• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’


  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित
  • काठमाडौं । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ ।

    Advertisement

    इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गरेका हुन् ।

    अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुवै शोको पहिलो अडिसन आइतबार साँझ सम्पन्न भएको हो ।

    अमेरिका र क्यानाडाका गरी गायनमा एक सय ८७ र नृत्यमा ७६ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएका थिए । नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको यो पहिलो अडिसनमध्ये गायन विधामा सर्वाधिक अङ्क ल्याउने १५ प्रतियोगी ‘साइट्लेस अडिसन’का लागि छनोट भएका छन् । उनीहरुबीच काठमाडौँमा प्रतिस्पर्धा हुनेछ ।

    नृत्यका लागि भने अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा फेब्रुअरी ५ मा अर्को अडिसन हुने तय भएको छ । सो अडिसनबाट टप १२ छनोट गरी नेपालको साइटलेस अडिसनका लागि पठाइने आयोजक संस्था फाउण्डेनका अध्यक्ष अधिकारीले जानकारी दिए ।

    मेरो भ्वाइस युनिभर्समा अमेरिकाबाट छानिने १५ उत्कृष्ट प्रतियोगीमा ओहायो राज्यको सिनसिनाटी सहरका टेक दुधराज, टेक्सासबाट मोनरथ तिवारी, कोलम्बसबाट तारा तिवारी, ओहायो पटसकलाबाट सागर सुवेदी, क्लिभल्याण्डबाट मोनी दियाली, पेन्सिलभेनियाबाट जीवन गुरुङ, केन्टकीबाट मन्जु लामा, केन्टकीकै राजेश सुब्बा, न्यू ह्याम्सायरबाट मनिष हुमागाईं, केन्टकीबाट प्रनिम राई, आहायोबाट टेक ढुङ्गेल, एक्रोनबाट किस्सन भुजेल, इरी पेन्सिलभेनियाबाट नैन मगर, भर्मण्ट मोन मगर र योर्क सिटीबाट सिद्धान्त आले छानिएका छन् ।

    अमेरिका र क्यानडाको लागि भ्वाइसमा सङ्गीतकार तथा गायक केशव पौडेल, गायिका नलिना चित्रकार र गायक अर्जुन रसाइली तथा नृत्यका लागि नायक दिलीप रायमाझी, नृत्य प्रशिक्षक शङ्कर विसी र नृत्य प्रशिक्षक नरमान राई निर्णायक मण्डलमा थिए ।

    उद्घाटनका अवसरमा अध्यक्ष अधिकारीले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्नका लागि विश्वस्तरीय प्रथम अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सुरु गर्दा आफूलाई गर्व लागेको बताए ।

    नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेका भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वास राख्ने हरेक नेपालीले आफू रहेकै स्थानमा विश्वभर परिचय बनाउन यी शोहरुले उपयुक्त अवसर दिने उनले बताए ।

    अध्यक्ष अधिकारीका अनुसार, दुवै शोमा प्रथम हुनेलाई जनही रु एक करोड रकम पुरस्कार दिइने छ । उनले यति ठूलो धनराशि पुरस्कार भएको नेपाली रियालिटी शो यो नै पहिलो भएको पनि जानकारी दिए ।

    छरिएर रहेका नेपाली मूलका अर्थात् नेपालीभाषीबीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभालाई जहाँ रहेका भए पनि आफ्नो संस्कृतिमा गर्व गर्नसक्ने अवसर प्रदान गर्न सकियोस् भनेर यी शो आयोजना गरिएको उनको भनाइ थियो ।

    अमेरिकामा गैरनाफामूलक समाजसेवी संस्थाका रुपमा दर्ता भएको यो फाउन्डेशनमा अधिकारीसहित नेपालीभाषी भुटानी युवा व्यवसायी सहभागी छन् । नेपाली भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको अधिकार खोज्दा भुटानबाट लखेटिएर आफ्नौ पितृभूमि नेपालमा शरणार्थी जीवन बिताउनुपरेकाले संसारको जुनसुकै कुनामा जुनसुकैरुपमा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई पुस्तौँसम्म अघि बढाउन सो संस्था लागिपरेको अध्यक्ष अधिकारीले बताए ।

    कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एसोसिएसनका प्रमुख संरक्षक तथा ओहायोस्थित चिकित्सक डा दामोदर पौडेलले प्रवासमा नेपाली कला संस्कृतिको उत्थान र संसारभरका प्रतिभालाई एउटै थलोमा प्रतिस्पर्धाको मौका दिने फाउण्डेसनको कामको सराहना गरे ।

    सो फाउण्डेसनका प्रवक्ता केशव आचार्यका अनुसार, अमेरिका र क्यानडाबाहेक विश्वका अन्य मुलुकका लागि रजिष्ट्रेसनको अन्तिम मिति यही जनवरीको ३१ सम्म राखिएको छ भने युरोपको अडिसन बेल्जियममा फेब्रुअरी ११ र १२ मा हुनेछ । उनले सबै प्रतियोगी नेपाली मूलका हुनु अनिवार्य रहेको र प्रतियोगी नेपालीभाषी हुनुपर्ने पनि जानकारी दिए ।

    फाउण्डेसनले दुवै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ वर्ष पुगेको हुनुपर्ने, अडिसनको समयमा अडिसनस्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने, दुवै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट सुरुआत गरिने र प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ व्यक्तित्व एवं कलाकारको सम्मान गरिने पनि जानकारी दिए ।

    अडिसनबाट छनोटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्याण्ड, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्सको दुबई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने र टप ४० भित्र पर्ने प्रतियोगीका लागि खाना र होटल खर्चको व्यवस्था गरिने र नेपाल र भारतबाहेकका अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिस्पर्धीका लागि आवासको व्यवस्था पनि गरिने आयोजकले जनाएका छन् । रासस

    सोमबार, माघ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.