नवलपुर । अखिल नेपाल किसान महासंघ नवलपुरले फागुन महिनाभर जिल्लाका सबै पालिकामा भेला गर्ने भएको छ ।
Advertisement
महासंघका जिल्ला अध्यक्ष भागिरथ भट्टराईको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।
फागुन महिनाभर नवलपुरका सबै नगर र गाउँ पालिकाहरुमा सो स्तरीय भेला एवम् कमिटी निर्माण गर्नुका साथै, वडास्तरीय कमिटीहरु समेत निर्माण गर्दै जाने निर्णय गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा विगतमा भएका काम कारबाहीबारे समीक्षा गरिएको थियो ।





