बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिकाको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ ।
राजमो जिल्ला अध्यक्ष अमर थापाको प्रमुख आतिथ्यमा २०७९ माघ २८ गते शनिबार सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा राजमो जिल्ला सदस्य धर्मबहादुर कुँवर, राजमो नेताहरू काजिगाउँले श्रेष्ठ, तुलवीर श्रीस, आशा केसी, ढुण्डिराज शर्मालगायतको आतिथ्य रहेको थियो ।
सम्मेलनले थानेश्वर सुवेदी अध्यक्ष रहनुभएको राजमो बागलुङ नगरपालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामबहादुर खड्का, सचिवमा विष्णु अधिकारी, कोषाध्यक्षमा मुमादेवी शर्मा र सहसचिवमा शोभाखर शर्मा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा खेमबहादुर थापा, इन्द्रबहादुर थापा, चुराबहादुर हरिजन, चन्द्रा सुनार, प्रकाश पौडेल, तुलवीर श्रीस, लक्ष्मीदत्त आचार्य, रामबहादुर रोका, पविन्द्र मल्ल, भीमबहादुर मल्ल, रिता खत्र्री कार्की र टेकबहादुर रोका रहनुभएको छ ।
सम्मेलन नगर अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, टेकबहादुर रोकाको सञ्चालन र योगेन्द्र पौडेलको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।
