बागलुङ । राष्ट्रिय जनमोर्चाको काठेखोला गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
शनिबार सम्मन भेलालाई राजमो गण्डकी प्रदेश सदस्य तिलक थापा, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय उपाध्यक्ष हेमराज पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, अखिल नेपाल भुपु सैनिक संघका थिर बहादुर राना, अखिल नेपाल जनजाति सम्मेलन काठेखोलाका अध्यक्ष थमन पुनले शुभकामना दिनुभएको थियो ।
भेलाले नयाँ समिति समेत गठन गरेको छ । जसको अध्यक्षमा लक्ष्मण पुन, उपाध्यक्ष पूर्ण बहादुर थापा, सचिव रिम बहादुर थापा, सहसचिव थमन पुन र कोषाध्यक्षमा विष्णु कडेल चयन हुनुभएको छ ।
सदस्यहरुमा थिर बहादुर राना, प्रशुराम कडेल, टंक पुन, एक बहादुर काउचा, रिता खत्री, कमला पुन,भद्रा भण्डारी, सीता किसान, हिरा विक, निरज विक र सल्लाहकारमा ओम बहादुर पुन,टिका संगम विक, ददिराम कडेल,भर्दी किसान, पृथीराज कडेल, याम बहादुर थापा रहनुभएको छ ।
टीका संगम विकको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता लक्ष्मण पुनले गर्नुभएको थियो भने स्वागत पूर्ण बहादुर थापाले गर्नुभएको थियो ।