काठमाडौं । अखिल (छैठौं) काठमाडौंको प्रथम जिल्ला भेला त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यमा २०७९ फागुन ९ गते मंगलबार सम्पन्न सो भेलामा केन्द्रीय सचिव तथा केन्द्रीय क्याम्पस इन्चार्ज पुरन पोख्रेल, केन्द्रीय सदस्य जीवन नेपालीलगायतले शुभकामना दिनुभएको थियो ।
भेलामा केन्द्रीय सदस्य पूजा बेल्बासे, राष्ट्रिय परिषद् सदस्य सञ्जित राईलगायतको आतिथ्य रहेको थियो ।
उपाध्यक्ष सुमन पौडेलको अध्यक्षता, सचिव ध्रुव बेल्बासेको सञ्चालनमा र मदन भुसालको स्वागतमा सम्पन्न भेलाले ध्रुव बस्याल अध्यक्ष रहनुभएको११ पूर्ण र ४ वैकल्पिक गरी १५ सदस्यीय अखिल (छैठौं) को काठमाडौं जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सुमन पौडेल, मदन भुसाल, सङ्गम थापा र अरुग्णता पुरी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा सुशील पाख्रेल, सुमन कार्की, प्रेरणा थापा, विजय कार्की, मिलनसिं ठकुरी र विकास पौडेल रहनुभएको छ । वैकल्पिक सदस्यहरूमा शिखर विश्वकर्मा र विपना अदै रहनुभएको छ ।
वैकल्पिक सदस्यका दुई स्थान रिक्त रहेको सो समितिको सल्लाहकारमा नवीन केसी, पूजा वेल्वासे, कृष्ण वाग्ले, विवेक गुप्ता र कृष्ण सापकोटा रहनुभएको छ ।