• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

वर्तमान सरकारको नेतृत्व दलाल पुँजीवादले गरेको छ : ज्ञवाली


  •   शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले वर्तमान सरकारको नेतृत्व दलाल पुँजीवादले गरेको दाबी गर्नुभएको छ ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा २०७९ फागुन ५ गते शुक्रबार आयोजित “नेपाली समाजको चरित्र र संस्कृति” विषयक परिसंवाद कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

    प्रलेस अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा प्रलेस केन्द्रीय कार्यालय बागबजारमा आयोजित कार्यक्रममा साहित्यकार ज्ञवालीले पुँजीवादको चरित्र, राष्ट्रिय अर्थतन्त्र, ज्यालादारी अर्थतन्त्र र आत्मनिर्भर अर्थतन्त्र भएको बताउँदै नेपालको अर्थतन्त्रमा यी कुनै पनि चरित्र नभएकाले अहिलेको समाज, अर्धसामन्ती अवस्थामा नै रहेको बताउनुभयो ।

    ‘प्रशस्त नाफा, प्रशस्त उत्पादन तथा प्रशस्त वितरण पनि पुँजीवादी अर्थतन्त्रको चरित्र हुने बताउँदै उहाँले नेपालको अर्थतन्त्र उत्पादनमूलक छैन, ओरालो लागेको अर्थतन्त्रका कारण विदेशबाट दुई खर्ब ऋण ल्याएर कर्मचारीलाई तलब खुवाउने स्थिति सिर्जना भएको र यस्तो प्रणालीलाई पुँजीवादी अर्थप्रणाली भन्न नमिल्ने बताउनुभयो ।

    परिसंवाद कार्यक्रममा आफ्नो धारणा राख्दै साहित्यकार ज्ञवालीले ‘देशको अर्थतन्त्रमा वित्तीय, सुदखोर तथा दलाल पुँजीको हालीमुहाली बढ्दै जाँदा राष्ट्रिय पुँजीपति, उच्चमध्यम वर्ग तथा पुँजीपति वर्गमाथि उठ्नै नसकिरहेको उहाँको तर्क थियो । चितवनलगायतका ठाउँमा किसानले तरकारी सडकमा फाल्नुपर्ने बाध्यताको कारण पनि दलाल पुँजीवादी राज्यसत्ता रहेको साहित्यकार ज्ञवालीको धारणा थियो ।

    उहाँको प्रश्न थियो– ‘जुन देशले ५४ अरबको खाद्यान्न आयात गर्छ, जुन देशमा तरकारी, सागसब्जी, मासु, फलफूललगायत सबै कुरा बाहिरबाट आयात गर्दछ, जुन देशमा २० खरब व्यापारघाटा तथा १८ खरब विदेशी ऋण छ त्यस्तो देशलाई पुँजीवादी देश भन्न मिल्छ ?’

    ‘पुँजीले त रोजगारको सिर्जना गर्दछ तर जुन देशले ८० लाख नेपालीलाई बिदेसिन बाध्य बनाउँछ, त्यस्तो देशलाई पुँजीवादी देश भन्न मिल्छ ?’ साहित्यकार ज्ञवालीको भन्नुभयो– ‘कृषिको न त आधुनिकीकरण भयो, न त यान्त्रिकीकरण भयो, न त बजारीकरण नै भयो । दलाल पुँजीवाद राज्यसत्ताले पुँजीको केन्द्रीकरण मात्र गर्‍यो ।’

    यस प्रकारको अर्थतन्त्र भएको देशलाई कुनै पनि अवस्थामा पुँजीवादी मुलुक भन्न नमिल्ने उहाँको तर्क थियो । हिन्दु अतिवादले सामन्तवादलाई जीवन्त राख्न सहयोग पुर्‍याइरहेको बताउँदै उहाँले दलाल पुँजीवादी उत्पादन सम्बन्धलाई अन्त गर्नु सांस्कृतिक चुनौती रहेको बताउनुभयो ।

    सङ्घकी उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रमको विषयवस्तुका बारेमा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट्याउनुभएको थियो ।

    कार्यक्रममा डा. कौशिला रिसाल, तेजविलास अधिकारी, गोपिरमण उपाध्याय, मातृका पोखरेल, गोपाल अस्क, धर्मेश पोखरेल, पारस ढकाल, रामचन्द्र श्रेष्ठ, समीर सिंहले पूरक टिप्पणी राख्नुभएको थियो ।

    शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.