टेकराज भुसाल, बुटवल । बिहीबार बिहानै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अगाडिका सटरहरुमा डोजर चलेको छ । ५ नम्बर प्रदेशको अस्थाई राजधानी बुटवलमा रहेको प्रादेशिक अस्पतालले अस्पतालसँग सटेर रहेका सटरहरुमा डोजर लगाएर भत्काएको हो ।
Advertisement
प्रहरीहरुको बाक्लो उपस्थितीमा कडा सुरक्षाकाबीच विहान ७ बजेदेखि सटर भत्काउने काम सुरु गरिएको हो ।

जिल्ला अदालत रुपन्देहीले आइतबार सटर भत्काउनका लागि बाटो खोलिदिएको थियो । अदालको आदेशसँगै अस्पताल प्रशासनले व्यवसायीहरुलाई सटर खाली गर्नका लागि दिएको ४८ घण्टाको अल्टिमेटम दिएको थियो । अल्टिमेटम बुधबार राति १२ बजे सकिएपछि अस्पतालले बिहीबार बिहानै डोजर चलाएको हो ।
ब्यवसायीहरूले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।