काठमाडौं । काठमाडौंको चोभारमा बागमती नदीमा कार खसेको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् भने दुई जना हराइरहेका छन् ।
Advertisement
सोमबार साँझ चोभारको जलविनायकमा बा ५ च ५६५४ नम्बको सुजुकी कार बागमती नदीमा खसेको हो। कार दुर्घटना हुँदा एकजना घाइते भएकी छन्।
घटनास्थलबाट एक जना महिलाको उद्धार गरी प्रहरीले बल्खुको वयोद्धा अस्पतालमा लगेको छ । महिलाको साथमा अम्बिका पौडेल लेखिएको त्रिपुरेश्वर आँखा अस्पतालको कार्ड फेला परेको छ ।
कारमा अन्य व्यक्ति पनि रहेको आशंकामा खोजि भइरहेको प्रहरीले जनाएको छ ।