कर्जत (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कर्जत–खोपौलीमा नगर समिति गठन भएको छ ।
एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत खपौली–कर्जतमा रहेका श्रमजीवी नेपालीहरुको भेलाले समिति गठन गरेको हो ।
एकता समाजका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल र केन्द्रीय प्रतिनिधि अनन्त राहाडीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
उपाध्यक्ष पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लक्ष्य, उदेश्य, बिगत इतिहास, आगमी कार्ययोजना र कार्यभार तथा मुलुकको वर्तमान राजनैतिक अवस्थाबारे स्पष्ट पार्दै संघीयता र त्यसले पार्न सक्ने असरबारे प्रवासी नेपालीहरु चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले प्रतिगामी शक्तिहरुको बढ्दो सकृयताले सिमित लोकतन्त्रसमेत गुम्ने अवस्थामा पुगेको बताउनुभयो ।
नेता पौडेलले मुलुकको रक्षासँगै प्रवासीको हकअधिकार, स्वास्थ्य, शिक्षा, सुरक्षाका लागि नेपालीहरु संगठित बन्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जस्तै विश्वभरी अन्तर्राष्ट्रिय नेपाली एकता समाजले नेपालीहरुलाई सचेत बनाउने काम गरिरहेको बताउनुभयो । पौडेलले देशमा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले मात्र राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा राजनीति गरिरहेको स्पष्ट पार्नुभयो।
उहाँले भन्नु भयो–‘हामी सबैले हाम्रो गौरबसाली संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका खेल्न आवस्यक रहेको छ ।’
भेलाले लेखत राहाडीको अध्यक्षताम १३ सदस्यीय कर्जत–खपौली नगर संगठन समिति निर्माण गरिएको छ ।
समितिको उपाध्यक्षमा हेमन्त राहाडी, सचिव सेर राहाडी, सहसचिव होम बहादुर त्रामु र कोषाध्यक्षमा महेन्द्र थापा चयन हुनुभएको छ । सदस्यहरुमा धन बहादुर राहाडी, श्री प्रसाद राहाडी, कैलास त्रामु, बलाराम त्रामु, खिम बहादुर कुँवर, पदम गुरुङ र यम बहादुर सिञ्जापती रहनु भएको छ ।
भेलामा केन्द्रीय प्रतिनिधि अनन्त राहाडिले शुभकामना मन्तब्य राख्नु भएको थियो । लेखत राहाडीको अध्यक्षता, शेरबहादुर राहाडीको सञ्चालन तथा महेन्द्र थापाको स्वागत मन्तब्यबाट कार्यक्रम मम्पन्न भएको थियो ।