• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ईश्वरी न्यौपानेलाई समर्थन गर्दै केसीले सुनाउनुभयो सात भाइको कथा


  •   बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सात भाइको कथा सुनाउनुभएको छ ।

    Advertisement

    सभामुखको निर्वाचनका लागि बसेको प्रतिनिधि सभामा आफ्ना धारणा राख्दै केसीले दलहरुको सत्तालोलुप प्रवृतिले देश कसरी बर्बाद भइरहेको छ भन्ने स्पष्ट पार्न रोचक कथा प्रस्तु्त गर्नुभएको हो ।

    सात भाइले हलोका लागि रुख काट्दा रुखसँगै आफूहरु पनि भीरबाट खसेको कथा भन्दै केसीले विपक्षीमा बस्छु भनेको कांग्रेसले किन सरकारलाई समर्थन गर्न सकेन? भनि प्रश्न पनि गर्नुभयो ।

    केसीले संसदमा सुनाएको कथा यस्तो थियो–
    कुनै ठाउँमा सात भाइले हलोका लागि भीरको रुख काट्ने सल्लाह गरेछन्। पाँच भाइ फेदतिर बसेर रुख काट्न थाले। रुख भीरबाट तल नखसोस् भनेर दुई भाइले टुप्पामा रसीले बाँधे र रसी कम्मरमा कसे। रुख काटिएपछि रुखको फेदसँगै पाँच भाइ पनि भीरबाट खसे । त्यसपछि फेदको राम्रा राम्रा दार पाँच भाइले मात्रै बाँड्ने भए भनेर माथिका दुई भाइ पनि हाम फालेछन् ।

    केसीले अहिले देशको हालत ठ्याक्कै यस्तै भएको भन्दै सरकार गठन गर्नुअघि ठूला ठूला कुरा गर्ने राजनीतिक दलले सत्ताका लागि जो सँग जस्तो पनि सम्झौता गरेको भन्दै कटाक्ष गर्नुभयो । उनले सरकारमा भएका मन्त्रीहरुको रेकर्ड कस्तो छ भन्दै प्रश्न पनि गर्नुभयो ।

    ‘गृहमन्त्रीको रेकर्ड के छ? सहरी विकास मन्त्रीको रेकर्ड के छ?’ केसीले भन्नुभयो, ‘राजनीतिक दलको यिनै कमजोरीको फाइदा उठाएर विदेशीले आफ्नो अनुकुल खेलाउने दाउ हेरिराखेको छ।’

    अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले सभामुखका उम्मेदवारमा ईश्वरी न्यौपानेलाई समर्थन गर्ने पनि स्पष्ट पार्नुभयो ।
    अध्यक्ष केसीले कांग्रेस उम्मेदवार न्यौपानेलाई ‘छातीमा ढुंगा राखेर’ समर्थन गर्नुपरेको बताउनुभयो ।

    ‘आज हामीहरुले सभामुखको निर्वाचन गर्दैछौं । यस भन्दा अघि सभामुखको निर्वाचन गरेको अनुभव पनि हामीसँग छ । यस पटक पहिलेपहिले भन्दा संसदको तस्वीर असाध्य डरलाग्दो देखिएको छ । किनभने संसदमा सत्तापक्ष हुन्छ । प्रतिपक्ष हुन्छ । हामीले संसदीय प्रणाली नेपालमा पनि देख्दै आएको हौं । र, अन्त पनि देख्दै आएका छौं । यहाँ त के भयो भने हलो काटन भनेर सात भाई वन गएका थिए बन्चरो लिएर । हलो काटने रुख रहेछ । के विचार गरेछन भने यो रुखलाई ढलेर तल भयो भने काठ सबै काम लाग्दैन । त्यसो भएर २ भाईले चाँही डोरी कम्मरमा बाँधेर रुख माथि तान्ने, पाँच भाईले फेद काटने । त्यसो भएपछि रुख तल जान्न । र, हलो चाँही सग्लासग्ली बाँडन पाईन्छ भनेर निर्णय गरेछन । ५ भाई फेदमा गएर गिँडन थालेछन । दुई भाई त्यत्रो रुख तान्न बसेको त रुख त गड्याम्म झ-यो तल । ५ भाई चाँही गईहाले रुखसित । अनि माथि जेब्राले बाँधेर बसेका पनि के भएछ रे भने हामीले हलो काटने, यिनीहरु राम्राराम्रा दार रोज्न यिनीहरु पो गए भनेर ती २ भाई पनि गएछन हेर्नुस । त्यस्तै भयो अहिले । प्रधानमन्त्री चुनावमा देखिएको यो नाटक त्यही हलो काटन गएका सात भाईको हविगत मैले देखे । सरकार बन्नुभन्दा पहिले ठूलाठूला कुरा गरेका साथीहरु सरकार बनेपछिको कसकसको कस्तो, कस्तो रेकर्ड आएको छ । हेर्नुस्त, गृहमन्त्रीको के छ रेकर्ड ? सहरी विकास मन्त्रीको के छ रेकर्ड ? विभिन्न मन्त्रीहरुको हेर्नुस्त रेकर्ड के–के छन ? कसरी आई राखेको छ । त्यसो हुनाले अहिले मुलुक एउटा अप्ठ्यारो संकटमा छ । त्यो चाँही सत्ताको लागि सिद्धान्तको कुरा पनि नहुने, इमानजमानको कुरा पनि नहुने, जनतासँग कवुल गरेको कुरा पनि पालना गर्न नपर्ने र विशुद्ध सत्ता र सत्ताका लागि जोसँग पनि शरण पर्ने, जोसँग पनि सामेल हुने । त्यसो हुनाले अहिलेको यो लोकतन्त्र छ, गणतन्त्र छ । यो अत्यन्त धरापमा परेको देखिएको छ । यसलाई बचाउन अत्यन्तै गाह्रो छ । यो मौका छोपेर शक्ति केन्द्रहरुले आफूले चाहेको खेल चाँही नेपालमा खेल्ने छन भोली । त्यसो हुनाले अव कुरा गरौं भने साथीहरुको चित्त फाट्ला । अहिले जो देखियो सरकारको तस्वीर । साथीहरुले यहाँ पेश गर्नु भएको छ । त्यो तस्वीरले के गर्छ भने त्यही हलोको रुख तल झरेपछि हलो रोज्न गएको स्थिति मुलुकको देखिएको छ । त्यसो हुनाले आजको यो सभामुखको चुनावमा धेरै साथीहरुले धेरै कुरा गर्नु भयो । प्रजातन्त्रको दुनिया पाठ पढाउनु भयो । विगतका सभामुखज्यूहरुको पनि कुराहरु गर्नु भयो । पहिले भन्दा यस पालीको संसदको वनावट, संसदीय प्रक्रिया, सरकार बनेको प्रक्रिया, सरकारमा सामेल भएका साथीहरुको विगत र वर्तमानले के देखाउँछ भने हामी झनझन अप्ठ्यारो स्थितिमा गएका छौं । यो किन भइराखेको छ भन्दाखेरी हामीले राणाशासनको विरुद्धमा, पञ्चायती शासनको विरुद्धमा, राजतन्त्रका विरुद्धमा हामी लड्यौं । तर यो उपलब्धि जुन हामीले ल्यायौं । यसलाई हामीले संस्थागत गर्न सकेनौं । हामीले अव बेकम्मा भयौं । सर्वसाधारण जनताको अगाडि पनि यी गणतन्त्रका लागि लडेका, पञ्चायती व्यवस्थाको विरुद्धमा लडेका, यी सबै नालायक भईसके । अव नयाँ नयाँ मान्छे आउनुपर्छ भनेर हल्ला भईराखेको थियो । नयाँ आउने वित्तिकै नयाँ को त देखि हालियो तस्वीर । फेदमा बस्ने पनि त्यो स्थिति । रुख तान्न बस्नेको पनि त्यो स्थिति । जे भएपनि राष्ट्रिय जनमोर्चाले अहिले पनि प्रतिगमन सच्चिएको छ भन्ने मुलुकमा भन्ने पक्षमा छैन । त्यसो भएर जुन पहिलेको गठबन्धन छ । पहिलेको गठबन्धन मध्येको नेपाली काँग्रेसले आफूलाई प्रतिपक्ष भनिरहेको छ । उसलाई चाँही प्रतिपक्ष नै भएर सरकारलाई समर्थन नगरी किन बस्न सकेन ? किन सकेन भने अघि गएकाल हलो त रोज्छन सोझासोझा भनेर ऊ पनि सामेल भयो । यो स्थितिमा जे भएपनि जस्तो भएपनि छातीमा मुड्कीले हानेर ईश्वरी न्यौपानेजीलाई राष्ट्रिय जनमोर्चाले सहयोग गर्छ ।’

    बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.