• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोप हुँदै छ जुनेलो खेती


  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित
  • उदयपुर । जिल्लाको पहाडी क्षेत्रका किसानले परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेती गर्न छाडेका छन् ।

    Advertisement

    विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो ।

    ती क्षेत्रमा पछिल्लो समय फापर र जुनेलो खेती नै हुन छाडेको कृषहरु बताउँदछन् । १२ वर्षअघि सम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको रौता पाँबुका कृषक खम्बबहादुर मगर भन्नुहुन्छ, “केही वर्षअघि सम्म आफूले गाउँमा अरूले बिस्तारै यो खेती छाड्दै लगे, चार वर्षयता आएर म आफूले पनि यो खेती अहिले पूर्ण रुपमा छाडी दिएको छु ।”

    परम्परागत खेती छाड्दै गएको कारण अहिले जुनेलो र फापर उत्पादन हुन छाडेको उहाँ बताउनुहुन्छ । रौता रामेटारमा क्षेत्रमा विगतका वर्षहरुमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन गर्ने र बिक्री गर्ने गरे पनि अहिले जुनेलो खेती कृषकहरुले गर्न छाडेको रामेटारका ६७ वर्षीय सूर्यबहादुर कार्की बताउनुहुन्छ ।

    विगतमा गाउँका एक कृषकले पाँच, सात मुरीसम्म जुनेलो उत्पादन र दुईचार मुरी फापर उत्पादन गरेर वार्षिक २० हजारभन्दा बढीको फापर र जुनेलो बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । घरपरिवारमा बिहान–बेलुकी खाजाका रुपमा प्रयोग हुने र राई मगर, बसोबास गर्ने गाउँघरमा खाजा र जाँडसमेत बनाएर खाने तथा प्रयोग गर्ने गरेको जुनेलोको हिजोआज खेती नै हुन छाडेपछि अहिले खाजा खाने जुनेलो पाउन छाडेको रौता मलबासेका स्थानीयवासी डिकबहादुर मगर बताउनुहुन्छ ।

    जिल्लाको पश्चिमी पहाडी क्षेत्रको भलायाडाँडा, तावाश्री, बाहुनीटार, इनामे क्षेत्रमा विगतका वर्षहरुमा व्यापक रुपमा उत्पादन हुँदै आएको फापर हिजोआज खेती हुन छाडेपछि यसको उत्पादन पनि झन्डै शून्य अवस्था नै हुन पुगेको भलायाडाँडाका स्थानीय कर्णबहादुर अधिकारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विगतमा पम्परागत खेतीको प्रचलन थियो, काम गर्ने जनहरु प्रशस्त हुन्थे, त्यसकारण गाउँघरका पाखाबारीहरुमा फापर उत्पादन हुने गरेको थियो, तर अहिले परम्परागत खेती हराउन थाल्यो, गाउँमा काम गर्ने मान्छे पनि पाउन छाडियो, फापर खेती सबैले छाड्दै लगे ।”

    गाउँघरमा सडक आएपछि तराईमा उत्पादन भएको चामल गाउँमा आइपुग्न थालेको र गाउँको खेतमा पनि धान मकैमात्र खेती हुने गरेको कारण अहिले फापर खेती लोप हुँदै गएको भलायाडाँडाकै अर्का स्थानीय विष्णुप्रसाद काफ्ले बताउनुहुन्छ । विगतमा यस क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी फापर खेती उत्पादन हुने गरेको र बढी फापर उत्पादन हुने क्षेत्रका रुपमा परिचित रहेको काफ्ले बताउनुहुन्छ । तर अहिले गाउँमा एक पाथी फापर किन्नका लागि पाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

    उदयपुरगढी भलायाँडाँडाका ७० वर्षीय यमबहादुर बस्नेत भन्नुहुन्छ, “बूढापाकाहरु बुढा हुँदै गए, हिजोआजका युवाहरुले यो झन्झटिलो खेती गर्न चाहर्दैनन्, बारीमा हलो जोतेर फापर खेती गर्नु पर्छ, हलो जोत्ने मान्छे युवाहरुको पनि अभावको कारण गाउँघरबाट परम्परागत खेती हराउँदै गएको कारण पनि अहिले फापर, जुनेलो जस्ता अन्न बालीहरु लोप हुन थालेको हो ।”

    लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका मकरबहादुर राई गाउँगाउँमा सडक पुग्नु, गाउँका अधिकांश युवा पुस्ताहरु सहरतिर तथा विदेश पलायन हुँदै जाँदा परम्परागत रुपमा उत्पादन हुँदै आएको जुनेलो तथा फापर खेती लोप हुँदै गएको बताउनुहुन्छ । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगर जुनेलो र फापर जस्ता अन्नहरुको खेती प्रवद्र्धन गर्ने नीति लिएको जानकारी दिनुभयो ।

    उदयपुरको रौतामाई, उदयपुर गढी, लिम्चुङबुङ तथा ताप्ली गाउँपालिकाका अधिकांश गाउँघरका खेतबारीमा फापर खेती र पाखा जग्गाहरुमा जुनेलो खेती हुने गरेको थियो ।

    बुधबार, माघ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.