काठमाडौं । सरकारले देशभरका करार कर्मचारी हटाउने तयारी सुरु गरेको छ । राज्यकोषबाट कर्मचारीलाई तलब भत्ता ख्वाउन नै समस्या पर्न थालेपछि सरकार यस्तो निर्णयमा पुगेको हो ।
Advertisement
चालू आर्थिक वर्षको राजश्वले चालू खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेपछि सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
अर्थ मन्त्रालयले सबै मन्त्रालय तथा निकायलाई पत्र पठाइ मातहतको निकायमा रहेको कर्मचारीको विवरण पठाउन भनेको छ ।
अर्थले गरेको पत्राचारमा भनिएको छ, ‘कार्यरत करार सेवाका कर्मचारी र ज्यालादारीमा काम गर्ने व्यक्तिको विवरण उपलब्ध गराइदिन अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णय भए अनुसार अनुरोध छ।’
अत्यन्त आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै करारका कर्मचारी हटाउने अर्थ मन्त्रालयको तयारी छ ।






