• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सामाजिक चेतनाका रूपहरू के कस्ता छन् ?


  •   शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    सामाजिक स्तरमा श्रमविभाजन भएपछि विभिन्न श्रमप्रकृया एकअर्काेबाट स्वतन्त्र हुन जान्छन् । आखिरमा उत्पादक नै निर्णायक तत्त्व हो । विनिमय स्वतन्त्र भएपछि प्रकृतिमा अन्तरनिहित आफ्नै नियमको अनुशरण गर्दछ । तिनीहरूले पनि उत्पादनको गतिलाई प्रभावित गर्दछन् ।

    Advertisement

    आर्थिक गति र राजनीतिक शक्ति दुवैले अधिकतम स्वतन्त्रता प्राप्त गर्ने कोसिस गर्दछन् । त्यसो गरे पनि एकपटक स्थापित भएपछि आफ्नो अलग गतिबाट मुक्त हुन जान्छन् । आर्थिक गति आफ्नो बाटोबाट अग्रसर हुन्छ । उसले स्थापित गरेको राजनीतिक गतिलाई सापेक्ष स्वतन्त्रता पनि प्रदान गरेको थियो । त्यसबाट राज्यसत्ताको गति र विरोधी पक्षको प्रतिकृया पनि सहन गर्नुपर्छ ।

    पहिलेदेखि टकराइरहेको परस्पर विरोधी पक्षको सङ्घर्ष, जसलाई वर्गसङ्घर्ष भनिन्छ, त्यो पनि सरकार र विरोधी पक्षको सङ्घर्षमा प्रतिबिम्बित हुन्छ । राजनीतिक सिद्धान्तको विरोधी पक्षको सङ्घर्षको रूपमा प्रतिबिम्बित हुन्छ ।

    राज्यसत्ता सङ्गठित सबैभन्दा ठुलो स·ठित शक्ति हो । यो हात हतियारले सुसज्जित सेनासहितको हुन्छ । त्यसकारण त्यो उत्पादक शक्तिको वर्गचेतना र वर्गस्वरूपमा भर पर्दछ । सबैभन्दा ठुलो सङ्गठित शक्ति यो राज्यसत्ता पनि जम्माजम्मी एक प्रतिशत हुन्छ भने जनता ९९ प्रतिशत हुन्छन् ।

    प्रचलित व्यवस्थाको आर्थिक गतिविधिलाई, प्रचलित व्यवस्थाको दर्सनलाई र प्रचलित व्यवस्थाको नेतालाई सर्वसाधारण जनताले आफ्नै मानेर काम र समर्थन गर्ने हुनाले विरोधी पक्ष जनतालाई राजनीतिक रूपले सचेत पार्दै आफ्नो आर्थिक पक्षलाई पनि ध्यान दिएर काम गर्नुपर्दछ ।

    राज्य वैचारिक शक्तिको रूपमा नागरिकमाथि हाबी हुन्छ । भित्री र बाहिरी हमलाबाट सुरक्षित राख्ने निकाय नै राज्यसत्ता हो । यो निकायले आफूलाई समाजबाट अलग गर्दछ । यसले न्यायिक रूपलाई सबथोक बनाइदिन्छ । आर्थिक अन्तरवस्तुलाई केही पनि मानिँदैन ।

    धर्म, दर्शन, परम्परा आदिमा श्रमविभाजनको विशेष क्षेत्रका रूपमा मानिसले आफूहरू स्वतन्त्र क्षेत्रमा काम गरिरहेको महसुस गरेर रहेका हुन्छन् । तिनीहरूले आर्थिक विकाससहित सम्पूर्ण समाजको विकासलाई प्रभावित गर्दछन् । आर्थिक विकास प्रभुत्वशाली प्रभावको अधिनमा हुन्छ ।

    श्रमविभाजनको निश्चित क्षेत्रमा रहेका प्रत्येक युगको दर्सन पूर्ववर्ती दर्सनबाट प्राप्त केही निश्चित चिन्तन सामग्रीलाई पूर्वमान्यताका रूपमा ग्रहण गर्दछ । त्यही यसको प्रस्थानविन्दु पनि हो तर सबैभन्दा बढी प्रत्यक्ष प्रभाव राजनीतिक कानुनी, नैतिक प्रतिबिम्बले पार्दछ । आर्थिक क्षेत्रको आधारमा राजनीति, कानुन र नैतिक क्षेत्र अडेका हुन्छन् तर एकपटक यी उपरी सरंचना स्थापित भएपछि आर्थिक क्षेत्रमा पनि आफ्नो प्रभाव पार्छन् ।

    मानव चेतना मानव समाजको सुरुदेखिको चिन्तनको प्रभावअनुसार विकास भएर अघि बढेको हुन्छ । परम्परागत चिन्तन प्रणाीललाई आमूल परिवर्तन गर्नु अहिलेको आवश्यकता हो । त्यो यसकारणले हो कि दस हजार वर्षपहिले देखि मान्छेले श्रमको शोषण गर्ने वर्गचरित्रको छाप चिन्तनमा प्रत्यक्ष रूपमा परेको छ ।

    हाम्रो उद्देश्य समाजमा आमूल परिवर्तन गर्ने हो । त्यसका लागि प्रारम्भविन्दु विश्व दृष्टिकोणमा आमूल परिवर्तन गर्ने नै हो । पहिले पहिले मजदुर वर्ग आमूल परिवर्तनको आधारमा थिए । अहिले विज्ञान र प्रविधिले भौतिक उन्नतिको आधारको रूपमा काम गरेको छ । त्यो भनेको वैज्ञानिक र प्रविधिक व्यक्तिको आधारमा भौतिक प्रगति अडेको छ । त्यसकारण शारीरिक श्रम बढी गर्नेको भन्दा बौद्धिक काम गर्नेको विश्व दृष्टिकोणमा आमूल परिवर्तन गर्नु आजको आवश्यकता हो । शारीरिक काम गर्नेहरू बौद्धिक काम गर्नेको मातहतमा रहने हुनाले पनि विज्ञान र प्रविधिका लागि वैज्ञानिक र प्राविधिक मुख्य व्यक्ति हुन् ।

    राज्य र सार्वजनिक कानुन आर्थिक सम्बन्धद्वारा निर्धारित हुन्छन् । नागरिक कानुन पनि तिनीहरूद्वारा नै निर्धारित हुन्छ । व्यक्तिका बिचको आर्थिक सम्बन्ध पनि सामान्य रूपमा त्यसरी नै अनुमोदित हुन्छन् । नागरिक कानुनका नियमले समाजका आर्थिक जीवनका आवस्थालाई कानुनी रूपमा परिस्थितिअनुसार कहिले उच्च र कहिले निच ढङ्गबाट पनि गर्न सक्दछन् ।

    राज्य वैचारिक शक्तिको रूपमा नागरिकमाथि हाबी हुन्छ । भित्री र बाहिरी हमलाबाट सुरक्षित राख्ने निकाय नै राज्यसत्ता हो । यो निकायले आफूलाई समाजबाट अलग गर्दछ । यसले न्यायिक रूपलाई सबथोक बनाइदिन्छ । आर्थिक अन्तरवस्तुलाई केही पनि मानिँदैन ।

    मान्छेको जीवन साहित्य र कलाको कच्चा पदार्थको खानी हो । त्यसको कुनै अन्य श्रोत हुन सक्दैन । क्रान्तिकारी कला र साहित्यका लागि वास्तवमा जीवनबाट नै भिन्न प्रकारका पात्रको निर्माण गर्न आवश्यक छ ।

    सार्वजनिक कानुन र नागरिक कानुन दुई स्वतन्त्र क्षेत्र मानिन जान्छन् । प्रत्येकको अलग अलग विकासक्रम छ । अन्तरविरोधको सुस·त निराकरणका लागि आवश्यक पनि छ । राज्यसत्ता सर्वसाधारण जनताभन्दा अलग र उच्च स्थानको मान्न खोजिए पनि त्यो समाजका सम्पन्न व्यक्तिको प्रतिनिधि संस्थाको रूपमा काम गर्छ । उसैलाई जनताबाट कर उठाउने र देशलाई बन्धक राखेर ऋण लिई खर्च गर्ने अधिकार हुने भएकाले त्यो भन्दा ठुलो राजनैतिक पार्टी बनाउन सजिलो हुन्न ।

    जनताले चुनेर पठाएका नेतागण राज्यसत्तामा मिसिन पुग्छन् । उनीहरू राज्यसत्ताको हिसाब गर्दा अल्पमतमा हुन्छन् । त्यसकारण वर्तमान व्यवस्थामा भौतिक विकास ठिक ढङ्गले गतिशील भई अघि बढ्न सक्दैन । एकातिर, जनतालाई सहुलियत दिएर जनताको पक्षमा काम गरेको देखाउने, अर्काेतिर, दमनको हतियार प्रयोग गरेर श्रमजीवी वर्गको सशक्त सङ्गठन बन्न नदिने दुईओटा काम राज्यसत्ताले गर्दछ । जसरी भए पनि नाफा कमाउन छुट दिएर धनीलाई अझ बढी धनी बनाउने र गरिबलाई चारैतिरबाट शोषण गरेर अझै गरिब बनाउने काम राज्यसत्ताले गर्दछ ।

    मध्ययुगले विचारधाराका रूपहरू दर्शन, राजनीति, न्यायशास्त्र आदिलाई एउटै सूत्रमा आबद्ध गरिदियो । सबै विचारधारात्मक क्षेत्रमा परम्परा एवम् ठुलो रूढिवादी शक्ति हुने गर्दछ । त्यसका साथै एकपटक धर्मको स्थापना भएपछि निरन्तर परम्परागत सामग्री रहिरहन्छ । परिवर्तनहरू सम्पन्न गर्ने मान्छेका आर्थिक सम्बन्धबाट निर्देशित हुन्छन् । धार्मिक मान्छेको विचार मान्छेले इच्छा गर्छ र फलप्राप्तिको निश्चय भगवानले गर्छ भनेर एकाग्र हुने कुरा आज पनि सही भएको छ । जब मान्छेले इच्छा गर्नेको साथै फलप्राप्तिको पनि निश्चित गर्न सुरु गर्छ, तब अन्तिम परायाशक्ति लोप हुन्छ । प्रतिबिम्बन हुन सक्ने कुनै कुरा नरहेपछि मात्र धर्म लोप हुने हो ।

    मान्छेको जीवन साहित्य र कलाको कच्चा पदार्थको खानी हो । त्यसको कुनै अन्य श्रोत हुन सक्दैन । क्रान्तिकारी कला र साहित्यका लागि वास्तवमा जीवनबाट नै भिन्न प्रकारका पात्रको निर्माण गर्न आवश्यक छ ।

    इतिहासलाई अगाडि बढाउन आम जनताको सहयोग चाहिन्छ । आफ्नो आसपासको वातावरणलाई रुपान्तरण गर्ने अभिप्रायले सङ्घर्ष गर्न प्रेरित गर्दछ । वैचारिक शक्ति भौतिक शक्तिको मातहतमा रहेर काम गर्दछ तर पनि परिपक्व वैचारिक शक्तिले भौतिक शक्तिलाई रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । धर्म आफैले रूढिवादको काम गर्छ । यो रूढिवादी विचार, आस्था र निष्ठामा रहन्छ ।

    समाजमा आमूल परिवर्तन गर्न क्रान्तिकारीले आर्थिक जीवनमा भर पर्नुपर्छ । आफू सबैभन्दा पहिले मुक्त नभएसम्म अरूलाई मुक्त गर्न सकिन्न । आफू मुक्त हुने भनेको श्रम गरेर खर्च टार्ने समय बचाएर पार्टीले दिएको जिम्मा पूरा गर्न त्यसका लागि आफूसँग वैचारिक हतियार बलियो हुनुपर्छ । त्यसैअनुसार भौतिक हतियार निर्माण गर्दै जाने हो ।
    वास्तविक निजी सम्पत्ति प्राचीनकालमा आधुनिक राष्ट्रहरूको जस्तै चल सम्पत्तिबाट सुरु भएको थियो । जनगणको मामिलामा कैयौँ कबिलाहरू एउटा नगरमा सँगसँगै रहन्थे । कबिलीय सम्पत्ति राज्यको सम्पत्ति हुन्थ्यो । राज्यसत्ता निजी निजी सम्पत्तिको लागि मात्र विद्यमान रहन्छ भन्ने कुरा आम मानिसको चेतनामा गहिरोसँग बसिरहेको छ ।

    सत्ताधारी वर्गका विचारहरू प्रत्येक युगमा सत्ताधारी विचार हुने गर्दछन् । जुन वर्गको सत्ता छ, उसैका शक्ति सत्ताधारी बौद्धिक शक्ति पनि हुन्छ । प्रभुत्वशाली भौतिक सम्बन्धको बौद्धिश अभिव्यक्तिले त्यही वर्गलाइ सत्ताधारी बनाउँछ । सत्तारूढ शासक वर्गसँग सत्तारूढ चेतना पनि हुन्छ । चिन्तकहरूले विचारको उत्पादकको रूपमा पनि शासन गर्दछन् ।

    धर्मको जस्तै कानुनको पनि आफ्नो स्वतन्त्र इतिहास छैन । उद्योग तथा वाणिज्यको विकासको माध्यमबाट बिमा कम्पनी जस्ता संसर्गका नयाँ रूप बनेका छन् । कानुनले सधैँ तिनीहरूलाई सम्पत्ति हासिल गर्ने नयाँ विधाको रूपमा स्थान दिनुपर्ने भएको छ । वस्तु केवल कानुनबाट र संसर्गबाट स्वतन्त्र रहेर मात्र सच्चा सम्पत्ति बन्छ । सम्पत्ति सम्बन्धको थप विकासको क्रममा कानुनी भ्रमले गर्दा मान्छेसँग कानुनी हक हुने तर वस्तु नहुने अवस्थासम्म लैजान्छ ।

    समाजमा निजी सम्पत्तिको सुरु भएदेखि अहिलेसम्म व्यक्तिगत स्वामित्वमा सम्पत्ति राख्ने र परिवार आर्थिक एकाइ बन्ने चलनचल्तीमा छ । यो चलनलाई विस्थापित गर्न सबैभन्दा पहिले दुईओटा काम अघि बढाउनुपर्छ । एउटा उत्पादनको क्षेत्र उद्योग र खेतीमध्य खेतलाई सहकारीमार्फत् र उद्योगलाई सरकारीमार्फत सामूहिक स्वामित्वमा लैजाने दोस्रो परिवारलाई आर्थिक एकाइबाट रूपान्तरण गरेर राजनीतिक एकाइ बनाउने—यी दुईओटा प्राथमिक महत्त्वका काम हुन् । यी दुईओटा काम गर्न तब सकिन्छ, जब राज्यसत्ता सर्वसाधारण जनताको पहुँचमा र सर्वहारा वर्गको नेतृत्वमा स्थापित र सञ्चालित हुन सक्छ । यो काम वर्गसङ्घर्ष र जनआन्दोलनबाट सशस्त्र शक्ति प्रयोग गरी परम्परागत राज्यसंयन्त्रलाई हराएर कब्जा गर्न सकिन्छ । यो इतिहासको गन्तव्य बदल्ने तरिका हो । त्यसैलाई आमूल परवर्तन पनि भन्ने गरिन्छ ।

    सत्ताधारी वर्गका विचारहरू प्रत्येक युगमा सत्ताधारी विचार हुने गर्दछन् । जुन वर्गको सत्ता छ, उसैका शक्ति सत्ताधारी बौद्धिक शक्ति पनि हुन्छ । प्रभुत्वशाली भौतिक सम्बन्धको बौद्धिक अभिव्यक्तिले त्यही वर्गलाइ सत्ताधारी बनाउँछ । सत्तारूढ शासक वर्गसँग सत्तारूढ चेतना पनि हुन्छ । चिन्तकहरूले विचारको उत्पादकको रूपमा पनि शासन गर्दछन् ।

    हरेक नयाँ वर्गले पहिलेको शासक वर्गको स्थानमा प्रतिष्ठापित गर्दछ । नयाँ समाजका अरू सदस्यसरह आफ्नो उद्देश्य बनाउन बाध्य हुन्छ । त्यस क्रममा उसले आफ्ना विचारलाई सार्वभौमिकताको रूप दिनुपर्छ । क्रान्ति गर्ने वर्ग सत्ताधारी वर्गको विरुद्ध खडा भएको पूरा जनसमूहको रूपमा प्रकट हुन्छ । उसको हित वास्तवमा नै सम्पूर्ण गैरसत्ताधारी वर्गको समान हितसँग जोडिएको हुन्छ । विद्यमान अवस्थाको दबाबअन्तर्गत विशेष वर्गको विशेष हितको रूपमा विकसित हुन पाएको हुँदैन । अमूक वर्गको शासन विचारको शासन मात्र हो भन्ने भ्रमको स्वाभाविक अन्त्य आम रूपले समाजको सङ्गठनको रूपले समाजको सङ्गठनको रूपमा समाप्त हुँदासाथ आफै समाप्त हुन्छ ।

    समाजमा लामो समयदेखि अस्तित्वमा रहेको व्यक्तिगत स्वामित्वको व्यवस्था समाजका प्रत्येक व्यक्तिको नशा नशामा सञ्चार भइरहेको हुन्छ । फेरि परवार आर्थिक एकाइ भएकाले परिवारको सबै सदस्यमा पनि राजनैतिक चेतना विकास भइनसकेको अवस्थामा व्यक्तिगत स्वामित्वको व्यवस्थालाई बलियो र दीर्घजीवी बनाउनमा नै सहयोग पुगको हुन्छ । त्यसैले गर्दा सहकारीको काम आर्थिक हिसाबले सहकार्य गरेर नै अगाडि बढाउन सकिन्छ र त्यसैको अभ्यासमा लाग्न जरुरी छ किनकि समाजवादी व्यवस्था मूल रूपमा सहकारी भएको व्यवस्था नै हो ।

    सत्ताधारी विचारलाई सत्ताधारी व्यक्ति र सत्ताधारी सम्बन्धबाट अलग गराउने हो भने जीवनका काममा पूर्णतया स्पष्ट हुन्छकिनभने ती चिज उत्पादन विधिको निश्चित चरणबाट उत्पन्न हुन्छन् । कुनै व्यक्ति के हुने दावी गर्दछ र ऊm वास्तवमा के हो भन्ने कुरा यिनै दुई कुरामा दुकानदारले धेरै राम्रोसँग भेद पत्ता लगाउँछन् । त्यही वास्तविकतालाई हाम्रो इतिहासकारले जानकारी पनि हासिल गर्न सकेका छैनन् । उनीहरूले सबै युगलाई आफूलाई प्रस्तुत गरेका रूपअनुसार लिन्छन् । आफ्नोबारेमा भन्ने र कल्पना गर्ने गरेको आधारमा उनीहरूलाई विश्वास गर्छन् । एक जना क्रान्तिकारीले उसको जीवनभर सत्ताको गुलियो स्वादबाट बाहिर रहेर जीवन व्यतित गर्न सक्यो भने पनि उसको महानता हुन जान्छ ।

    सम्पन्न व्यक्तिहरूको पक्षमा काम गर्ने र जनताको करबाट आफू सुविधासम्पन्न हुने हुनाले सत्ताधारीले आफूलाई जनताभन्दा अलग्गै र उच्च स्थानमा राख्ने प्रयत्न गर्दछन् । नेतृत्व पङ्क्तिले एकाधिकारी र अधिनायकवादीको रूपमा शासन चलाउने एकातिर, तल्लो स्तरका सत्ताधारीका समस्या पनि जनतामाथि उत्पीडन थपेर मात्र बच्च सक्ने अवस्था आउने हुनाले सर्वसाधारण जनताका पक्षपातीहरू जनताको आन्दोलनलाई समर्थन गर्ने अवस्थामा पुग्छन् ।

    सम्पन्न व्यक्तिहरूको पक्षमा काम गर्ने र जनताको करबाट आफू सुविधासम्पन्न हुने हुनाले सत्ताधारीले आफूलाई जनताभन्दा अलग्गै र उच्च स्थानमा राख्ने प्रयत्न गर्दछन् । नेतृत्व पङ्क्तिले एकाधिकारी र अधिनायकवादीको रूपमा शासन चलाउने एकातिर, तल्लो स्तरका सत्ताधारीका समस्या पनि जनतामाथि उत्पीडन थपेर मात्र बच्च सक्ने अवस्था आउने हुनाले सर्वसाधारण जनताका पक्षपातीहरू जनताको आन्दोलनलाई समर्थन गर्ने अवस्थामा पुग्छन् । त्यसैले प्रचलित रूढिवादी परम्परागत सत्ता ढल्ने र ढलाउनेका साथै सर्वधारण श्रमजीवी शोषित, उत्पीडित जनताको शासन स्थापना हुन सम्भव हुन जान्छ । जनतालाई सचेत र स·ठित गरेर आन्दोलनमा सहभागी बनाउने काम उच्च महत्त्वको हुन जान्छ ।

    शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.