अहमदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अहमदाबाद नगर समिति अन्तरगत पर्ने इण्डिया कलौनि ठक्कर नगर एरिया समितिको प्रशिक्षण भेला सम्पन्न भएको छ ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य गोविन्द थापाले मूल प्रवाहको लक्ष्य, उदेश्य र प्रवासी नेपालीहरुको समस्या एवं नेपालमा रोजगारको समस्या बारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम सुरेश नेपालीको सञ्चालन र बिस्नु खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यसैगरि सोही नगर समिति अन्तर्गत पर्ने नरौडा जीआईडीसी एरिया समितिको पनि प्रशिक्षण भेला सम्पन्न भएको छ ।
एन बहादुर रावलको सञ्चालन र दिलिप सोनीको अध्यक्षता सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गोबिन्द थापाले प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरि बन्सि रिंगरोड एरिया समितिमा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राकेस सोनीको सञ्चालन निर्मल सोनीको अध्यक्षता सम्पन्न सो प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य सदस्य गोविन्द थापा, अहमदाबाद नगर सदस्य धमेन्दर लामाले प्रशिक्षण दिनुभएको थियो ।

गोपाल नगर एरिया समिति पुनर्गठन
यसैबीच, अहमदाबाद नगर समिति अन्तरगत पर्ने गोपाल नगर एरिया समितिको भेला सम्पन्न भएको छ । राजकुमार थापाको पहल तथा विक्रम रानाको सञ्चालन एवं रमेश सोनीको अध्यक्षता सम्पन्न भएको सो भेलामा केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र अहमदाबाद नगर अध्यक्ष टेक बहादुर बर्माको उपस्थिति रहेको थियो ।
भेलाले रमेश सोनीको अध्यक्षतामा ११ सदस्यीय गोपाल नगर एरिया समिति पुनर्गठन गरेको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्र कडायत, सचिव अभिषेक ओड, सहसचिव विक्रम राना र कोषाध्यक्षमा अभिषेक सोनी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः भक्त मिजास, धन बहादुर कठायत, रमेश सोनी, सल्लाकारमाः रोशन सोनी र किरण सोनी रहनुभएको छ ।

