बागलुङ बजार । बागलुङको निसिखोलामा रक्तिम सांस्कृतिक अभियानको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा २०७९ माघ २७ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सम्मेलनमा राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डे, राजमो गण्डकी प्रदेशका सहसचिव खिमविक्रम शाही, राजमो बागलुङका सचिव भीमलाल पोखरेल, वयोवृद्ध वामपन्थी नेता हिराबहादुर शाही र मानबहादुर पुन, अखिल नेपाल युवक सङ्घका राजेन्द्र शाही र अखिल नेपाल जनजाति सम्मेलनका भानसिंह बुढाको आतिथ्य रहेको थियो ।
सम्मेलनको अध्यक्षता थम्मनबहादुर घर्तीले, सञ्चालन लालबहादुर सिँजालीले र स्वागत लीला घर्तीले गर्नुभएको थियो ।
सम्मेलनले थम्मन घर्ती अध्यक्ष रहनुभएको रक्तिम सांस्कृतिक अभियानको पालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुशीला कार्की, सचिवमा लालबहादुर सिँजाली, सहसचिवमा राजेन्द्र शाही र कोषाध्यक्षमा धनकुमारी शाही रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा बेगबहादुर खत्री, मन्सुर बुढा, रमेशविक्रम शाही, कल्पना सुनार, गङ्गाबहादुर छन्त्याल, दानबहादुर विक, लीला घर्ती र विक्रम सिर्पाली रहनुभएको छ ।
