बागलुङ बजार । राष्ट्रिय जनमोर्चाको आगामी २०७९ फागुन १९–२१ मा हुने सातौँ जिल्ला सम्मेलनको उद्घाटन राजमो अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले गर्नुहुने भएको छ । फागुन २ गते म·लबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले सम्मेलनका लागि ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” नारा तय गरेको सचिव भीमलाल पोखरेलले जानकारी दिनुभयो ।
सम्मेलन सफल पार्न अमर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र सा·ठनिक प्रतिवेदन मस्यौदा समिति, भीमलाल पोखरेलको संयोजकत्वमा प्रचार प्रसार समिति, दिलबहादुर दर्जीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, दीपक थापाको संयोजकत्वमा स्वयम्सेवक व्यवस्थापन समिति र थानेश्वर सुवेदीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
सम्मेलनको बन्दशत्रमा ४८५ जना प्रतिनिधि, पर्यवेक्षक रहने बताइएको छ ।
सचिव पोखरेलका अनुसार अहिलेसम्म बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिकामा तथा ६२ ओटा वडा सम्मेलन भइसकेका छन् भने बाँकी पालिका र वडाका सम्मेलन फागुन १३ गतेसम्म सम्पन्न गरिने भएको छ ।