काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपाल आएका छन् । गृहमन्त्री इस्माइल बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।
Advertisement
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम छ ।
हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल गर्ने श्रम मन्त्रालयका सहससचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
शुक्रबार बिहान १० बजेदेखि श्रम मन्त्रालयको टोलीसँग यस विषयमा छलफल हुने भएको छ।
मलेसियाली गृहमन्त्री सैफुद्दिनले परराष्ट्रमन्त्री विमला राईसँग भेटवार्ता गर्ने कार्यक्रम रहेपनि राई श्रीलंका गएकाले परराष्ट्रमन्त्रीसँग भने भेट नहुने भएको छ ।