पोखरा । अखिल (छैठौँ) गण्डकी प्रदेशको भेला पोखरामा सम्पन्न भएको छ ।भेलाले सोमनाथ अधिकारीको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गणेश सापकोटा, सचिव मिलन सुनुवार, सहसचिवमा विवस छन्त्याल र कोषाध्यक्ष बिना ढुङगाना चयन हुनुभएको छ । सदस्यहरुमा शिशिर सुवेदी, ज्योति विश्वकर्मा, सुदिप सापकोटा रहनुभएको छ भने ३ स्थान रिक्त राखिएको छ ।
त्यस्तै गरि भेलाले गणेश अधिकारी, दानबहादुर सारु मगर र दिलेन्द्र बुढालाई सल्लाहकारमा चयन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै युनियनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इन्चार्ज गणेश अधिकारीले शैक्षिक विकृती, विद्यार्थी आन्दोलन, विद्यार्थीले भोग्नु परेको समस्या, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र संगठनले लिएको नीतिका बारेमा बताउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले विद्यार्थी संगठनको इतिहासबारे बोल्नुभएको थियो । उहाँले वर्तमान राजनीतिक अवस्था र पार्टीले लिएको नीतिबारे प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य नाम बहादुर बाठा मगर, अखिल नेपाल ब्यापार संघका केन्द्रीय सदस्य सन्तोष पौडेल, अखिल नेपाल जनजाति संघका प्रदेश नेता डम्बर बहादुर थापा, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला नेता प्रविन पौडेलले भेला शुभकामना दिनुभएको थियो ।
एक मिनेट मौन धारणा गरी सुरु भएको कार्यक्रमको अध्यक्षता दानबहादुर सारु मगर, स्वागत बिना ढुंगाना र संचालन सोमनाथ अधिकारीले गर्नु भएको थियो ।