महेन्द्रनगर । अनाथालयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा महाकाली बाल अनाथालय महेन्द्रनगरका प्रमुख शंकर बहादुर चन्द पक्राउ परेका छन्।
Advertisement
अनाथालयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अनाथालयमा बस्ने बालिकासँग चन्दले अनैतिक कुरा गरेको उनीमाथि आरोप छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर घटनाका बारेमा चन्दसँग सोधपुछ गर्ने कार्य भइरहेको जानकारी दिए ।