काठमाडौं । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ ।
Advertisement
डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका ५ बस्ने २१ वर्षीय बिबि रोकायको शव सशस्त्र प्रहरीले फेला पारेको हो ।
बिहीबार (माघ २६ गते) २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बिबि सो नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए।
सो बारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो।
अर्का एक जनाको खोजीकार्य भइरहेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।