काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा परी गम्भीर घाइते प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिमा ताम्राकारका अनुसार १० बजेर ५८ मिनेटमा आमा हरिकलाको निधन भएको हो।
सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट गएराति घाइते हुनुभएको थियो ।
उहाँहरुलाई गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।
नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । चन्द्र भण्डारीको ३० प्रतिशत र आमा हरिकलाको ७० प्रतिशत भाग जलेको अस्पतालले बताएको छ ।
उहाँलाई थप उपचारका लागि भारतको मुम्बईस्थित बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ। भण्डारीलाई उपचारमा लैजानका लागि श्री एयरलाइन्स रिजर्भ गरिएको छ।
कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।