• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सामाजिक चेतनाका रूपहरू के कस्ता छन् ?


  •   शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    सामाजिक स्तरमा श्रमविभाजन भएपछि विभिन्न श्रमप्रकृया एकअर्काेबाट स्वतन्त्र हुन जान्छन् । आखिरमा उत्पादक नै निर्णायक तत्त्व हो । विनिमय स्वतन्त्र भएपछि प्रकृतिमा अन्तरनिहित आफ्नै नियमको अनुशरण गर्दछ । तिनीहरूले पनि उत्पादनको गतिलाई प्रभावित गर्दछन् ।

    Advertisement

    आर्थिक गति र राजनीतिक शक्ति दुवैले अधिकतम स्वतन्त्रता प्राप्त गर्ने कोसिस गर्दछन् । त्यसो गरे पनि एकपटक स्थापित भएपछि आफ्नो अलग गतिबाट मुक्त हुन जान्छन् । आर्थिक गति आफ्नो बाटोबाट अग्रसर हुन्छ । उसले स्थापित गरेको राजनीतिक गतिलाई सापेक्ष स्वतन्त्रता पनि प्रदान गरेको थियो । त्यसबाट राज्यसत्ताको गति र विरोधी पक्षको प्रतिकृया पनि सहन गर्नुपर्छ ।

    पहिलेदेखि टकराइरहेको परस्पर विरोधी पक्षको सङ्घर्ष, जसलाई वर्गसङ्घर्ष भनिन्छ, त्यो पनि सरकार र विरोधी पक्षको सङ्घर्षमा प्रतिबिम्बित हुन्छ । राजनीतिक सिद्धान्तको विरोधी पक्षको सङ्घर्षको रूपमा प्रतिबिम्बित हुन्छ ।

    राज्यसत्ता सङ्गठित सबैभन्दा ठुलो स·ठित शक्ति हो । यो हात हतियारले सुसज्जित सेनासहितको हुन्छ । त्यसकारण त्यो उत्पादक शक्तिको वर्गचेतना र वर्गस्वरूपमा भर पर्दछ । सबैभन्दा ठुलो सङ्गठित शक्ति यो राज्यसत्ता पनि जम्माजम्मी एक प्रतिशत हुन्छ भने जनता ९९ प्रतिशत हुन्छन् ।

    प्रचलित व्यवस्थाको आर्थिक गतिविधिलाई, प्रचलित व्यवस्थाको दर्सनलाई र प्रचलित व्यवस्थाको नेतालाई सर्वसाधारण जनताले आफ्नै मानेर काम र समर्थन गर्ने हुनाले विरोधी पक्ष जनतालाई राजनीतिक रूपले सचेत पार्दै आफ्नो आर्थिक पक्षलाई पनि ध्यान दिएर काम गर्नुपर्दछ ।

    राज्य वैचारिक शक्तिको रूपमा नागरिकमाथि हाबी हुन्छ । भित्री र बाहिरी हमलाबाट सुरक्षित राख्ने निकाय नै राज्यसत्ता हो । यो निकायले आफूलाई समाजबाट अलग गर्दछ । यसले न्यायिक रूपलाई सबथोक बनाइदिन्छ । आर्थिक अन्तरवस्तुलाई केही पनि मानिँदैन ।

    धर्म, दर्शन, परम्परा आदिमा श्रमविभाजनको विशेष क्षेत्रका रूपमा मानिसले आफूहरू स्वतन्त्र क्षेत्रमा काम गरिरहेको महसुस गरेर रहेका हुन्छन् । तिनीहरूले आर्थिक विकाससहित सम्पूर्ण समाजको विकासलाई प्रभावित गर्दछन् । आर्थिक विकास प्रभुत्वशाली प्रभावको अधिनमा हुन्छ ।

    श्रमविभाजनको निश्चित क्षेत्रमा रहेका प्रत्येक युगको दर्सन पूर्ववर्ती दर्सनबाट प्राप्त केही निश्चित चिन्तन सामग्रीलाई पूर्वमान्यताका रूपमा ग्रहण गर्दछ । त्यही यसको प्रस्थानविन्दु पनि हो तर सबैभन्दा बढी प्रत्यक्ष प्रभाव राजनीतिक कानुनी, नैतिक प्रतिबिम्बले पार्दछ । आर्थिक क्षेत्रको आधारमा राजनीति, कानुन र नैतिक क्षेत्र अडेका हुन्छन् तर एकपटक यी उपरी सरंचना स्थापित भएपछि आर्थिक क्षेत्रमा पनि आफ्नो प्रभाव पार्छन् ।

    मानव चेतना मानव समाजको सुरुदेखिको चिन्तनको प्रभावअनुसार विकास भएर अघि बढेको हुन्छ । परम्परागत चिन्तन प्रणाीललाई आमूल परिवर्तन गर्नु अहिलेको आवश्यकता हो । त्यो यसकारणले हो कि दस हजार वर्षपहिले देखि मान्छेले श्रमको शोषण गर्ने वर्गचरित्रको छाप चिन्तनमा प्रत्यक्ष रूपमा परेको छ ।

    हाम्रो उद्देश्य समाजमा आमूल परिवर्तन गर्ने हो । त्यसका लागि प्रारम्भविन्दु विश्व दृष्टिकोणमा आमूल परिवर्तन गर्ने नै हो । पहिले पहिले मजदुर वर्ग आमूल परिवर्तनको आधारमा थिए । अहिले विज्ञान र प्रविधिले भौतिक उन्नतिको आधारको रूपमा काम गरेको छ । त्यो भनेको वैज्ञानिक र प्रविधिक व्यक्तिको आधारमा भौतिक प्रगति अडेको छ । त्यसकारण शारीरिक श्रम बढी गर्नेको भन्दा बौद्धिक काम गर्नेको विश्व दृष्टिकोणमा आमूल परिवर्तन गर्नु आजको आवश्यकता हो । शारीरिक काम गर्नेहरू बौद्धिक काम गर्नेको मातहतमा रहने हुनाले पनि विज्ञान र प्रविधिका लागि वैज्ञानिक र प्राविधिक मुख्य व्यक्ति हुन् ।

    राज्य र सार्वजनिक कानुन आर्थिक सम्बन्धद्वारा निर्धारित हुन्छन् । नागरिक कानुन पनि तिनीहरूद्वारा नै निर्धारित हुन्छ । व्यक्तिका बिचको आर्थिक सम्बन्ध पनि सामान्य रूपमा त्यसरी नै अनुमोदित हुन्छन् । नागरिक कानुनका नियमले समाजका आर्थिक जीवनका आवस्थालाई कानुनी रूपमा परिस्थितिअनुसार कहिले उच्च र कहिले निच ढङ्गबाट पनि गर्न सक्दछन् ।

    राज्य वैचारिक शक्तिको रूपमा नागरिकमाथि हाबी हुन्छ । भित्री र बाहिरी हमलाबाट सुरक्षित राख्ने निकाय नै राज्यसत्ता हो । यो निकायले आफूलाई समाजबाट अलग गर्दछ । यसले न्यायिक रूपलाई सबथोक बनाइदिन्छ । आर्थिक अन्तरवस्तुलाई केही पनि मानिँदैन ।

    मान्छेको जीवन साहित्य र कलाको कच्चा पदार्थको खानी हो । त्यसको कुनै अन्य श्रोत हुन सक्दैन । क्रान्तिकारी कला र साहित्यका लागि वास्तवमा जीवनबाट नै भिन्न प्रकारका पात्रको निर्माण गर्न आवश्यक छ ।

    सार्वजनिक कानुन र नागरिक कानुन दुई स्वतन्त्र क्षेत्र मानिन जान्छन् । प्रत्येकको अलग अलग विकासक्रम छ । अन्तरविरोधको सुस·त निराकरणका लागि आवश्यक पनि छ । राज्यसत्ता सर्वसाधारण जनताभन्दा अलग र उच्च स्थानको मान्न खोजिए पनि त्यो समाजका सम्पन्न व्यक्तिको प्रतिनिधि संस्थाको रूपमा काम गर्छ । उसैलाई जनताबाट कर उठाउने र देशलाई बन्धक राखेर ऋण लिई खर्च गर्ने अधिकार हुने भएकाले त्यो भन्दा ठुलो राजनैतिक पार्टी बनाउन सजिलो हुन्न ।

    जनताले चुनेर पठाएका नेतागण राज्यसत्तामा मिसिन पुग्छन् । उनीहरू राज्यसत्ताको हिसाब गर्दा अल्पमतमा हुन्छन् । त्यसकारण वर्तमान व्यवस्थामा भौतिक विकास ठिक ढङ्गले गतिशील भई अघि बढ्न सक्दैन । एकातिर, जनतालाई सहुलियत दिएर जनताको पक्षमा काम गरेको देखाउने, अर्काेतिर, दमनको हतियार प्रयोग गरेर श्रमजीवी वर्गको सशक्त सङ्गठन बन्न नदिने दुईओटा काम राज्यसत्ताले गर्दछ । जसरी भए पनि नाफा कमाउन छुट दिएर धनीलाई अझ बढी धनी बनाउने र गरिबलाई चारैतिरबाट शोषण गरेर अझै गरिब बनाउने काम राज्यसत्ताले गर्दछ ।

    मध्ययुगले विचारधाराका रूपहरू दर्शन, राजनीति, न्यायशास्त्र आदिलाई एउटै सूत्रमा आबद्ध गरिदियो । सबै विचारधारात्मक क्षेत्रमा परम्परा एवम् ठुलो रूढिवादी शक्ति हुने गर्दछ । त्यसका साथै एकपटक धर्मको स्थापना भएपछि निरन्तर परम्परागत सामग्री रहिरहन्छ । परिवर्तनहरू सम्पन्न गर्ने मान्छेका आर्थिक सम्बन्धबाट निर्देशित हुन्छन् । धार्मिक मान्छेको विचार मान्छेले इच्छा गर्छ र फलप्राप्तिको निश्चय भगवानले गर्छ भनेर एकाग्र हुने कुरा आज पनि सही भएको छ । जब मान्छेले इच्छा गर्नेको साथै फलप्राप्तिको पनि निश्चित गर्न सुरु गर्छ, तब अन्तिम परायाशक्ति लोप हुन्छ । प्रतिबिम्बन हुन सक्ने कुनै कुरा नरहेपछि मात्र धर्म लोप हुने हो ।

    मान्छेको जीवन साहित्य र कलाको कच्चा पदार्थको खानी हो । त्यसको कुनै अन्य श्रोत हुन सक्दैन । क्रान्तिकारी कला र साहित्यका लागि वास्तवमा जीवनबाट नै भिन्न प्रकारका पात्रको निर्माण गर्न आवश्यक छ ।

    इतिहासलाई अगाडि बढाउन आम जनताको सहयोग चाहिन्छ । आफ्नो आसपासको वातावरणलाई रुपान्तरण गर्ने अभिप्रायले सङ्घर्ष गर्न प्रेरित गर्दछ । वैचारिक शक्ति भौतिक शक्तिको मातहतमा रहेर काम गर्दछ तर पनि परिपक्व वैचारिक शक्तिले भौतिक शक्तिलाई रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । धर्म आफैले रूढिवादको काम गर्छ । यो रूढिवादी विचार, आस्था र निष्ठामा रहन्छ ।

    समाजमा आमूल परिवर्तन गर्न क्रान्तिकारीले आर्थिक जीवनमा भर पर्नुपर्छ । आफू सबैभन्दा पहिले मुक्त नभएसम्म अरूलाई मुक्त गर्न सकिन्न । आफू मुक्त हुने भनेको श्रम गरेर खर्च टार्ने समय बचाएर पार्टीले दिएको जिम्मा पूरा गर्न त्यसका लागि आफूसँग वैचारिक हतियार बलियो हुनुपर्छ । त्यसैअनुसार भौतिक हतियार निर्माण गर्दै जाने हो ।
    वास्तविक निजी सम्पत्ति प्राचीनकालमा आधुनिक राष्ट्रहरूको जस्तै चल सम्पत्तिबाट सुरु भएको थियो । जनगणको मामिलामा कैयौँ कबिलाहरू एउटा नगरमा सँगसँगै रहन्थे । कबिलीय सम्पत्ति राज्यको सम्पत्ति हुन्थ्यो । राज्यसत्ता निजी निजी सम्पत्तिको लागि मात्र विद्यमान रहन्छ भन्ने कुरा आम मानिसको चेतनामा गहिरोसँग बसिरहेको छ ।

    सत्ताधारी वर्गका विचारहरू प्रत्येक युगमा सत्ताधारी विचार हुने गर्दछन् । जुन वर्गको सत्ता छ, उसैका शक्ति सत्ताधारी बौद्धिक शक्ति पनि हुन्छ । प्रभुत्वशाली भौतिक सम्बन्धको बौद्धिश अभिव्यक्तिले त्यही वर्गलाइ सत्ताधारी बनाउँछ । सत्तारूढ शासक वर्गसँग सत्तारूढ चेतना पनि हुन्छ । चिन्तकहरूले विचारको उत्पादकको रूपमा पनि शासन गर्दछन् ।

    धर्मको जस्तै कानुनको पनि आफ्नो स्वतन्त्र इतिहास छैन । उद्योग तथा वाणिज्यको विकासको माध्यमबाट बिमा कम्पनी जस्ता संसर्गका नयाँ रूप बनेका छन् । कानुनले सधैँ तिनीहरूलाई सम्पत्ति हासिल गर्ने नयाँ विधाको रूपमा स्थान दिनुपर्ने भएको छ । वस्तु केवल कानुनबाट र संसर्गबाट स्वतन्त्र रहेर मात्र सच्चा सम्पत्ति बन्छ । सम्पत्ति सम्बन्धको थप विकासको क्रममा कानुनी भ्रमले गर्दा मान्छेसँग कानुनी हक हुने तर वस्तु नहुने अवस्थासम्म लैजान्छ ।

    समाजमा निजी सम्पत्तिको सुरु भएदेखि अहिलेसम्म व्यक्तिगत स्वामित्वमा सम्पत्ति राख्ने र परिवार आर्थिक एकाइ बन्ने चलनचल्तीमा छ । यो चलनलाई विस्थापित गर्न सबैभन्दा पहिले दुईओटा काम अघि बढाउनुपर्छ । एउटा उत्पादनको क्षेत्र उद्योग र खेतीमध्य खेतलाई सहकारीमार्फत् र उद्योगलाई सरकारीमार्फत सामूहिक स्वामित्वमा लैजाने दोस्रो परिवारलाई आर्थिक एकाइबाट रूपान्तरण गरेर राजनीतिक एकाइ बनाउने—यी दुईओटा प्राथमिक महत्त्वका काम हुन् । यी दुईओटा काम गर्न तब सकिन्छ, जब राज्यसत्ता सर्वसाधारण जनताको पहुँचमा र सर्वहारा वर्गको नेतृत्वमा स्थापित र सञ्चालित हुन सक्छ । यो काम वर्गसङ्घर्ष र जनआन्दोलनबाट सशस्त्र शक्ति प्रयोग गरी परम्परागत राज्यसंयन्त्रलाई हराएर कब्जा गर्न सकिन्छ । यो इतिहासको गन्तव्य बदल्ने तरिका हो । त्यसैलाई आमूल परवर्तन पनि भन्ने गरिन्छ ।

    सत्ताधारी वर्गका विचारहरू प्रत्येक युगमा सत्ताधारी विचार हुने गर्दछन् । जुन वर्गको सत्ता छ, उसैका शक्ति सत्ताधारी बौद्धिक शक्ति पनि हुन्छ । प्रभुत्वशाली भौतिक सम्बन्धको बौद्धिक अभिव्यक्तिले त्यही वर्गलाइ सत्ताधारी बनाउँछ । सत्तारूढ शासक वर्गसँग सत्तारूढ चेतना पनि हुन्छ । चिन्तकहरूले विचारको उत्पादकको रूपमा पनि शासन गर्दछन् ।

    हरेक नयाँ वर्गले पहिलेको शासक वर्गको स्थानमा प्रतिष्ठापित गर्दछ । नयाँ समाजका अरू सदस्यसरह आफ्नो उद्देश्य बनाउन बाध्य हुन्छ । त्यस क्रममा उसले आफ्ना विचारलाई सार्वभौमिकताको रूप दिनुपर्छ । क्रान्ति गर्ने वर्ग सत्ताधारी वर्गको विरुद्ध खडा भएको पूरा जनसमूहको रूपमा प्रकट हुन्छ । उसको हित वास्तवमा नै सम्पूर्ण गैरसत्ताधारी वर्गको समान हितसँग जोडिएको हुन्छ । विद्यमान अवस्थाको दबाबअन्तर्गत विशेष वर्गको विशेष हितको रूपमा विकसित हुन पाएको हुँदैन । अमूक वर्गको शासन विचारको शासन मात्र हो भन्ने भ्रमको स्वाभाविक अन्त्य आम रूपले समाजको सङ्गठनको रूपले समाजको सङ्गठनको रूपमा समाप्त हुँदासाथ आफै समाप्त हुन्छ ।

    समाजमा लामो समयदेखि अस्तित्वमा रहेको व्यक्तिगत स्वामित्वको व्यवस्था समाजका प्रत्येक व्यक्तिको नशा नशामा सञ्चार भइरहेको हुन्छ । फेरि परवार आर्थिक एकाइ भएकाले परिवारको सबै सदस्यमा पनि राजनैतिक चेतना विकास भइनसकेको अवस्थामा व्यक्तिगत स्वामित्वको व्यवस्थालाई बलियो र दीर्घजीवी बनाउनमा नै सहयोग पुगको हुन्छ । त्यसैले गर्दा सहकारीको काम आर्थिक हिसाबले सहकार्य गरेर नै अगाडि बढाउन सकिन्छ र त्यसैको अभ्यासमा लाग्न जरुरी छ किनकि समाजवादी व्यवस्था मूल रूपमा सहकारी भएको व्यवस्था नै हो ।

    सत्ताधारी विचारलाई सत्ताधारी व्यक्ति र सत्ताधारी सम्बन्धबाट अलग गराउने हो भने जीवनका काममा पूर्णतया स्पष्ट हुन्छकिनभने ती चिज उत्पादन विधिको निश्चित चरणबाट उत्पन्न हुन्छन् । कुनै व्यक्ति के हुने दावी गर्दछ र ऊm वास्तवमा के हो भन्ने कुरा यिनै दुई कुरामा दुकानदारले धेरै राम्रोसँग भेद पत्ता लगाउँछन् । त्यही वास्तविकतालाई हाम्रो इतिहासकारले जानकारी पनि हासिल गर्न सकेका छैनन् । उनीहरूले सबै युगलाई आफूलाई प्रस्तुत गरेका रूपअनुसार लिन्छन् । आफ्नोबारेमा भन्ने र कल्पना गर्ने गरेको आधारमा उनीहरूलाई विश्वास गर्छन् । एक जना क्रान्तिकारीले उसको जीवनभर सत्ताको गुलियो स्वादबाट बाहिर रहेर जीवन व्यतित गर्न सक्यो भने पनि उसको महानता हुन जान्छ ।

    सम्पन्न व्यक्तिहरूको पक्षमा काम गर्ने र जनताको करबाट आफू सुविधासम्पन्न हुने हुनाले सत्ताधारीले आफूलाई जनताभन्दा अलग्गै र उच्च स्थानमा राख्ने प्रयत्न गर्दछन् । नेतृत्व पङ्क्तिले एकाधिकारी र अधिनायकवादीको रूपमा शासन चलाउने एकातिर, तल्लो स्तरका सत्ताधारीका समस्या पनि जनतामाथि उत्पीडन थपेर मात्र बच्च सक्ने अवस्था आउने हुनाले सर्वसाधारण जनताका पक्षपातीहरू जनताको आन्दोलनलाई समर्थन गर्ने अवस्थामा पुग्छन् ।

    सम्पन्न व्यक्तिहरूको पक्षमा काम गर्ने र जनताको करबाट आफू सुविधासम्पन्न हुने हुनाले सत्ताधारीले आफूलाई जनताभन्दा अलग्गै र उच्च स्थानमा राख्ने प्रयत्न गर्दछन् । नेतृत्व पङ्क्तिले एकाधिकारी र अधिनायकवादीको रूपमा शासन चलाउने एकातिर, तल्लो स्तरका सत्ताधारीका समस्या पनि जनतामाथि उत्पीडन थपेर मात्र बच्च सक्ने अवस्था आउने हुनाले सर्वसाधारण जनताका पक्षपातीहरू जनताको आन्दोलनलाई समर्थन गर्ने अवस्थामा पुग्छन् । त्यसैले प्रचलित रूढिवादी परम्परागत सत्ता ढल्ने र ढलाउनेका साथै सर्वधारण श्रमजीवी शोषित, उत्पीडित जनताको शासन स्थापना हुन सम्भव हुन जान्छ । जनतालाई सचेत र स·ठित गरेर आन्दोलनमा सहभागी बनाउने काम उच्च महत्त्वको हुन जान्छ ।

    शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.