काठमाडौं । नेपाल पुलिस क्लबले एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि उचालेको छ । पुलिसले यो उपाधि एक दशकपछि उचालेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहल आइतबार भएको महिलातर्फको फाइनल खेलमा साविक विजेता न्यू डायमण्ड युथ स्पोर्टस् एकेडेमीलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।
उपाधिसँगै पुलिस क्लबले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपाविजेता डायमण्डले २ लाख हात पार्नेछ। पुलिस क्ललबे यसअघि २०६९ सालमा उपाधि जितेको तियो।
पुलिस क्ललबे डायमण्डलाई २२–२५, २५–१७, २५–२७, २५–१९ र १५–११ को कठिन जित निकालेको हो।
पहिलो सेट २२–२५ ले गुमाएको पुलिस क्लबले दोस्रो सेट डायमण्डलाई सुम्पेको थियो। तेस्रो सेटमा २५–२७ ले गुमाएको पुलिस क्लबले त्यसपछि लगातार जित निकाल्दै एक दशकपछि च्याम्पियन बनेको हो।
आजै भएको तेस्रो स्थानको खेलमा विभागीय डर्बीमा नेपाल एपीएफ क्लबलले त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गरेको थियो।
एपीएफले आर्मीलाई २५–१६,२५–२०, २१–२५, २१–२५, १५–७ को रोमाञ्चक जित निकालेको हो। तेस्रो भएको एपीएफले १ लाख रुपैयाँ पाउनेछ।

