बुटवल । अखिल (छैठौं) लुम्बिनी प्रदेशको चुनावकेन्द्रित बैठक २०७९ माघ २८ गते शनिबार रुपन्देहीको बुटवल सम्पन्न भएको छ । बैठकबाट स्ववियु चुनावमा होमिने निर्णय भएको जानकारी दिइएको छ ।
त्यस्तै बैठकले केन्द्रको निर्णयअनुसार राजवादीबाहेक अन्य सङ्गठनसँग तालमेल गर्ने नीति खुला गरेको सङ्गठनका प्रदेश अध्यक्ष सरोमान सिंहले जानकारी दिनुभयो ।
बैठकले प्रदेशको बुलेटिन “संवाहक” प्रकाशन गर्ने निर्णय गर्न सरोजमान सिंह संयोजक रहनुभएको तीन सदस्यीय समिति गठन गरेको समाचारमा उल्लेख छ । समितिको सदस्यहरूमा रिसव आचार्य र विमल खरेल रहनुभएको छ ।
बैठकले अन्य प्रदेशमा जिम्मेवारी रहेको र सङ्गठनमा लामो समयदेखि निष्कृय रहेका उपाध्यक्ष नवराज चन्द, कोषाध्यक्ष नवीन केसी, सदस्यहरू विमला सापकोटा, तृषणा श्रीनेत, लक्ष्मण विक, रमेश पुन र बैकल्पिक सदस्य लीला कुँवरलाई सधन्यवाद बिदाइ गरेको छ ।
यसरी रिक्त हुन आएको उपाध्यक्षमा प्रदेश सदस्य रिसव आचार्य, कोषाध्यक्षमा सागर बेल्बासे, सदस्यहरूमा सरिता पुन (दाङ), बिपिन धामी (बाँके), सागर एमसी (रुपन्देही) लाई नियुक्ति गरिएको प्रदेश अध्यक्ष सरोजमान सिंहले बताउनुभयो ।
बैठकमा युनियनका महासचिव तथा प्रदेश इन्चार्ज सुवास जिसीले स्ववियु चुनाव र समसामयिक राजनीतिक अवस्थाबारे प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।