काठमाडौं । संघीय संसदको प्रतिपक्षमा अब राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै हुने भएका छन् ।
Advertisement
प्रचण्डलाई विश्वासको मत नदिनेमा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसद मात्रै रहेका छन् ।
राजमो अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले प्रचण्डलाई विश्वासको मत दिएनन् ।
नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि संघीय संसद अब करिब प्रतिपक्षविहीन भएको छ।
मंगलबार संसद बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई दुई जनाबाहेक सबै सांसदले समर्थन गरेका हुन् ।