• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कथित अन्तर संघर्षको कथा : मसालविरोधी ललकार


  •   शनिबार, माघ २८, २०७९ मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    कामरेड रामबहादुर बुढाको ‘नेपाल कम्युनिस्ट पार्टी(मसाल)मा अन्तर्सङ्घर्ष (वि.सं. २०७२–२०७८)’ नामक एउटा पुस्तक प्रकाशित भएको छ । उहाँको पुस्तकका विषय हाम्रो पार्टीसित सम्बन्धित भएकोले हामीले स्पष्ट गर्नुपर्ने भएमा निकट भविष्यमा नै हामीले त्यो काम पूरा गर्ने छौँ । तर अहिले त्यसबारे पार्टीभित्र कुनै निर्णय भइसकेको अवस्था छैन । तैपनि प्रारम्भिक र सामान्य रुपमा उहाँको पुस्तकबाट प्राप्त भएका दुइटा कुराको जानकारी गराउँदा राम्रै हुने भएकोले यो टिप्पणी प्रस्तुत गरिएको छ ।

    प्रथम, का. बुढाले प्रस्तुत गरेका स्रोतविहीन, अप्रायोगिक र अविश्वसनीय विषय । विश्वमा कम्युनिस्ट आन्दोलनलाई रक्षात्मक अवस्थामा पु-याउनका लागि कम्युनिस्ट आन्दोलनमा काम गरेका व्यक्तिहरु नै जिम्मेवार थिए । कम्युनिस्ट आन्दोलन स्वतःस्फूर्त र अराजक भीडभाड होइन । यो संगठित र व्यवस्थित हुने भएकोले त्यसलाई भत्काउनका लागि कहाँ प्रहार गर्नुपर्दछ भन्ने कुरा कम्युनिस्ट आन्दोलनमा काम गरेका व्यक्तिलाई नै राम्रोसित थाहा हुन्छ ।

    त्यसैले जन्मजात कम्युनिस्ट विरोधी विचार भन्दा कम्युनिस्ट आन्दोलनभित्र नै पैदा भएको कम्युनिस्ट विरोधी प्रवृत्ति कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनका लागि प्रभावकारी हुन्छ । त्यसैले पुँजीवादले कम्युनिस्ट पार्टीभित्र आफ्ना प्रतिनिधिको पहिचान गरी तिनलाई प्राप्त गर्ने प्रयत्न गर्दछ । त्यो नै पुँजीवादीहरुको सबैभन्दा सशक्त र प्रभावकारी हतियार हो । जसमा उनीहरु आजसम्म सफल पनि हुँदै आएका छन् । ठुला ठुला क्रान्ति गरी सत्ताधारी बनेका संसारका कैयौँ कम्युनिस्ट पार्टीहरु पुँजीवादका विरुद्ध संघर्षरत रहँदा सम्म नै अस्तित्वमा थिए ।

    पुँजीवादले ती सबैलाई सिध्याउनका लागि रक्तपात युद्ध कम र घुसपैठको नीति बढी अपनाएको कुरा हाम्रा अगाडि छ । एउटा उदाहरण, सोभियत संघको अन्त्य पुँजीवाद वा साम्राज्यवादको रक्तपात युद्धबाट भएको होइन, बरु पुँजीवाद वा साम्राज्यवादको घुसपैठबाट भएको हो । हाम्रो पार्टीका फुटपरस्तहरुले पनि हाम्रो पार्टीलाई कमजोर बनाउने अभियान चलाउँदै आएका छन् । का. बुढाको पुस्तक त्यसैको एउटा सिलसिला हो । हामीले आवश्यकता अनुसार स्पष्टीकरण दिने छौँ, त्यो कुरा माथि नै उल्लेख भइसकेको छ ।

    का. बुढा पहिले हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यसैले उहाँलाई हाम्रो पार्टीबारे धेरै कुरा थाहा हुनु स्वभाविक छ । आठौँ महाधिवेशनपछि पार्टीभित्र पार्टीको गठन गर्ने र गुटवन्दीजन्य जस्तो खराब भूमिकामा रहने फुटपरस्त मध्ये उहाँ पनि एकजना हुनुहुन्थ्यो । गुटवन्दीजन्य कार्यका लागि पार्टीभित्र गोप्य दस्तावेज निर्माण गरी पार्टीलाई तहसनहस पार्ने योजनाकारमध्येका का. बुढाले अहिले पनि हाम्रो पार्टीलाई ध्वस्त बनाउने उद्देश्यका साथ यो पुस्तक प्रकाशनमा ल्याएको कुरा प्रष्ट छ ।

    त्यो उद्देश्यका कारणले नै कम्युनिस्ट नैतिकता त परै छ, सामान्य नैतिकताको पनि पालना नगरेर सार्वजनिक नहुनुपर्ने र नगर्नुपर्ने सामग्री पनि सार्वजनिक गर्नुभएको छ । हामीलाई दुःख लागेको छ, हाम्रो पार्टीको केन्द्रीय सदस्य समेत भइसकेको व्यक्तिले सामान्य नैतिकता समेतबाट च्यूत भएर सम्पूर्ण आन्दोलनलाई ध्वस्त बनाउने प्रकारले कतिपय कुरा सार्वजनिक गर्नुभएको छ । हाम्रो पार्टीका विभिन्न तहमा उहाँको जस्तै डायरी लेख्ने, कलम चलाउने, पार्टी प्रशासन सञ्चालन गर्ने, पार्टीमा विभिन्न योजना बनाउने धेरै कामरेडहरु हुनुहुन्छ ।

    कतिपय कामरेडहरु सिद्धहस्त लेखक, साहित्यकार, चिन्तक, विश्लेषक, योजनाकार पनि हुनुहुन्छ । हामी उहाँहरु सबैलाई प्रश्न गर्न चाहन्छौँ– के तपाईहरु सबै सँधै एउटै पार्टीमा रहिरहनु हुनेछ कुनै ग्यारेन्टी छ ? यदि रहनु हुने छैन, अलग हुनुहुनेछ, फुट्नु हुनेछ वा निष्कासित हुनु हुने छ भने के का. रामबहादुर बुढाले झैं पार्टीका विभिन्न गोपनीयता सार्वजनिक गर्नु हुने छ ? यदि त्यसो हो भने आजबाट नै डायरी लेख्ने, पुस्तक लेख्ने, लेखरचना लेख्ने, पार्टी प्रशासन सञ्चालन गर्ने, पार्टीमा विभिन्न योजना बनाउने जस्ता काम बन्द गर्नका लागि हामी सुझाव दिन्छौँ । किनभने तपाईले ती सबै काम कम्युनिस्ट नैतिकता त के सामान्य नैतिकता समेत गुमाएर भोलि पार्टीबाट बाहिरिएपछि सार्वजनिक गर्नका लागि आज पार्टीभित्र बसेर गर्दै हुनुहुन्छ ।

    त्यसबाट कुनै कम्युनिस्ट आन्दोलनको निर्माण हुनु त धेरै टाढाका कुरा हो, स्वयम् व्यक्तिको व्यवहार, सम्बन्ध र नैतिकता समेत सन्देहपूर्ण बन्न जाने छ । हाम्रो बुझाइमा विवेक र नैतिकता नभएका कुनै पनि कर्म उपयुक्त छैनन् । हामी जहाँ रहन्छौँ, त्यहाँ नैतिकता र विवेकको कारणले रहन्छौँ । हामी जहाँबाट छुटिन्छौँ, त्यहाँ केही नैतिकता छोड्दछौ र केही नैतिकता लिएर जान्छौँ । तर विवेक भने लिएर नै जान्छौँ । विवेकले जीवनलाई हिडाउँछ, नैतिकताले जीवनलाई भरपर्दो र विश्वसनीय बनाउँछ ।

    का. बुढाले सार्वजनिक गरेका उहाँको निजी डायरीका स्रोतविहीन, अप्रायोगिक र अविश्वसनीय विषय, विभिन्न बैठकमा भएका छलफलका प्रसङ्ग, विभिन्न कामरेडहरुका टेकनाम, पार्टीका विभिन्न गोप्य निर्णयहरुको सार्वजनिक गरेर उहाँले आफूलाई संदिग्ध बनाउनु भएको छ । के का. बुढाले कम्युनिस्ट आन्दोलनबाट प्राप्त गरेका नैतिकता यही होला ? सम्भव भएमा एकपटक उहाँले आफैलाई प्रश्न गर्नु भएमा धेरै राम्रो हुनेछ ।

    आठौँ महाधिवेशन अतित बनिसकेको अवस्था छैन । आठौँ केन्द्रीय समिति अहिले कार्यरत छ । आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र त्यसका विभिन्न तह, अन्य कैयौँ गोप्य विषयका साथै केन्द्रमा गरिने निर्णय र छलफलबारे तल्लो तहका पार्टी समितिका सदस्यहरुको तुलनामा पार्टीको केन्द्रीय समितिमा रहेको सदस्यलाई बढी जानकारी हुनु स्वभाविक छ । त्यसैको फाइदा का. बुढाले लिनुभएको छ ।

    यस्तै फाइदा पहिले हाम्रो पार्टीको तत्कालीन कोषाध्यक्ष ओमबहादुर के.सी.ले पनि लिन खोज्नु भएको थियो । उहाँले पार्टीमा भ्रष्टाचार छ भन्ने समेतको हर्कत गरेर पार्टीको नेतृत्वको छवि धुमिल पार्न खोज्नु भएको थियो । अहिले रामबहादुर बुढाले त्यस्तै उद्देश्य लिएर तर फरक प्रकारले त्यो कामलाई अगाडि बढाउनु भएको छ ।

    उहाँले अहिलेको पुस्तक लेखेर कम्युनिस्ट आन्दोलन बलियो हुने वा कुनै नयाँ किसिमको कम्युनिस्ट पार्टी बन्ने छ भनेर पत्याउन नसकिने भएपनि एउटा कुरा निश्चित रुपले पत्याउन हामी बाध्य हुनुपर्नेछ, त्यो हो– मसाललाई ध्वंस गर्ने सतत् प्रयासमा उहाँहरु निरन्तर हुनुहुन्छ । मसालको केन्द्रीय समितिमा पुगेर मसाललाई नै ध्वंस गर्ने फाइदा लिने उहाँको प्रवृत्तिबाट कतिपय यक्ष प्रश्न पनि खडा हुन गएका छन् ।

    प्रथम, त्यसरी फाइदा लिनका लागि नै पार्टीमा प्रवेश गर्दै केन्द्रमा समेत आउने प्रवृत्तिको विकास हुँदै गयो भने कम्युनिस्ट पार्टीको स्थिति के होला ? द्वितीय, केन्द्रीय समितिमा रहिसकेको व्यक्ति, जो पार्टीबाट बाहिरिएपछि कम्युनिस्ट नैतिकता मात्र होइन, सामान्य नैतिकताबाट समेत च्यूत भएमा त्यसले कम्युनिस्ट आन्दोलनलाई कति धेरै क्षति पु-याउने छ ? तृतीय, कुनै अन्तरसंघर्ष वा दुई लाइनको संघर्षबारे बकपत्र गरिरहँदा आफू कम्युनिस्ट आन्दोलनमा नै छु भन्ने कुराको समेत हेक्का राख्न सम्भव होला कि नहोला ? चतुर्थ, राजनीतिक नैतिकताबाट च्यूत हुँदै गएमा कति धेरै नकारात्मक प्रवृत्तिको विकास हुँदै जाने छ ? पाँचौ, बैठक वा कुनै पनि छलफल भएका विषय र वक्ताबारे स्रोत र आधिकारिकता उल्लेख नगरी लिखित गर्दै गएमा त्यो लेखन कति अविश्वसनीय र उपरी हुने छ ? छैटौँ, के तरिका अपनाउँदै गएमा कम्युनिस्ट आन्दोलन सुदृढ बन्ला त ? अहिले उहाँहरु(बुढा) जुन संगठनमा रहनुभएको छ वा भविष्यमा अरु कुनै संगठनमा रहनु होला, ती संगठन कुन आदर्श र पद्धतिका हुने छन् ?

    मानिसहरुले आफ्नो डायरीमा के लेख्छन् ? त्यो महत्वपूर्ण कुरा होइन । कुनै कुरा कति आधिकारिक हो र त्यस प्रकारको आधिकारिकता प्रमाणित हुने आधार के कति संस्थागत मूल्य छन् ? त्यो मुख्य र महत्वपूर्ण कुरा हो । त्यसैले संसारमा लेखिएका जति पनि आत्मसंस्मरण छन्, ती कुरा पछि अनुसन्धान गरिने विषयलाई पुष्टि र प्रमाणित गर्ने प्रमुख सामग्री होइनन् । तिनको महत्व सहयोगी सामग्री सम्म मात्र सीमित हुन्छ । संस्थागत र आधिकारिक स्रोतले दिने बयान नै मुख्य हुन्छ ।

    द्वितीय, बुढाको पुस्तकले एउटा राम्रो पक्षलाई उजागर गरेको छ । लेखक बुढामा मसालविरोधी मनोदशाबाट प्रेरित भएर मसालको सर्वनाश होस् भन्ने उद्देश्य र नियत रहेको कुरा बुझ्न कुनै गाह्रो छैन । त्यो जे भएपनि नेपाल कम्युनिस्ट पार्टी(मसाल)भित्र जनवादी स्वतन्त्रता छैन र मोहनविक्रम सिंहले जे भन्छन् त्यही हुन्छ भन्ने फुटपरस्त र मसालको पद्धतिलाई नबुझ्नेहरूले गर्ने गरेको दलिल कति झुट्टा र असत्य रहेछ ? यो पुस्तकमा दिइएका सम्पूर्ण विवरण र सामग्रीले प्रष्ट गर्दछन् ।

    मसालभित्रको व्यवस्थित जनवाद र छलफलको स्वतन्त्रतालाई देखेर सम्भवतः नेपालका कम्युनिस्ट आन्दोलन मात्र होइन सम्पूर्ण राजनीतिले नै जिब्रो टोक्ने गरी विवरण दिन सक्नुलाई राम्रो पक्ष मान्नु पर्दछ । वास्तवमा फुटपरस्त र मसालविरोधीद्वारा मोहनविक्रम सिंहलाई कति कुरुप प्रकारले आक्रमण हुने गरेको छ, त्यो सबैको अगाडि छ । पुस्तकमा प्रत्येक बैठकमा भएका छलफल, जुनसुकै प्रकारले उठाइएका विषयको पनि सुनुवाइ, विभिन्न पार्टी सदस्यले व्यक्त गरेको विचार, मतदान आदिका विवरणले नै पुस्तक भरिएको छ । हामीले गौरव गर्दछौँ कि जनवाद र केन्द्रीयतालाई द्वन्द्वात्मक ढङ्गले कार्यान्वयन गर्ने र गराउने एक मात्र पार्टी मसाल नै हो । पार्टीभित्र कुनै विषयमा विवाद भएपछि मात्र होइन, सम्पूर्ण विषयमा कति धेरै व्यवस्थित छलफल भएको छ ? स्वयम् बुढाले प्रस्तुत गरेका विवरणबाट त्यो कुरा थाहा पाउन सकिन्छ ।

    पार्टीमा एकमत नभएपछि पार्टीलाई एकतावद्ध बनाइरहनका लागि अपनाइने मुख्य र वैज्ञानिक पद्धति भनेको बहुमत र अल्पमतको प्रक्रिया नै हो । यो पद्धति खाली कम्युनिस्टहरुले मात्र होइन, बुर्जुवाहरुले पनि अपनाउँदै आएका छन् । पार्टीमा अल्पमत आफ्नो विचार र शक्तिलाई स्थापित गर्नका लागि अल्पमत सँधै सक्रिय रहन्छ र रहनु पनि पर्दछ । तर त्यसबारे बुर्जुवा र कम्युनिस्ट पार्टीमा भिन्न भिन्न तरिका अपनाइन्छन् । बुर्जुवा पार्टीमा अराजक प्रकारको स्वतन्त्रता हुन्छ । तर कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता सहितको स्वतन्त्रता हुन्छ । बुर्जुवाहरुले गुटको राजनीति गरेर पार्टी र राज्यसत्तामा आफ्नो प्रभुत्व कायम गर्ने प्रयत्न गर्दछन् ।

    उनीहरुले भद्रगोल र असहिष्णु प्रकारको प्रजातन्त्रलाई वास्तविक प्रजातन्त्र मान्दछन् र त्यसकै आधारमा उनीहरुको बहुमत र अल्पमत छुटिन्छ । उनीहरुको अल्पमत पक्ष कार्यमा सहभागी हुनैपर्छ भन्ने हुँदैन । तर त्यसका बाबजुद पनि उनीहरु एउटै पार्टीमा रहन्छन् । त्यसको संरचना नै त्यस प्रकारको हुन्छ । कम्युनिस्ट पार्टीमा भने निर्णय प्रक्रियामा मतभेद र विभाजन भएपनि कार्यमा एकतावद्ध हुनै पर्दछ । निर्णयमा मतभेद र विभाजन भएपनि बहुमतद्वारा निर्णित विषयलाई पार्टीको नीति र कार्यक्रम बनाएर सम्पूर्ण पार्टी सदस्यहरु कार्य मैदानमा जानु पर्दछ ।

    उनीहरुले कार्यको मैदानमा कुनै पनि मतभेद देखाउनु हुँदैन । पार्टीको निर्णय सही वा गलत जे भएपनि कार्यमैदानमा सबै सदस्यहरु एकतावद्ध हुन सक्नु नै बुर्जुवा कार्यशैली भन्दा फरक कुरा हो । त्यस्तो हुनुमा जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तको भूमिका छ । संगठनात्मक सिद्धान्त र अनुशासनको कारवाही भई पार्टीबाट निष्कासित हुनु परेका व्यक्तिहरुको एउटा साझा समस्या के हो भने उनीहरु कहिल्यै पनि जनवादी केन्द्रीयताप्रति आफूलाई जिम्मेवारी बनाउनुपर्ने आवश्यकता ठान्दैनन् ।

    आठौँ महाधिवेशनपछि फुटपरस्तहरुले गरेका गतिविधिको छुट्टै फेहरिस्त छ । त्यो फेहरिस्त पार्टीभित्र गोप्य दस्तावेजको प्रसार, पार्टीभित्र पार्टीको गठन, विवादित विषयलाई निर्णय बिना नै देशभरि प्रसारण गर्ने, छद्म नामबाट पार्टीलाई ध्वंस गर्नका लागि लेख्य सामग्रीको प्रसारण, सामाजिक सञ्जालमा विरोधी अभिव्यक्ति दिने आदि नकारात्मक पक्षले भरिएको छ । तर पनि त्यसका कारणले कसैलाई कारवाही गरिहाल्ने पार्टीको परम्परा छैन ।

    स्पष्टीकरण, छानवीन, अनुशासन मान्नका लागि अनुरोध, विषयवस्तुप्रतिको स्पष्टता लगायतका कैयौँ प्रक्रिया पार गरेर अन्तमा सुध्रिन नसक्ने अवस्था भएमा मात्र निष्कासित, निलम्बन लगायतका प्रक्रिया अपनाउँछ । हाम्रो पार्टीको त्यस प्रकारको गौरवता भत्काउने नियतका साथ अन्तरसंघर्षको नामले विवरण दिन खोजिएको भएपनि त्यसबाट हाम्रो पार्टीको उज्यालो र गौरवपूर्ण पक्ष चम्किन पुगेको छ र उनीहरुको नियतको पर्दाफास भएको छ ।

    शनिबार, माघ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.