काठमाडौँ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) आगामी चैत १७ देखि २९ गतेसम्म हुने भएको छ ।
Advertisement
राष्ट्रिय परीक्षा बोर्डको २०७९ माघ ११ गतेको बैठकले सो कार्यतालिका तय गरेको हो ।
तालिकाअनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।
