अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको छ । कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित ४० वर्षीय धामीको हत्या गरेर फालिएको अवस्थामा क्षतविच्छद शव फेला परेको हो ।
Advertisement
धामीको घर पञ्चदेवलको बजारमा पर्छ। शव भने घरदेखि केही टाढा वडा नम्बर २ कै गैरीगाउँको एक गोठमा फेला परेको प्रहरीले जनाएको छ ।
हत्या कसले र किन गर्यो खुलेको छैन । धामीको शव मंगलवार विहान फेला परेको हो। उनको राति नै हत्या भएको आशंका स्थानीयले गरेका छन् । घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान सुरु गरेको छ ।
धामी तत्कालिन नेकपा एमालेका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए। धामी शिक्षक पेशाबाट राजीनामा आएका हुन् ।

