• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पदको लागि प्रचण्ड प्रतिगामीको क्याम्पमा सामेल भए : सांसद विक


  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय सभाका सांसद राजेश विकले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको लागि प्रतिगामीहरुसँग साँठगाँठ गरेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    प्रतिशील पत्रकार संघ, नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता विकले प्रतिगमनको खतरा अहिले झन् बढेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी ओली, राप्रपा र भारत नेपालमा हिन्दु राज्य र राजा फर्काउने प्रयत्नमा रहेको बताउनुभयो ।

    ‘अहिले प्रतिगमनको खतरा झन् बढेको छ । ओली, राप्रपा र भारतको मोदी सरकार नेपालमा हिन्दु राज्य र राजतन्त्र पुनर्स्थापना गर्ने प्रयासमा छन्’ विकले भन्नुभयो, ‘अहिले प्रचण्डसमेत पदको लागि प्रतिगामीसँग साँठसाँठ गर्न पुगेका छन् ।’

    सांसद विकले राष्ट्रियता खतरामा पर्दै गएकोतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले संसदमा अमेरिकी साम्राज्यवादले आफ्ना कठपुतली खडा गरेको आरोप पनि लगाउनुभयो ।

    ‘पहिला भारतले मात्रै आफ्नो पक्षमा काम गर्ने दल खडा गर्ने गर्थ्यो । अहिले त अमेरिकाले पनि कठपुतली खडा गरेको छ’ सांसद विकले भन्नुभयो, ‘यसले गर्दा चीनले पनि नेपालमाथि चासो र प्रभाव बढाउँदै लगेको छ । नेपालको संसद भारती, अमेरिकी र चिनियाँ साम्राज्यवादी प्रतिस्पर्धा गर्ने अखडा बनेको छ ।’

    उहाँले ठूला भनिने दलहरु पदको लागि राष्ट्रियतामाथिको सौदाबाजी गर्न एकै ठाउँमा पुग्ने गरेको पनि स्मरण गर्नुभयो ।

    विगतमा एमसीसी, एसपीपी, नागरिकता विधेयकलगायतका राष्ट्रघाती विषय संसदमा प्रवेश गर्दा प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चासहित केही दलका सिमित सांसद र राष्ट्रिय सभामा आफू एक्लै परेको पनि बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्वसचिव कृष्ण अधिकारीले राजनीतिमा मूल्य र सिद्धान्तहिनताले प्रसय पाइरहेका बेला राष्ट्रिय जनमोर्चा सानो संख्या भएपनि निरन्तर जनताको पक्षमा आवाज बुलन्द गरिरहेको बताउनुभयो ।

    उहाँले राजनीतिक दल र नेताहरुले गतिविधि जनताले ‘लाइभ’ हेरिरहेको बताउनुभयो ।

    ‘नेताहरु पदको लागि कसरी अर्काको दलाली गर्छन्, घृणास्पद काम गर्छन् भन्ने कुरा जनताले ‘लाइभ’ हेरिरहेका छन्’ अधिकारीले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चा मात्रै आफ्ना नीति, सिद्धान्त र मूल्य मान्यताबाट विचलित भएको छैन । सानो संख्यामा भएपनि संसद र सडकबाट जनताका आवाज बोलिरहेको छ ।’

    नेता अधिकारीले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई धारेहात लगाउँदै बाहिरिएकाहरु कसैले पनि जनताको पक्षमा काम गर्न नसकेको बरु एक पछि अर्को गर्दै विभिन्न शक्तिकेन्द्रहरुको दलाली गरिरहेको पनि आरोप लगाउनुभयो ।

    प्रगतिशील पत्रकार संघको राष्ट्रिय सम्मेलन चैत २४ देखि

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.