• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भेटिँदैनन् अचेल कुवा र पोखरी


  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित
  • डम्मर बुढामगर, ढोरपाटन ।
    निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे ।

    Advertisement

    पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु परेको छैन ।

    स्थानीयवासीले कुवा र पोखरीको पानी बोक्न छोडेको पनि दशक बितिसक्यो । प्रयोग हुन छोडे पनि पोखरी सुक्खा जमिनमा परिणत भए । गाउँमा जथाभावी सडक निर्माण गर्दा कुवा पनि सुक्दै गए । हराउँदै गए । अहिले यी कुनै पनि गाउँमा कुवा भेटिँदैनन् । पोखरी पनि भेट्टाउन मुस्किल पर्छ । बूढापाकाले पानीको मुहान संरक्षणका लागि पनि पोखरी बनाउने र बाह्रै महिना पोखरीमा पानी हालिराख्थे । तर अहिले कसैले पनि त्यसतर्फ ध्यान दिएको पाइँदैन ।

    ‘अहिले सबैको घरमा धारा बनेका छन्, कसैलाई पनि पोखरी र कुवामा गएर पानी बोक्नु पर्दैन, हुन त अहिले पोखरी र कुवा भेट्टाउन पनि सकिँदैन’, स्थानीय ७९ वर्षीय शेरबहादुर घर्तीले भन्नुभयो, ‘१०÷१२ वर्षअघिसम्म गाउँको धेरै ठाउँमा पानीका मुहान थिए, पोखरीमा भैँसीलाई आहाल खेलाइन्थ्यो, अहिलेको जस्तो धारा थिएनन्, कुवाकै पानी खाएर हामी हुर्किएको हो ।’

    उहाँ विकाससँगै गाउँमा विनाश पनि हुँदै गएको बताउनुहुन्छ । घर्तीमगरले गाउँमा जथाभावीरूपमा खनिएका सडकले पानीको मुहान सुक्नुका साथै कुवा र पोखरी हराएको बताउनुभयो । पछिल्लो समय खानेपानीको मुहान पनि सुक्दै गएकोप्रति घर्तीले दुःख व्यक्त गर्नुभयो । पोखरी मौलिक सम्पदा भएको भन्दै यसको संरक्षणमा अहिलेको पुस्ताको ध्यान नगएको उहाँ बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘पहिलेको जस्तो गाईभैँसीलाई पोखरीमा लगेर पानी खुवाउने चलन हराए, अहिले गाठेमै खानेपानीको पाइप पुगेका छन्, पशुचौपायले पनि सफा पानी पिउन पाएका छन्, गाउँमा पहिलेको जस्तो प्रशस्त पानीको मुहान छैनन्, धेरै ठाउँमा मुहान सुकिसके, पोखरी त कतै बाटोमा परिणत भएका छन् त कतै, बेवारिसे बनेका छन्, कुवा, धारा र पोखरीको संरक्षण गर्दा धर्म संरक्षण हुन्छ, पाप पखालिन्छ भन्थे बूढापाका, अहिले त कसले संरक्षण गर्ने ?’

    अर्का स्थानीय बेलबहादुर क्षेत्रीले यस क्षेत्रमा पछिल्लो समय पानीको मूल सुक्ने समस्या गम्भीररूपमा बढिरहेको बताउनुभयो । परापूर्वकालदेखिका मूल, कुवा, पँधेराको मर्मतसम्भार तथा संरक्षणको विषय स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको उहाँको गुनासो छ । पोखरी संरक्षणबाट पानीको मूललाई जोगाउन भनेर स्थानीय तहले कार्यक्रम बनाउनसके वातावरणमा सुधार आउने क्षेत्रीको भनाइ छ ।

    ‘पहिलेपहिले बाटोघाटोमा धारो बनाउने, पोखरी बनाउने र कुवा संरक्षण गरे पुण्य कमाइन्छ भन्ने प्र्रचलन थियो, त्यसले गर्दा खानेपानीको समस्या हुँदैनथ्यो, जहाँ गयो, त्यहीँ प्रशस्त पानी पाइन्थ्यो, खै अहिले कहाँ छन् ती पोखरी, कुवाहरू ?’ उहाँले भन्नुभयो, ‘यस्ता सम्पदा त गाउँलेले पनि संरक्षण गर्नुपर्ने हो, तर कसैले ध्यान दिँदैनन् ।’

    निसीखोला गाउँपालिका–२ मा कुवा र पोखरीको संरक्षण नगर्दा खानेपानीको समस्या पर्दै आएको छ । स्थानीय कूलबहादुर विकले दुई दशक अगाडि गाउँमा प्रशस्त खानेपानी रहेको स्मरण गर्दै अहिले दैनिक खानेपानीका लागि घण्टौँ धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । यहाँका करिब दुई बीस बढी घर परिवारले आकाशे पानीको भर पर्नु परेको विकले गुनासो पोख्नुभयो ।

    बर्सातको समयमा आकाशे पानी सङ्कलन गरेर हिउँदको आधा समय गुजारा कटाउने गरेको उहाँको भनाइ छ । ‘पहिला हाम्रा बाउबाजेले पानीका मुहानको निकै संरक्षण गर्थे, जहाँ मूल छ, त्यहाँ बार लगाएर राख्थे, रुख बिरुवा रोप्थे तर अहिले, रुख बिरुवा रोप्नेभन्दा बढी काट्न, ढाल्ने छन्, त्यही भएर पनि होला यो गाउँमा खानेपानीको यति धेरै समस्या परेको’, उहाँले भन्नुभयो, ‘बर्खामा घ्याम्पोमा सङ्कलन गरेको पानी डेढ महिना पनि पुग्दैन, लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार नै मच्चिन्छ, दिनभर पानी ओसार्न ठिक्कै हुन्छ, अरु काम त गर्न भ्याइँदैन ।’

    निसीखोला गाउँपालिका परम्परागत कुवा, धारा तथा पोखरी संरक्षणमा जुटेको छ । गत वर्ष एक दर्जन बढी पोखरी निर्माण गरेको गाउँपालिकाले यस वर्ष पनि थप नयाँ निर्माण गर्ने तथा पुराना मर्मत सम्भार गर्ने योजना गरेको सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । उहाँले पानीको मुहान सुक्न थालेपछि गाउँपालिकाले कुरा, पोखरी र ताल संरक्षण गर्ने अभियान चलाउने बताउनुभयो ।

    गौतम भन्नुहुन्छ, ‘गाउँपालिकाले सम्पदा संरक्षणअन्तर्गत कुवा, पोखरी तथा ताल संरक्षणका लागि योजना बनाएको छ, यसलाई अभियान नै बनाएर लाग्ने भन्ने छ, गत वर्ष केही बजेट विनियोजन भएको थियो, त्यसबाट एक दर्जन बढी पोखरी निर्माण भएका छन्, आगामी वर्ष पनि बजेट व्यवस्थापन गरेर संरक्षणमा लाग्ने छौँ ।’रासस

    बुधबार, माघ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.