• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नेपालको चुनावमा अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गर्‍यो


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • २६ डिसेम्बर २०२२ मा धेरैलाई आश्चर्यमा पार्दै नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्ष प्रचण्ड भनेर चिनिने पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री निर्वाचित भए । यो २०२२ नोभेम्बर २० मा भएको राष्ट्रिय चुनावमा आधारित थियो, जबकी माओवादी–केन्द्र ३२ सीट (गत चुनावको तुलनामा २१ सीट कम) सहित तेस्रो पार्टी बनेको थियो । प्रधानमन्त्री बन्नका लागि दाहालले चुनाव लडेको गठबन्धनलाई आश्चर्यजनक रूपमा तोडिदिए । उनलाई सात दल र तीन स्वतन्त्र उम्मेदवारको गठबन्धनले बहुमत सुनिश्चित गरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री बनायो ।

    Advertisement

    नेपालमा इमानदार क्रान्तिकारी शक्तिहरुलाई हाम्रो समर्थन रहन्छ, जसले नेपाली जनताको हित, सामाजिक सरोकार, लोकतान्त्रिक अधिकार र राष्ट्रिय सार्वभौमसत्ताको लागि जनतालाई स्वतन्त्र र स्वायत्त रूपमा संगठित गर्छन् । यदि हामीले यो नयाँ गठबन्धनलाई नजिकबाट नियाल्यौं भने, आफूलाई मार्क्सवादी–लेनिनवादी भनाउने पार्टीहरूले जालसाजीपूर्ण तरिकाले जनतालाई भ्रममा पारेका छन् । यो जालसाजीबाट जनतालाई आफ्नो मुक्तिको बाटो खोज्ने अधिकार छ ।

    चीन, अमेरिका र भारतले प्रचण्डलाई उनको पदको लागि सबैभन्दा पहिले बधाई दिएका थिए । यी तीन साम्राज्यवादी देश हुन् जो नेपालमाथि प्रभाव पार्ने एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । यसले नेपालमा राजनीतिक अस्थिरता र साम्राज्यवादीहरुको प्रभाव विस्तारको संघर्ष भइरहने देखाउँछ ।

    आईसीओआरको सदस्य संगठन नेकपा (मसाल) ले निर्वाचनमा आफ्नो एक सिट जोगाउन सफल भयो । नेकपा (मसाल) ले फासीवाद र साम्राज्यवाद विरोधी मोर्चा निर्माणको प्रयासर गरिरहेको छ । नेपालमा राजतन्त्र पुनर्स्थापनाको खतरा विरुद्ध मसालले संयुक्त मोर्चाको नीति अपनाएको छ । यो ध्यान दिनु पर्छ कि राजा र उनको समूहले दरबार छोडे, तर देश कहिल्यै छोडेनन् । नेकपा (मसाल)ले नेपाली भूभाग लिपुलेक र कालापानी सीमा क्षेत्र कब्जा गर्ने भारतीय साम्राज्यवादको पनि आलोचना गर्दछ।

    नेकपा (मसाल) राष्ट्रियता, स्वाभिमान र गणतन्त्रको रक्षाका लागि कांग्रेस नेतृत्वको पाँचदलीय मोर्चामा सामेल थियो। अहिले प्रचण्डले छोडेपछि गठबन्धन तोडिएको छ। मसालले सधैं आफ्नो स्वतन्त्रता कायम भने राखिआएको छ। यीनै सिद्दान्तलाई टेकेर र कम्युनिस्टविरोधी हुन्डरी चलिरहेका बेला मसालकी सांसद दुर्गा पौडेलले आम जनताका पक्षमा विगतमा संसदमा मत दिएकी थिइन्। बुर्जवा कांग्रेस पार्टीको एकातिर भारतसँग झुकाव छ भने अर्कोतिर अहिलेको सरकारमा हिन्दूवादी फासिस्ट पनि छन्। यस्तो बेलामा मसालले आफूलाई स्वाभिमानका पक्षमा उभ्याइरहेको छ।

    त्यसोभए नयाँ गठबन्धनमा को को छन् त ? तथाकथित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, जसले निरंकुश शैलीमा २०२१ मा संसद विघटन गर्न खोजेका थिए र त्यसै कारण पदबाट अपदस्थ पनि भए । रवि लामिछाने नेतृत्वको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जुन २०२२ मा मात्रै स्थापना भएको थियो । रवि लामिछाने सन् २००७ देखि कम्तिमा २०१७ सम्म पत्रकार र अमेरिकी नागरिक थिए। भ्रष्टाचारको विरोध गर्ने आफ्नो दाबीका साथ, उनले विशेष गरी युवा नेपालीहरूमाझ मत प्राप्त गरे । यो पार्टीले पहिलो प्रयासमै २० सिट जितेको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहका अनुसार यो पार्टी राष्ट्रवादी अमेरिकी फ्रिडम पार्टीसँग जोडिएको छ, दुवैको प्रतीकको रूपमा घण्टी छ ।

    यो पार्टीले क्रिस्चियन जनमतलाई आफ्नो आधार बनाएको छ, जुन मुख्यतया अमेरिकी मिसनरीहरूद्वारा प्रायोजित छ । ‘यो चुनावमा अमेरिकाको प्रत्यक्ष हस्तक्षेपको उदाहरण हो’ एमबी सिंहले एक अन्तर्वार्तामा भन्नुभएको छ ।

    गठबन्धनमा राजतन्त्र समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी पनि छ, जसले हिन्दू राज्य र राजाको पुनर्स्थापनाको वकालत गर्छ । मधेशीहरूको पृथकतावादी आन्दोलनलाई समर्थन गर्ने अन्य साना दलहरू पनि छन् । त्यसैले भारत र संयुक्त राज्य अमेरिकाका फासीवादी प्रधानमन्त्री मोदी यस दक्षिणपन्थी सरकारका पहिलो शुभचिन्तकहरूमध्ये हुनुमा कुनै आश्चर्य छैन । उनीहरुले यस सत्ता गठबन्धनबाट नेपालको राजनीतिमा आफ्नो प्रभाव विस्तार गरेका छन् ।

    प्रचण्ड आफैंले चीनको स्वार्थलाई कसरी पछ्याउने छन्, त्यो भने हेर्न बाँकी छ । सत्तामा आउनका लागि यी प्रतिक्रियावादी शक्तिहरूसँग गठबन्धन गर्नु उनको अतुलनीय अवसरवाद हो ।

    नेपालमा सन् २००६ सम्मको जनआन्दोलनपूर्वका नेता सत्ताको भोको राजनीतिज्ञ बनेका छन् जसले जनताको हितविरुद्ध आफूले पहिले लडेकाहरूसँग सम्झौता गर्दैछन् । नेकपा माओवादी केन्द्रले २१ सिट, नेकपा एमालेले ४३ सिट र सबैभन्दा ठूलो मधेसी पार्टीले २२ सिट गुमाएको तथ्यबाट जनताले वामपन्थी भेषका यो भ्रष्ट राजनीति चाहँदैनन् भन्ने कुरा प्रष्ट हुन्छ । नेपालमा वामपन्थी मतदाता ५८ प्रतिशत थिए ।

    चुनावी नतिजाको लागि धेरै महत्त्वपूर्ण कुरा यो पनि छ कि, अन्य देशहरूमा आप्रवासीको रूपमा काम गर्ने अधिकांश नेपाली श्रमिक वर्गले चुनावमा भाग लिन पाएका छैनन् । चुनावमा उनीहरुले आफू बसेको ठाउँबाट मतदान गर्न पाउँदैनन्, त्यसका लागि नेपाल फर्कने अवसर पनि पाउँदैनन् । यसैबीच, नेपाली कमरेडहरूका अनुसार रेमिट्यान्स देशको तेस्रो ठूलो आर्थिक क्षेत्र हो ।

    (गाभी जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) तथा क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तर्राष्ट्रिय संगठन (आईसीओर)का नेता हुन् ।)

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.