• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रवि, बालेन र हर्कहरू आलोचनाभन्दा माथि हुन् र ?


  •   आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
  • मेर्जन शाही ##
    हिजो पत्रकारिता क्षेत्रबाट सेलिब्रिटी बनेर देशको राजनीतिक परिस्थिति तथा नेता–कार्यकर्तामाथि गम्भीर प्रश्न उठाएर त्यसैबाट प्राप्त गरेको लोकप्रियताको आधारमा आफूलार्ई छोटो समयमै राजनीतिमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आज जसरी व्यक्तिगत आरोपसहित प्रेसमाथि हमला बोलेका छन्, यसले गम्भीर प्रश्न खडा गरेको छ ।

    Advertisement

    एक त उनले ती प्रश्न आफू पत्रकार हुँदै गर्दा किन उठाएनन् ? आफूलार्ई यति स्पष्ट रूपमा किटानीसहित जानकारीमा आएको कुरा आम जनतालार्ई जानकारीमा ल्याउनु के उनको पत्रकारिताको दायित्व र धर्मअन्तर्गत पर्दैनथ्यो ?

    दोस्रो कुरा, अहिले आएर उनले यसरी आफ्ना आलोचकमाथि विषवमन गरिरहँदा उनी वा उनी नेतृत्वको पार्टीलार्ई कुनै पनि आलोचनाले छुनुहुँदैन भन्ने हो ?

    तेस्रो कुरा, उनकै भाषामा अरू सबै कुहिएका गनाएका फोहरी, अनि उनी र उनको पार्टी त्यो सबै फोहर सफा गर्न आएको ? त्यसैमाथि नियम, कानुनमा समेत अरू नागरिकभन्दा अलि छुट दिनुपर्छ भन्ने हो ?

    चौथो र अन्तिम कुरा, नेता र पत्रकार दुबै आफू हुन पाउनुपर्छ; कसैको विरोध गर्ने वा कसैलार्ई सिद्धान्त र नैतिकताको पाठ पढाउने जिम्मा उनलाई मात्रै हुनुपर्छ ? उनीभन्दा जान्ने, बुझ्ने सर्वज्ञानी अरू कोही छैन ? अरू सबै खराब नियतका साथ राजनीति, पत्रकारिता वा अन्य कुनै पेसा गरिरहेका, एक उनी मात्रै सही नियतका साथ राजनीति गरिरहेको ?

    विकराल अवस्थाको बिचमा भएको २०७९ वैशाख २९ गते भएको स्थानीय तह निर्वाचनमा राजधानी काठमाडौँलगायत केही महत्त्वपूर्ण स्थानमा स्वतन्त्र उम्मेदवारले स्थापित राजनीतिक दललार्ई पाखा लगाउँदै विजय हासिल गरे । त्यो वास्तवमा राजनीतिक दलमाथि नेपाली जनताको एक प्रकारको झापड नै थियो ।

    यिनै प्रश्नसहित आज अर्को गम्भीर प्रश्न खडा भएको छ : के रविसहित आज राजनीतिमा आएका बालेन, हर्क आदि आलोचनाभन्दा माथि नै हुन् त ?

    २०७९ माघ १३ गते सर्वोच्च अदालतबाट नागरिकता विवादसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा फैसला आएसँगै देशैभरि त्यो फैसलाको पक्ष र विपक्षमा विभिन्न टीकाटिप्पणी, बहस भइरहे । कानुनी राज्यमा अदालतको फैसलालार्ई मान्दिनँ भन्नु वा त्यो फैसलाउपर नानाभाती टिप्पणी गर्नु वान्छनीय हँुदैन तर आम नागरिक स्तरबाट मात्र होइन, स्वयम् आफूलार्ई समाजसेवी बुद्धिजीवी भन्ने र कानुन र संविधानको परिभाषा आफूभन्दा बढी कोहीले नबुझेको, नजानेको दाबी गर्नेहरूले पनि अदालतको फैसलामाथि अनावश्यक टीकाटिप्पणी गर्दै सम्माननीय न्यायाधीश र सम्मानित सर्वोच्च अदालत तथा विभिन्न पार्टीका प्रमुख नेतामाथि तथानाम गालीगलौज गर्दै खनिएका श्रव्यदृश्य सामाजिक सञ्जालभरि भाइरल बनिरहे । यसरी कुनै व्यक्तिविशेषलाई लिएर जुन प्रकारको वातावरण सिर्जना गर्न खोजियो, यो वास्तवमै डरलाग्दो किसिमको छ ।

    यो कुरामा कुनै शङ्का–उपशङ्का वा दुई मत छैन, देशका प्रमुख राजनीतिक दल र तिनका नेताहरू राज्य सञ्चालनमा पूर्णत: असफल सावित भएका छन् । पटक पटक हुने सत्ता परिवर्तन, बढ्दो बेरोजगारी, आकाशिँदो महङ्गी, शैक्षिक माफिया र मेडिकल माफियाका कारण आम जनमानसबाट राजनीतिक पार्टीप्रतिको विश्वास टाढिँदै गइरहेको छ । स्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच र सुविधा, सामाजिक तथा पूर्वाधार विकासमा तलदेखि माथिसम्म सेटिङमा भइरहेको संस्थागत भ्रष्टाचारलगायत वाइडबडी काण्ड, ललिता निवास प्रकरण, सुन तस्करकाण्ड आदिले पालैपालो गर्दै सत्तारोहण गरिरहेका प्रमुख राजनीतिक दलको चेहरा उदाङ्गिएको छ । यस्तो विकराल अवस्थाको बिचमा भएको २०७९ वैशाख २९ गते भएको स्थानीय तह निर्वाचनमा राजधानी काठमाडौँलगायत केही महत्त्वपूर्ण स्थानमा स्वतन्त्र उम्मेदवारले स्थापित राजनीतिक दललार्ई पाखा लगाउँदै विजय हासिल गरे । त्यो वास्तवमा राजनीतिक दलमाथि नेपाली जनताको एक प्रकारको झापड नै थियो ।

    ठिक यही वातावरणलार्ई समात्दै टिभी स्टुडियोमा बसेर केही बैदेसिक रोजगारीमा गएर दु:ख, पीडा सहेकाको कुरा उठाए । केहीलार्ई उद्धार गर्दै लोकप्रिय भएका पत्रकार रवि लामिछानेले यिनै विकृति र विसङ्गतिका विरुद्ध आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलको स्थापना गरे । त्यसपछि मङ्सिर ४ गतेको चुनावमा भाग लिँदै प्रत्यक्ष र समानुपातिक गरी २० स्थानमा जित हासिल गर्न सफल मात्र भएनन्, चुनावमा आएको खण्डित जनादेशको फाइदा उठाउँदै सरकारमा सामेल भए । सो पार्टीका प्रमुख रवि लामिछाने गृह मन्त्रालय जस्तो अति महत्त्वपूर्ण मन्त्रालयमा पदासिन हुन पुगे ।

    उनीहरूको भनाइको अन्तिम निष्कर्ष उनीहरूलाई नियम–कानुनले यति सजिलै, चाँडै छुनुहुँदैन भन्ने नै हो । यो कुरा केवल रवि लामिछनेमा मात्र लागु हुँदैन अपितु बालेन शाह, हर्क साम्पाङ आदि पात्रमाथि पनि लागु हुन्छ ।

    यहाँनेर स्मरण गर्नुपर्ने कुरा के छ भने पत्रकारको रूपमा काम गर्नुभन्दा पहिला रवि लामिछाने नेपाली नागरिकता परित्याग गरी अमेरिकी ग्रिनकार्ड हासिल गरी त्यतै बस्दै आएका थिए । उनी नेपाल फर्किंदा पनि अमेरिकी नागरिककै रूपमा त्यहाँको पासपोर्ट बोकेर आएका थिए । त्यसरी नै उनी टिभी च्यानलमा जागिर गर्न थालेका थिए ।
    यसै सिलसिलामा केही महत्त्वपूर्ण मुद्दा र महत्त्वपूर्ण कार्य गर्दै चर्चा कमाएपश्चात् करिब दुई वर्षपहिले उनी अमेरिकी नागरिक भएको र उनीसँग नेपाली नागरिकता नरहेको कुरा बाहिर आयो । त्यसपछि उनले आमेरिकी नागरिकता त्याग्ने प्रकृयामा गए । उनले निवेदन दिँदै अमेरिकी नागरिकता त त्यागे तर नेपालको नागरिकता लिएनन् । उनले आफ्नो पुरानै नागरिकता यथावत् रहेको तर्क गर्दै रहे । त्यही त्याग गरिसकेको पुरानो नागरिकतालार्ई देखाउँदै पार्टी दर्ता गरे । निर्वाचनमा उम्मेदवारी दिए । अहिले यही विषयमा मुद्दा दर्ता भएपछि अदालतले उनी विरुद्ध फैसला सुनाएको हो ।

    खासमा भएको कुरा यति हो । अदालतले त्यही गर्‍यो, जो संविधान र कानुनसम्मत् थियो । यसअघि पनि तमाम सेटिङ आदि इत्यादिको चर्चाका माझ अदालतले तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई दुईपटक गरेको गैरसंवैधानिक संसद् विघटनको विरुद्ध फैसला दिइसकेकै हो, जसका कारण तत्कालीन प्रधान्मन्त्री ओलीले सरकारै छोड्नुपरेको थियो ।

    विदेशी नागरिकता त्याग गरिसकेपछि नागरिकता पुन:प्राप्ति जस्तो सामान्य कुरामा टिभी स्टुडियोमा बसेर नियम–कानुन सुशासनसम्बन्धी घण्टौँ आवाज उठाउने उनै व्यक्तिले नियम थाह पाएनन् भन्न सकिन्न बरु ‘यो नेपाल हो, अरूले पनि यस्तै यस्तै गरिरहेका छन्; मैले गर्दा पनि खासै के फरक पर्छ र’ भन्ने सोचे जस्तो देखिन्छ या अन्य कुनै कुरा थियो ? त्यो त उहाँलार्ई नै थाह होला तर यति सामान्य तथा स्पष्ट कानुनी व्यवस्थाबारे पनि उहाँकै पार्टीका ठुला ठुला विद्वान नेता–कार्यकर्तादेखि लिएर स्वघोषित बुद्धिजीवीले एक प्रकारको नियाजित वातावरण सृजना गर्न खोजिरहेका छन् ।

    उनीहरूको भनाइको अन्तिम निष्कर्ष उनीहरूलाई नियम–कानुनले यति सजिलै, चाँडै छुनुहुँदैन भन्ने नै हो । यो कुरा केवल रवि लामिछनेमा मात्र लागु हुँदैन अपितु बालेन शाह, हर्क साम्पाङ आदि पात्रमाथि पनि लागु हुन्छ । कसैले हल्का छुस्स बोल्यो, लेख्यो नै कि यही सर्कल उनीहरू विरुद्ध पनि तल्लोस्तरको अशिस्ट भाषा र व्यवहार प्रदर्शन गर्दै जाइलाग्न पुग्छ । उनीहरूको शैली र व्यवहारबाट यस्तो लाग्दछ, मानौँ, देश, जनता, समृद्धि, विकास, अनि, गरिबी, बेरोजगारी आदि सबै समस्याको चिन्ता केवल तिनीहरूलाई मात्रै छ, बाँकी सबै या त देशद्रोही हुन् या राष्ट्रघाती । अनि, रवि बालेन र हर्कहरू यिनी सबै समस्याबाट पार लाउन आएका कुनै “दैवी फरिस्ता” हुन्, जसले जे गरे पनि कुनै आलोचनाले छुनुहुन्न । उनीहरूबाट त्यस्तो वातावरण सृजना गर्ने प्रयास गरिँदै छ ।

    आखिर सोच्नुपर्ने यही हो, त्यसले हामीलाई कहाँ पुर्‍याउने हो ? हामी लोकतन्त्र, समृद्धि, उन्नति, प्रगतिका कुरा गर्दागर्दै कतै लोकतान्त्रिक निरङ्कुशतातिर त जाँदै छैनाँै ? सोच्नुपर्ने बेला आएको छ ।

    नेता र नेतृत्वको आलोचना लोकतन्त्रमा सामान्य कुरा मानिन्छ । खास गरेर विभिन्न दल विभिन्न विचारधारा र फरक फरक राजनीतिक नीतिसिद्धान्त र फरक फरक वर्गको प्रतिनिधित्व गर्ने भएकाले पनि एक विशेष राजनीतिक दल वा नेताका विचार, कार्यक्रम अर्को राजनीतिक दल वा त्यो दलमा आबद्ध नेता–कार्यकर्ता र समर्थकलाई मन नपर्नु स्वाभाविकै हो ।

    कसैलाई आलोचनाभन्दा माथि राख्नुको दुष्परिणाम बडो खतरनाक हुन्छ । हिटलर, सद्दाम हुसेन आदि पनि त्यसैगरी “भगवान” कै रूपमा उदाएका पात्र थिए ।

    आलोचनाभन्दा माथि राख्न खोज्दाको परिणाम नै उनीहरूको पतनको एक मुख्य कारण त हुँदै हो, त्यसका साथै त्यही कारण नै त्यहाँका र बाँकी अरू राष्ट्रका जनताले समेत सास्ती बेहोर्नुपर्‍यो । पछि हँुदा हँुदा उनीहरूलाई यो तपार्ईंं गलत गर्दै हुनुहुन्छ भनेर भन्ने हिम्मतसम्म कसैमा बाँकी रहेन ।

    स्वयम् हामी नेपाली जनताले समेत लामो समयसम्म आलोचना र विरोधभन्दा पर रहेको १०४ बर्से जहानियाँ राणाशासन र २४० वर्षभन्दा बढी समयसम्म राजतन्त्र देखि–भोगिसकेका छौँ । त्यसबेलाका राणा प्रधानमन्त्री श्री ३ महाराजहरूमा पनि आफ्नो आलोचना सुन्नै नसकिने र सुन्नै मन नपराउने विषेशता थियो । त्यसैले उनलाई सल्लाह दिनकै लागि तमाम भाइभारदार हुन्थे । महत्त्वपूर्ण निर्णय लिन भनी भारदारी सभा पनि बोलाइन्थ्यो तर त्यो केवल महाराजको हँ मा हँ मिलाउनका लागि मात्र हुन्थ्यो । उनीहरूले चाहे कोतपर्व गरुन् या भण्डारखाल या पारिवारिक कू नै गरुन्, विद्वान भनिएका भारदारहरू ‘महाराजाले जे गरिबक्स्यो, सही गरिबक्स्यो’ भन्दथे । जुनसुकै, जस्तोसुकै अप्रिय निर्णय अनि अनुमोदन गरिदिन्थे । पछि राजतन्त्रको पालामा पनि लगभग त्यही अवस्था थियो । त्यतिखेर विचरा भारदारलाई आफ्नो जीवन र जागिरको डर पनि हुँदो हो, उनी सबै बुझी बुझी पनि नबुझे झैँ गरी ताली बजाइदिन्थे तर अहिले त्यो स्थितिभन्दा अझ खतरनाक अवस्था छ ।

    नेता र नेतृत्वको आलोचना लोकतन्त्रमा सामान्य कुरा मानिन्छ । खास गरेर विभिन्न दल विभिन्न विचारधारा र फरक फरक राजनीतिक नीतिसिद्धान्त र फरक फरक वर्गको प्रतिनिधित्व गर्ने भएकाले पनि एक विशेष राजनीतिक दल वा नेताका विचार, कार्यक्रम अर्को राजनीतिक दल वा त्यो दलमा आबद्ध नेता–कार्यकर्ता र समर्थकलाई मन नपर्नु स्वाभाविकै हो । त्यसको आलोचना हुनु, तर्कवितर्क हुनु पनि सामान्य कुरा नै हो तर जसरी यहाँ तर्कवितर्क र विचारलाई एक अभियानको रूपमा निषेध गरिन खोजिँदै छ, यसले नेपालमा पनि नयाँ जेलेन्स्की उत्पादनको सम्भावनालार्ई नकार्न सकिन्न । यही परिवेशमा राजनीतिक नेतृत्वप्रतिको वितृष्णालाई आफ्नो पक्षमा उपयोग गर्न नेपाल जस्तो कमजोर तर रणनीतिक महत्त्व भएको मुलुकमा विभिन्न साम्राज्यवादी मुलुकको चलखेल गर्न खोज्नु अनौठो विषय होइन ।

    खासमा मुलुकलाई नयाँदिशा दिनु, विकास र समृद्धि हासिल गर्नु कुनै चलचित्रमा अभिनय गरे जस्तो विषय होइन, त्यसका लागि ठोस विचार, नीति र स्पष्ट राजनीतिक लाइन हुनुपर्दछ । अनि, सुशासन र भ्रष्टाचाररहित नेतृत्व पनि उत्तिकै आवश्यक कुरा हो तर त्यसका लागि कसैमाथि भएभरको दोष थुपारेर भावनात्मक ब्ल्याकमेल गरेर गरेको शक्तिआर्जनले अन्तत: देशलाई युक्रेनको दिशातिर डोर्‍याउने छ । त्यसैले समयमै सबै जनता त्यो दिशामा सचेत भए त्यो अनिष्टलार्ई रोक्न सकिन्छ ।

    सबै पात्रहरू आलोचनारहित हुन् वा हामीसित सही कार्यको समर्थन र गलत कार्य वा प्रवृतिको विरोध, आलोचना गर्न पाउने अधिकार छ वा छैन ? त्यसबारे बुझ्नु, मनन गर्नु आजको आवश्यकता हुन आएको छ ।

    कुरा केवल रवि लामिछाने वा रास्वपाको मात्रै नभएर ठिक त्यही प्रकारको वातावरण काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको विषयमा पनि देखिन्छ । बालेन शाह आफै सवार भएर सरकारी जग्गामा डोजर चलाउँदै गर्दा त्यसबाट प्रभावित हजारौँ गरिबको हरिविजोग हुन्छ तर उनीहरूको आवाज सुनिदिने कोही हुँदैन । डोजरको गड्गडाहटमा उनीहरूका चिखपुकार बिलाउँछन् । हेर्नेले डोजर देख्दछ । डोजरले भत्काएका संरचनाको तस्बिर खिच्दछ । अनि, लेख्नेले बलशाली डोजरको चमत्कारको कहानी लेख्दछ तर हजारौँ विस्थापितको रोग, भोक र रोजगारविहीनताको जिम्मा राज्यले लिनुपर्छ कि पर्दैन भन्ने विषय कहिल्यै अगाडि आउँदैन । कसैले चुइक्क केही बोल्यो भने पनि उसैमाथि विभिन्न सर्कलबाट हमला गरिन्छ । मानौँ, उसले यसो भनेर अक्षम्य अपराध गरेको होस् ।
    ठिक त्यही अवस्था हर्क राईलगायतको विषयमा पनि छ । उनीहरूको पक्षमा यो वातावरण त हुँदै हो, स्वयम् आफूलाई परिवर्तनको संवाहक ठान्ने रास्वपाको नेतृत्व पनि आफ्नो आलोचना सुन्न र पचाउन सक्दैन भन्ने कुरा पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्षले गरेको विषवमनबाट अझ स्पष्ट भएको छ ।

    माथि उल्लेखित ती सबै पात्रहरू आलोचनारहित हुन् वा हामीसित सही कार्यको समर्थन र गलत कार्य वा प्रवृतिको विरोध, आलोचना गर्न पाउने अधिकार छ वा छैन ? त्यसबारे बुझ्नु, मनन गर्नु आजको आवश्यकता हुन आएको छ ।

    आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.