• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

बङ्गलादेश कृषक समितिको चौधौँ राष्ट्रिय सम्मेलन सम्पन्न (फोटाहरूसहित)


  •   आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
  • ढाका । बङ्गलादेश कृषक समितिको चौधौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राजधानी ढाकानजिकैको बोगुरा सहरमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

    Advertisement

    नेपालबाट अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी र महिला किसान इन्चार्ज सावित्रा ढकालको सहभागिता रहेको सो सम्मेलन फेबु्रअरी १६ र १७ (२०२३) मा सम्पन्न भएको थियो ।

    पहिलो दिन सम्मेलनको उद्घाटन कृषक समितिका अध्यक्ष एसएमए सबुर र बङ्गलादेश कम्युनिस्ट पार्टीका अध्यक्ष शाह आलमले बङ्गाली क्रान्तिकारी किसानगीतका साथ कृषक समिति र कम्युनिस्ट पार्टीको झन्डोत्तोलन गर्दै गरिएको थियो ।

    उद्घाटन समारोह एसएमए सबुरको अध्यक्षता र जनरल सेक्रेटरी काजी सज्जाद चन्दनको उद्घोषणका साथ सुरु भएको थियो ।

    उद्घाटन समारोहमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, महिला किसान इन्चार्ज सावित्रा ढकाल, भारतीय किसान सभाको तर्फबाट तरित चक्रवर्ती, जर्मनबाट एमएलपिडीका किसान नेता गेयर्ड जिटनर एसेन तथा बङ्गलादेशका विभिन्न सङ्गठनका किसान नेताहरूको आतिथ्य रहेको थियो ।

    उद्घाटन कार्यक्रममा अप्फाका अध्यक्ष भैरवराज रेग्मीले बङ्गलादेशको कृषक समिति र अखिल नेपाल किसान महासङ्घ (अप्फा) भ्रातृत्व सम्बन्ध निर्माण गरेका सङ्गठन भएको जानकारी दिनुभयो ।

    उहाँले दुवै देशका किसान सङ्गठनमाझ समान राजनीतिक धारणा रहेको र दुवै सङ्गठनले साम्राज्यवादको नवउदारवादी नीतिका विरुद्ध सङ्घर्ष गरिरहेको पनि बताउनुभयो ।

    ‘दुवै देशका सामन्त र दलाल पुँजीवादले किसानमाथि अन्याय, अत्याचार, शोषण, दमन गरिरहेका छन् । दुवै देशका प्रतिक्रियावादी राज्ययनत्रले किसानमाथि दमन गरिरहेका छन् । दुवै देशका किसान सङ्गठनद्वारा यस प्रकारको दलाल पुँजीपति वर्गको विरुद्ध किसान आन्दोलनलाई अगाडि बढाइरहेका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘यस प्रकारको सङ्घर्षलाई सफलतापूर्वक सञ्चालन अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता पर्दछ । त्यसैले यो सङ्गठन र सम्मेलनप्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौँ ।’

    सन् २०१६ मा नेपालमा सफलतापूर्वक सम्पन्न भएको प्रथम विश्व किसान सम्मेलनको स्मरण गर्दै अप्फा अध्यक्ष रेग्मीले दोस्रो किसान सम्मेलन बङ्गलादेशमा गरिने निर्णय कोभिडको कारण हुन नसकेकाले अब त्यो सम्मेलन गर्न बङ्गलादेशलाई आह्वान गर्नुभयो ।

    बङ्गलादेशका किसान नेता र कार्यकर्ताहरूले नेपालमा आएर प्रथम विश्व किसान सम्मेलनमा सहभागी हुनुभएकोमा धन्यवाद ज्ञापन गर्दै उहाँले बङ्गलादेशको किसान सङ्गठन र नेपालको किसान सङ्गठनमाझ हार्दिकतापूर्ण भाइचारा सम्बन्ध भएको दोहोर्‍याउनुभयो ।

    सम्मेलन सफलताको कामना गर्दै नेकपा (मसाल) मा महामन्त्री मोहनविक्रम सिंहले पनि शुभकामना पठाउनुभएको थियो ।

    बङ्गलादेशलगायत सबै राष्ट्रका किसान नेताहरूले सम्मेलनको सफलताको शुभकामना र ऐक्यबद्धता व्यक्त गर्नुभयो ।

    दसौँ हजार किसानको जुलुससहित सम्पन्न उक्त सम्मेलनमा किसानका झाँकी, ध्वजापताका, सांस्कृतिक कार्यक्रम र नारा लगाइएको थियो ।

    दोस्रो दिन फेबु्रअरी १७ को बन्दशत्रमा अन्तर्राष्ट्रिय भाइचारा ऐक्यबद्धता कार्यक्रम राखिएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा), बङ्गलादेश कृषक समितिका वरिष्ठ नेता, बङ्गलादेश कम्युनिस्ट पार्टीका नेता, भारतीय किसान सभा, जर्मनीको एमएलपिडीका किसान नेतालाई स्वागत गर्दै रातो खादा ओढाइएको थियो भने बङ्गलादेशको कृषक समितिको तर्फबाट किसानको झन्डा उपहार प्रदान गरिएको थियो ।

    कार्यक्रममा अप्फाको तर्फबाट भैरवराज रेग्मीले लिखित वक्तव्य वाचन गर्नुभएको थियो भने भारत र जर्मनीका किसान नेताले सम्बोधन गर्नुभएको थियो ।

    सम्मेलनले एमएसए सबुर अध्यक्ष र काजी सज्जाद चन्दन महासचिवसहित ६५ जनाको केन्द्रीय समिति चयन गरेको छ ।

    बङ्गलादेशमा ६५ जिल्ला र आठ प्रादेशिक इलाका रहेका छन् । त्यहाँको जनसङ्ख्या २० करोडभन्दा माथि छ ।

    आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.