खिमबहादुर विक, प्युठान ।
जातीय समता समाज, प्युठानले जिल्लाब्यापी रुपमा संगठन निर्माण अभियान सुरु गरेको छ । हालै बसेको जिल्ला समितिको बैठकले नौ वटै पालिकामा संगठन निर्माण गर्ने निर्णय गरेको हो ।
पालिकास्तरमा भेला, सम्मेलन गरी वडातहसम्म संगठन विस्तार गर्न जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ । समाजका अध्यक्ष शमसेर परियारको अध्यक्षता तथा केन्द्रीय कोषाध्यक्षमा रेकम सुनारको विशेष उपस्तिथिमा बसेको बैठकले संगठन विस्तारका लागि जिम्मेवारी तोकेको हो ।
त्यसअन्तर्गत अध्यक्ष शमसेर नेपालीलाई प्युठान र स्वर्गद्वारी नगरपालिक तथा माण्डवी गाउँपालिकाको जिम्मेवारी तोकिएको छ । समितिका सहसचिव खिमबहादुर विक सबै पालिकामा पुग्नुहुनेछ ।
यस्तै, कोषाध्यक्ष विनोदकुमार विकलाई गौमुखी, झिमरुक, सदस्य सूर्य नेपालीलाई मल्लरानी, ऐरावती गाउँपालिका, पुष्पा परियारलाई प्युठान नगरपालिका, चन्द्र नेपालीलाई मल्लरानी, अमर बिटालुलाई गौमुखी गाउँपालिका र अन्य सदस्यहरुलाई आ–आफ्नो पालिकामा जिम्मा तोकिएको छ ।

यसैक्रममा मल्लरानी गाउँपालिकामा जिल्ला कोषाध्यक्ष खिमबहादुर विक र सूर्य नेपालीको उपस्तिथिमा एक भेला गरी समिति पुनर्गठन गरिएको छ । समितिको अध्यक्षमा चन्द्र नेपाली चयन हुनुभएको छ ।
त्यसैगरी खिमबहादुर विक र पुष्पा परियारको उपस्तिथिमा सम्पन्न ऐरावतीको बैठकले चैत ११ गते बृहत भेला गर्ने निर्णय गरेको छ भने खिमबहादुर विक को उपस्तिथिमा सम्पन्न गरि झिमरुक गाउँपालिकाको बैठकले पालिकाका ८ वटै वडामा प्रशिक्षण सहितका भेला गर्ने निर्णय गरेको छ
यता, गौमुखी गाउँपालिकामा रेकम सुनार, खिमबहादुर विक र विनोदकुमार विकको उपस्तिथिमा बसेको बैठकले पालिकाका सबै वडामा भेला सहित प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको छ ।