सिरहा । सिरहामा प्रहरीकै अगाडिबाट नौ लाख रुपैयाँ लुटेर लुटेरा फरार भएका छन् ।
Advertisement
मिर्चैया–कल्याणपुर सडक खण्डमा पर्ने कटहा पुल नजिकैबाट प्रहरी र मनी ट्रान्सफरका कर्मचारीको सुरक्षा घेरा तोडेर लुटेराहरुले रकम लुटेका हुन्।
ज६प ४२५६ नम्बरको मोटरसाइकलमा प्रहरीको सुरक्षासहित राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लिएर आउँदै थिए। सोही क्रममा लुटेराले रकम लुटेर फरार भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक नरेशराज पाण्डेले लुटेराको खोजतलास भइरहेको र ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।