• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रक्तिम सांस्कृतिक अभियान बागलुङको अध्यक्षमा सहबिन अर्गेजा


  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
  • जित क्षेत्री, बागलुङ बजार ।
    रक्तिम सांस्कृतिक अभियानको छैटौँ बागलुङ जिल्ला सम्मेलन २०७९ फागुन ७ र ८ गते (आइतबार र सोमबार) बुर्तिबाङमा सम्पन्न भएको छ । महान् सर्वहारा सांस्कृतिक क्रान्ति जिन्दावाद !, प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलन जिन्दावाद ! मूल नाराका साथ आइतबार खुल्लासत्रको कार्यक्रम र सोमबार बन्दशत्रको कार्यक्रम गरी सम्पन्न भएको हो ।  सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले प्रगतिशील साहित्य र संस्कृतिको महत्वबारे स्पष्ट पार्नुभएको थियो । उहाँले रक्तिम सांस्कृतिक अभियानले २०४३ सालमा स्थापना भएदेखि नै देशमा भएका विकृति, विसङ्गति र कुसंस्कारको विरोधमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको बताउनुभयो ।

    Advertisement

    रक्तिमले देशमा भएका हरेक गतिविधिलाई जनवादी गीत, सङ्गीत र नृत्यमार्फत औँल्याउदै आएकाले यसलाई महाविद्यालय भन्नुपर्ने उहाँको भनाइ थियो । रक्तिमले निर्माण गरेको जनवादी कला, साहित्य र संस्कृतिको प्रेरणाबाट हजारौँ नेपाली नेपालको सामाजिक परिर्वतनका लागि मैदानमा समाहित भएकोसमेत उहाँले बताउनुभयो । उहाँले देशको राजनीति र सामाजिक परिर्वतको सम्बन्धमा रक्तिमको महत्वपूर्ण योगदान रहेको बताउँदै रक्तिमलाई अझैँ सशक्त र जुझारु बनाएर अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

    अहिले पनि प्रगतिशील साहित्यको विकास र विस्तार हुन नसकेको भन्दै प्रगतिशील साहित्यको ब्यापक प्रचार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँका अनुसार पुँजीवादी संस्कृतिले जनताको मनमस्तिष्कमा मन्द विष भरिरहेको छ । समाजको समग्र विकास, जनताको चेतना र क्रान्तिका लागि प्रगतिशील गीतसङ्गीतलाई ब्यापक प्रचार गर्नुपर्छ ।

    त्यस्तै, राजमोका केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले बोल्दै साम्राज्यवाद र प्रतिगमनकारी शक्ति मिलेर देशलाई आक्रमण गरेको आरोप लगाउनुभयो । नेपाली जनताले लामो समयसम्म लडेर, ज्यानको बलिदान दिएर स्थापना भएको गणतन्त्र, धर्म निरपेक्षता र बहुदलीय व्यवस्थामाथि चौतर्फी आक्रमण गरेको बताउनुभयो । यसलाई बचाउन र रक्षा गर्नका लागि सबै नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बेला भएको उहाँको भनाइ थियो ।

    उहाँले खुसीसाथ बसेका नेपाली जनतामा विदेशीको पछि लागेर देशमा ठुला पार्टीहरूले संघीयता र एमसिसी भित्राएको बताउँदै नेपाललाई खर्चमा डुबाएको बताउनुभयो । उहाँले राजमोले मात्रै यसको विरोध गरेको जनाउँदै रक्तिम सांस्कृतिक अभियानको सम्मेलनप्रति शुभकामना दिनुभयो ।

    सम्मेलनकै अवसरमा जनसांस्कृतिक महासंघका केन्द्रीय कलाकार हेमेन्द्र घर्तिमगरले जनवादी कलाकारको पीडाको व्याख्या गर्नुभएको थियो । उहाँले जनवादी कलाकारलाई बढी प्राथमिकता र व्यवस्थित गर्न आग्रह गर्दै आफू पनि त्यही पीडाबाट गुज्रिएको हुनाले कलाकारको पीडालाई राम्रोसँग बुझेको बताउनुभयो ।

    नेकपा (मसाल) बागलुङका जिल्ला प्रवक्ता मेकबहादुर पाइजाले बोल्दै रक्तिम सांस्कृतिक अभियान पार्टीको महत्वपूर्ण मोर्चा भएको बताउनुभयो । पार्टीले रक्तिमलाई स्थापना गरी गाउँ गाउँ, बस्ती बस्ती, स्वदेश तथा विदेशका गल्लीमा सांस्कृतिक अभियान सञ्चालन गरी राष्ट्र र राष्ट्रियता जोगाउनका लागि जनचेतना फैलाएको उहाँको भनाइ थियो ।

    कार्यक्रममा रक्तिमका केन्द्रीय उपाध्यक्ष हेमराज आश्रम र केन्द्रीय सदस्य थुमराज ढुङ्गानाले गीत प्रस्तुत गर्नुभएको थियो भने रक्तिमका कलाकारले नृत्य प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सम्मेलनलाई कोणसभामा परिणत गरी विभिन्न नारालाई घन्काउँदै बुर्तिबाङ बजार परिक्रमा पनि गरिएको थियो ।

    सम्मेलनले सहबिन अर्गेजा अध्यक्ष रहनुभएको रक्तिमको जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पूर्णबहादुर भुजेल, सचिवमा कुलबहादुर छन्त्याल, कोषाध्यक्षमा रुनमाया थापा र सहसचिवमा प्रमिला परियार रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा सबराज छन्त्याल, दिलेन्द्र बुढामगर, रुनमाया सलामी, सुमन बुढा, जेनिसा थापा, सुसन कँडेल, लोकबहादुर गिरी र प्रकाश थापामगर चयन हुनुभएको छ । वैकल्पिक सदस्यहरूमा मनिषा थापा र गणेश विक चयन हुनुभएको छ । सम्मेलनले थुमराज ढुङ्गाना, गीता थापा, दानबहादुर थापा, टीकासङ्गम विक, विमल पाण्डे र वीरेन्द्र थापालाई सल्लाहकारमा चयन गरेको छ ।

    सम्मेलनमा अखिल नेपाल युवक संघका महासचिव भीमसेन वन, जातीय समाज समाजका केन्द्रीय सदस्य नरबहादुर सुनार, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धनबहादुर कुँवर, राजमो गण्डकी प्रदेश सदस्य तिलक थापा, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष मित्रदत्त ढकाल र सहसचिव सुनमाया घर्ती, अखिल नेपाल महिला संघकी ढोरपाटन नगर अध्यक्ष धनकुमारी कुँवरलगायतले शुभकामना दिनुभएको थियो ।

    साथै सम्मेलनमा राजमोका केन्द्रीय सदस्य वेदिलाल सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तमबहादुर घर्ती, राजमोका जिल्ला सचिव धर्मबहादुर कुँवर, अखिल नेपाल किसान महासंघ (अप्फा) का जिल्ला अध्यक्ष नेत्र बुढाथोकी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यपार संघका जिल्ला अध्यक्ष पदम श्रेष्ठ, राजमो जिल्ला अध्यक्ष धनबहादुर अदै, राजमो जिल्ला सदस्य तथा निसिखोला गाउँपालिका अध्यक्ष थमन घर्तीमगर, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष वीरेन्द्र थापा, अखिल नेपाल महिला संघकी जिल्ला सदस्य पवित्राकुमारी छन्त्याल, राजमोको तर्फबाट साविक खुङा गाविसका उपाध्यक्ष तथा वामपन्थी नेता तकबहादुर अर्गेजा, जनसांस्कृतिक महासङ्घका जिल्ला उपाध्यक्ष राजु परियार, राजमो ढोरपाटन नगर अध्यक्ष दीपक थापा, अखिल (छैठौँ) का केन्द्रीय सदस्य विमल पाण्डेलगायतको आतिथ्य रहेको थियो ।

    सम्मेलन सहबिन अर्गेजाको अध्यक्षता, कुलबहादुर छन्त्यालको सञ्चालन तथा टीकासङ्गम विकको स्वागत मन्तव्यका साथ भएको थियो ।

    मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.