• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

१३ करोडको इशा अवार्ड पाएका डा. रुइत भन्छन्ः राष्ट्रपति पद मेरो लागि होइन


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • कठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताउनुभएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो ।

    Advertisement

    उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताउनु भयो ।

    उहाँले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरु रहेको पनि बताउनु भयो । हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उहाँले आज पत्रकार सम्मेलन गर्नुभएको थियो । इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।

    डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताउनु भयो । उहाँले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इशा अवार्डलाई हेरेको बताउनु भयो । उहाँले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताउनु भयो । उहाँले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर बिस्तार गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘यस्तो खालको एउटा ग्लोवल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो । संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्नेकुरा थाहा भयो र नेपालीहरुको आत्मसम्मान, प्रतिष्ठा जुन अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ त्यसलाई बचाउन धेरै ठूलो सहयोग गरेको छ । यो जीवनकै कमाइ हो । यो जिन्दगीको तपस्याको फल हो । यही कुरा विदेशीले भन्दा नेपालीले दुई,तीन गुणा बढी मेहनत गर्नुपर्छ । मैले पहिला पनि पाउँथे होला यस्तो तर नेपाली भएको हुनाले समय लाग्यो । यो राज्यले बुझ्नुपर्ने कुरा हो की यो अवार्डले नेपालको आत्मसम्मान र चिनारीलाई कति माथि लगेको छ भन्ने । म राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु । हामीले अझैपनि नेपालमा पहुँच नपुगेका ठाउँमा धेरै ठाउँमा छ, त्यहाँ आँखाको क्षेत्रमा पहुँच बिस्तार गर्नुपर्छ । राज्यले स्वास्थ्यको क्षेत्रलाई धेरै बिस्तार गर्न आवश्यक छ । तिलगंगा आँखा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय इन्स्टिच्युशन बनाउनुपर्छ ।’

    डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी लिन्छ भन्नेकुरा नियालीरहेको पनि बताउनु भयो ।
    मंगलबार ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले डा. रुइतलाई १० लाख अमेरिकी डलर (नेपाली १३ करोड रुपैयाँबराबर) को अवार्ड प्रदान गर्ने घोषणा गरेको हो।

    डा. रुइत नेपाललगायत अन्य देशका एक लाख ८० हजारभन्दा बढीको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेर ज्योति दिन सफल नेत्र विशेषज्ञका रुपमा विश्वमाझ परिचित छन्।

    उक्त अवार्डका लागि यस वर्ष १३९ व्यक्ति तथा संस्था छनोटमा परेका थिए। तीमध्ये निर्णायकहरूले डा. रुइतलाई अवार्डका लागि योग्य छनोट गरेका हुन्।

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.