• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

धनकुटा महोत्सव भागदौड घटना : ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’– रुशा राई


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • देवेन्द्र कार्की,धरान ।
    शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो ।

    Advertisement

    गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड निन्त्रण गर्न हम्मे भयो । तर्साउन प्रहरीले लाठी चार्ज ग-यो । भीड झन् आक्रोशित हुँदै गेटतिर बढ्यो । अगाडिको समस्या पछाडिका मान्छेलाई थाहा थिएन । पछाडिबाट भीडले ठेल्दै ल्याउँदा अगाडि रहेका मान्छे च्यापिएर घाइते भए ।

    उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको धनकुटा महोत्सवको आठौँ दिनको दृश्य हो । भीड नियन्त्रण गर्न नसक्दा भएको भागदौडमा बालबालिकासहित ३१ जना घाइते भएका छन् । सोह्र जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ । सोह्रमध्ये नौ जनाको हाल पनि उपचार भइरहेको छ भने अन्यलाई उपचारपछि घर पठाइएको छ ।

    धनकुटा–५ का विष्णु राईका छ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेका करिब तीन वर्षीय बच्चालाई विराटनगर लगिएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि विराटनगर लगिएको हो । उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य भने स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

    धनकुटा–७ अस्पताल अगाडिकी रुशा राई परिवारसहित महोत्सव जानुभएको थियो । उहाँकी २२ वर्षीया बहिनी अनिशा राई साथीहरूसँग एक घण्टा अगाडि महोत्सव जानुभएको थियो । उक्त समयमा अगाडि रहेकी अनिशालाई अचेत अवस्थामा भीडमा परिवारले भेटे । रुशा र उहाँका बुबा प्रदीप भीड छिचोल्दै भित्तामा छेउ लागेर बालबाल बचेको सुनाउनुहुन्छ । ‘एक मिनेट हामी ढिला गरेका भए हामी सबैको हालत उस्तै हुने थियो । भित्तामा छेउ लागेर बच्यौँ । कसरी यस्तो अवस्था भयो केही थाहा भएन । हामी कसरी बच्यौँ थाहा छैन । भीडबाट बहिनीलाई खोज्दै गर्दा बेहोस अवस्थामा लडेको भेटेर बाहिर निकाल्यौँ’, रुशाले भन्नुभयो ।

    शनिबार राति उपचारका लागि धरान ल्याइएकी अनिशाकी दिदी–बहिनी प्रतिष्ठानमा उपचाररत् हुनुहुन्छ । बहिनीको आज बिहानमात्र होस खुलेको उहाँले बताउनुभयो । अनिशाको अनुहार पूरै कालो भएको छ । पानी पेट र ढाड दुखिरहेको उहाँले बताउनुभयो । अनिशासँगै अन्य आठ जनाको बिपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

    उपचारका क्रममा चिकित्सकले समय नदिएको उनीहरूको गुनासो छ । आयोजक संस्थाबाट आइतबार बिहान आएर बिरामीको अवस्था बुझे पनि उपचारका लागि अस्पतालसँग कुनै कुरा नगरेको रुशाले गुनासो गर्नुभयो । ‘बहिनीको १२ जना साथी थिए, उनीहरू सबै बचेछन् तर बहिनी भने भीडमा च्यापिएर घाइते अवस्थामा भेट्यौँ’, बिपी प्रतिष्ठानमा रहनुभएकी रुशाले भन्नुभयो, ‘धन्य १ समयमा भेटेर बहिनीलाई बचाउन सफल भयौँ । एकछिन नभेटेको भए बहिनीलाई कुल्चिएर भीडले मार्ने थियो ।’

    प्रतिष्ठानस्थित प्रहरी पोष्टका प्रहरी जवान रुपेशकुमार यादवका अनुसार नौ जनाको उपचार भइरहेको र घाइतेको अवस्था सुधारोन्मुख छ । चौध वर्षमुनिका सबै डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

    यसैबीच उद्योग वाणिज्य सङ्घ धनकुटाले आइतबार साँझ नै पत्रकार सम्मेलन गरी घटना र घाइतेको अवस्थाबारे जानकारी गराएको छ । घटनाप्रति दुःखसमेत व्यक्त गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले पनि घाइतेलाई प्रतिष्ठानमा पुगेर भेट्नुभएको छ ।

    धनकुटामा यही माघ ६ गतेदेखि चलेको महोत्सवमा शनिबार साँझ गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुती राखिएको थियो । उक्त प्रस्तुती हेर्न पुगेका दर्शकको भीड नियन्त्रणभन्दा बाहिर गएपछि भागदौड मच्चिएको थियो । गायक खरेलेको प्रस्तुतिभन्दा पनि धेरैले स्कुटी उपहार रहेको हाउजिङको टिकट काटेका कारण भीड अत्यधिक भएको आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो । मैदानको क्षमताभन्दा बढी मानिस भेला भएका थिए । गेटबाटभित्र छिरेपछि घटना भएको भए झन् बढी क्षति हुने उहाँको भनाइ छ ।रासस

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.