दिपेन्द्र परियार, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बरेङको दोस्रो गाँउ सम्मेलन बरेङ बजारमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले पूर्णबहादुर पुनको अध्यक्षतामा १७ सदस्यीय राजमो बरेङ गाँउपालिका समिति चयन गरेको हो।
Advertisement
समितिको उपाध्यक्षमा चन्द्र बहादुर श्रीस,सचिव पृथ्वीबहादुर पुन, सहसचिव तुफान पुन र कोषाध्यक्षमा गङगा क्षेत्री सुनार चयन हुनुभएको छ ।
सदस्यहरुमा चित्र पुर्जा, सिता थापा, कुल बहादुर खत्री, खडक बहादुर पुन, गोमा क्षेत्री, पूर्ण बहादुर परियार,जमुना बिटालु, टुक बहादुर पुन, चित्र बहादुर थापा, श्याम थापा, तेजबहादुर विक, खडक परियार, चित्रबहादुर केसी रहनु भएको छ ।