालाई मिलाएर निर्माण गरिने प्रदेशको नाम कोशी प्रदेश राखिनुपर्दछ भनी प्रस्ताव प्रस्तुत गरेको थियो ।

    हाम्रो दलले संविधान सभामा प्रस्तुत गरेको राज्य पुनर्संरचनासम्बन्धी खाकामा सातओटा प्रदेशको नाम गण्डकी, लुम्बिनी, बागमती, कर्णाली, सेती–महाकाली, कोशी र जनकपुर प्रस्तावित गरेका थियौँ । त्यसै नामबाट अधिकांश प्रदेशको नामकरण भएको छ । प्रदेशका प्रस्तावित नाममध्ये सम्बन्धित प्रदेशसभाले आफ्नो प्रदेशको नाम गण्डकी, कर्णाली, बागमती र लुम्बिनी नामकरण गरिसकेका छन् । अहिले प्रदेश नं. १ ले पनि आफ्नो नाम कोशी प्रदेश राखेकोमा हामीलाई खुसी लागेको छ । त्यसका साथै यो खुसीको कुरा हो कि राज्य पुनर्संरचनाको सवालमा हामीले सुझाएको नामबाट नै प्रदेशको नामकरण हुुनुले नेपाली जनता जातीय–क्षेत्रीय बिग्रहको विपक्षमा भएको कुरा पुनर्पुष्टि भएको छ ।

    हाम्रो दल कोशी प्रदेशको पक्षमा भए पनि हामीले अगाडि सारेको प्रदेशको अवधारणा एकात्मक राज्यप्रणालीअन्तर्गतको रूपमा नै बुझ्नुपर्दछ । एकात्मक राज्यभित्र पनि प्रादेशिक अङ्ग हुने गर्दछन् । हामीले प्रशासनिक संरचनासहितको प्रदेशको अवधारणा अगाडि सारेका छौँ । वर्तमानको प्रादेशिक संरचना सङ्घात्मक व्यवस्थाअन्तर्गत तथा शासकीय स्वरूपको भएकाले प्रदेशको खारेजीमा जोड दिएका छौँ ।”

    बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.