• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ठूला सञ्चारगृहका श्रमजीवी पत्रकार नै मर्कामा


  •   आइतबार, माघ १९, २०७६ मा प्रकाशित
  • काठमाडौं । “तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता”, एक निजी टेलिभिजनमा कार्यरत एक श्रमजीवी पत्रकारले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “आफूले काम गरेको क्षेत्र र संस्थाबारे नकारात्मक बोल्दा अप्ठ्यारो लाग्छ तर नियमित तलब नपाउँदा घर खर्च चलाउन कठिन भइसकेको छ ।”

    Advertisement

    सञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धिसँगै पत्रकारले रोजगारी पाउन सहजता त भएको छ तर कानूनले तोकेअनुसारको सेवा, सुविधा र शर्तको पालना नहुँदा व्यवस्थापन र श्रमजीवी पत्रकारबीच विभिन्न संस्थामा किचलो हुनेक्रम रोकिएको छैन । समयमा तलब नपाएपछि कतिपय सञ्चामाध्यमका पत्रकारले सार्वजनिकरुपमा आवाज उठाउन थालेका छन् । कतिपयले कानूनी उपचारको बाटो पनि लिएका छन् ।

    ‘नागरिक’ दैनिकमा कार्यरत पत्रकारले केन्द्रका पत्रकारको तीन महिना र जिल्ला समाचारदाताको १० महिनासम्मको तलब तथा पारिश्रमिक नपाएको भनी नौजना पत्रकारले यही माघ १६ गते नेपाल रिपब्लिका मिडिया प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशकलाई दिएको ध्यानाकर्षणपत्र सार्वजनिक भएपछि ठूला सञ्चारगृहभित्र श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन २०६४) को कार्यान्वयनको दुरावस्था झल्काएको छ । सो दैनिकका सम्पादक गुणराज लुईंटलले यसबारे आफूले प्रतिक्रिया नदिने जनाउनुभयो भने सम्बन्धित व्यवस्थापन पक्षसँग सम्पर्क हुन सकेन ।

    सरकारले ऐनबमोजिम गठित न्यूनतम् पारिश्रमिक निर्धारण समितिको सिफासिरका आधारमा गत वर्ष श्रमजीवी पत्रकारको विद्यमान तलबमानमा २५ प्रतिशत वृद्धि गरी सोबारे नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको थियो । ‘कारोबार’ दैनिकमा कार्यरत केही पत्रकारले विगतमा भएको सहमतिअनुसार सेवा, सुविधा वृद्धि नगरिएकामा सङ्घर्ष समिति नै गठन गरेर आवाज उठाउँदै आएका छन् ।

    त्यहाँ कार्यरत पत्रकार धर्मेन्द्र कर्णले सरकारले वृद्धि गरेअनुसार सेवा सुविधा वृद्धिलगायतमा विगतको आन्दोलनको सहमतिअनुसार यो सातामा सल्टाउने भनिएकामा कार्यान्वयन नभएको र आफूहरु संवादका क्रममा रहेका बताए । कारोवार दैनिक सञ्चालन गरिरहेको टिबिआई प्रकाशनका प्रशासन प्रमुख भरत चन्दले विगतको सहमती कार्यान्वयनको पक्रियामा रहेको र संस्थाको विनियमावली संशोधनपछि समस्या समाधान हुने बताए ।

    श्रमजीवी पत्रकारका यस्ता समस्याबारे प्रेस रजिष्ट्रार मानिने सूचना तथा प्रसारण विभागमा उजुरी दिने र अनुगमनमा कमजोरी भेटिए सरकारले दिने सुविधाबाट त्यस सञ्चारमाध्यमलाई वञ्चित गरिने सरकारी नीति छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनबारे विभागले अनुगमन गर्ने र उजुरी आएमा कारवाही गर्ने गरेको बताए ।

    विभागका प्रवक्ता ध्रुवकुमार पोखरेलले आफूहरुले ठूला सञ्चार गृहका श्रमजीवी पत्रकारले त्यहाँका सेवा, सुविधानका समस्याबारे उजुरी दिन थालेका भन्दै त्यसरी आएमा व्यवस्थापन पक्षलाई बोलाएर ध्यानाकर्षण गराइने जनाए । उनले त्यसबाट समाधान नभएमा पीडित पक्षलाई पाएमा श्रम अदालतमा जाने अवसर हुने उल्लेख गर्नुभयो । उनका अनुसार ठूला मिडियाका बारेमा तलब नियमित नदिइएको, नियुक्तिपत्र नदिइएको, श्रमजीवी पत्रकार ऐनबमोजिमका सुविधा नदिइएको भनी उजुरी आउनेक्रम जारी छ ।

    विभागले विसं २०७५ मङ्सिर १८ मा न्यूनतम्। पारिश्रमिक कार्यान्वयन सम्बन्धमा २०७५ कात्तिक १ गतेदेखि २५ प्रतिशतसम्म वृद्धि गरिएको पारिश्रमिक लागू गर्न र बैंक खातामार्फत भुक्तानी दिन सबै सञ्चारमाध्यमलाई आग्रह गरेको थियो । सरकारी स्वामित्वका सञ्चारमाध्यमले उक्त निर्देशनलाई पहिलो चरणमै लागू गरेको पाइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश कमिटीका अध्यक्ष शेखर अधिकारीले अधिकांश ठूला सञ्चारगृह र टेलिभिजनमा श्रमजीवी पत्रकारले नियमित तलब नपाएको र कानूनबमोजिमको सुविधा नपाएको पाइएकाले व्यवस्थापन पक्ष गम्भीर हुनुपर्ने बताए ।

    ऐनले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकारप्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाइ पारिश्रमिक लिइ सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्तिलाई श्रमजीवी पत्रकारका रुपमा व्याख्या गरेको छ । यसमा सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिङ्गर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, वेभ डिजाइनर, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरामेन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता पत्रकारिता पेशासँग सम्बन्धित व्यक्ति पनि पर्छन् ।

    ऐनबमोजिम श्रमजीवी पत्रकारले पाउनुपर्ने कुनै सुविधा वा रकम सञ्चार प्रतिष्ठानबाट नपाएमा वा व्यवस्थापकले यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम बमोजिमको कुनै काम नगर्दा कुनै श्रमजीवी पत्रकारलाई मर्कापरेमा त्यस्तो श्रमजीवी पत्रकारले पैँतीस दिनभित्र प्रेस रजिष्ट्रारसमक्ष उजुरी गर्नसक्ने व्यवस्था गरेको छ । उजुरी मनासिव ठहरेमा प्रेस रजिष्ट्रारले उजुरवालाको मागबमोजिमको कुनै सुविधा वा रकम वा अन्य कार्य सम्बन्धित सञ्चार प्रतिष्ठानबाट दिन वा गर्न लगाई जानीजानी दिनुपर्ने सुविधा वा रकम नदिएको वा गर्नुपर्ने काम नगरेको देखिएमा त्यस्तो व्यवस्थापकलाई रु एक हजारदेखि दुई हजारसम्म जरिवाना गर्न सक्नेछ ।

    आइतबार, माघ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.