प्युठान । अखिल नेपाल युवक संघ, प्युठानले जिल्लामा भैरहेको चोरीका घटनालाई नियन्त्रण गर्न प्रसाशनको ध्यानाकर्षण गराएको छ ।
Advertisement
शुक्रबार युवक संघले चोरीका घटनाहरुको विवरणसहित नियन्त्रण तथा कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
संघका अध्यक्ष कमल पौडेलद्वारा हस्ताक्षण गरिएको पत्रमा भनिएको छ, ‘जिल्लाका दर्जनौ ठाउँहरुमा विभिन्न समयमा चोरी हुँदा समेत सम्बन्धित निकायले चोरीका घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन नसकेको हुँदा स्थानीयवासी त्रसित अवस्थामा बाँच्न विवस छन् ।’
जिल्लामा पछिल्लो केही समयमै एक करोड भन्द बढीको सुनचाँदी, नगद, गरगहना, मोटरसाइकल लगायत चोरी भएको युवक संघले जनाएको छ ।






