खिमराज चालिसे नई दिल्ली (भारत) ।
भारतको राजधानी नई दिल्लीमा महिला विभागको भेला सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिद्वारा सञ्चालित महिला नगर विभागको भेला सम्पन्न गरिएको हो ।
केन्द्रीय उपाध्यक्ष कपिल खनालले भेलाको उद्घाटन गर्दै महिलाहरु सचेत समर्पित र संगठित रुपमा आफनो हंक अधिकारको लागि संघर्ष गर्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष खनालले विदेश स्थित नेपाली महिलाहरु संगठित हुन पर्ने पनि बताउनुभयो। उक्त भेलामा मूल प्रवाह केन्द्रीय सदस्य शिव केसीले महिला आन्दोलन बारे आफ्नो धारणा राख्नुभएको थियो ।
सम्पन्न भेलाले सिता केसीको संयोजककत्वमा ३५ सदस्यीय महिला नगर विभागको समिति गठन गरेको छ।
समितिको सदस्यहरुमा लक्ष्मी खडायत, सरित पुन, शान्ता कुंवर, विष्णु माझी, कमला भुसाल, माया कुंवर, मनकला, सावित्रा कुंवर, कमला खडका, विमला शर्मा, हिमा भण्डारी, मञ्जु रायमाझी, सरस्वती शर्मा, साधना घिमीरे, तुल्सी भुसाल, मिना खनाल, कौशल्या परियार, शान्ता पराजुली, बसन्ती थापा, पार्वती पौड्याल, हिमकला भुसाल, रोमा खनाल,जानकि भट्टराई, लोकमाया खनाल, शान्ता परियार, सरस्वती खनाल, सुसिला बेल्बासे, कमला पाण्डे, पवित्रा पाण्डे, सुसिला वस्याल, पुष्पा, कमला, चित्रा र मन्जु रहनु भएको छ ।
त्यस्तै, मूल प्रवाह केन्द्रीय सदस्य शिव केसी, केन्द्रीय सल्लाहकार बिन बहादुर कुंवर, परिषद सदस्य पहलसिंह परियारको पनि आथित्यता रहेको थियो।
कार्यक्रम सिता केसीको अध्यक्षता तथा लक्ष्मी खडायतको सञ्चालनमा सम्पन्न भएको थियो।