• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रक्तिमको चौथो राष्ट्रिय सम्मेलन चैत २६ देखि


  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
  • काठमाडौं । रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २६ गतेदेखि हुने भएको छ । रक्तिमको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी २०७९ चैत २६, २७ र २८ गते बुटवलमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष गिरीप्रसाद बुढाले जानकारी दिनुभएको छ ।

    Advertisement

    सम्मेलनको मूल नारा ‘सामन्ती तथा पुँजीवादी संस्कृतिको विरुद्ध हाम्रो आन्दोलन, प्रगतिशील तथा जनवादी संस्कृतिको पक्षमा चौथो राष्ट्रिय सम्मेलन!’ तय गरिएको छ ।

    सम्मेलनको लागि अध्यक्ष गिरीप्रसाद बुढाको संयोजकत्वमा १५१ सदस्यीय सम्मेलन मूल व्यवस्थापन समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरू बनाइएको छ ।

    यस्तो छ अध्यक्ष बुढाद्वारा जारी विज्ञप्ति :
    रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको बैठक यही मिति २०७९ पुस १५ र १६ गते बुटवलमा र पुस १९ गते भर्चुअल प्रविधिको माध्यमबाट बसि महत्वपूर्ण निर्णय गरेको छ । बैठकले गरेका निर्णयहरुको जानकारी दिनको लागि यो वक्तव्य जारी गरिएको छ

    १) नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा सशक्त भूमिका निभाउँदै आइरहेको रक्तिम सांस्कृतिक अभियान नेपालको प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलनको क्षेत्रमा एक लोकप्रिय सांस्कृतिक संगठन हो । यो संगठनले आफ्नो स्थापना कालदेखि नै सामन्तवादी, साम्राज्यवादी तथा पुँजीवादी छाडा संस्कृतिको विरुद्धमा निरन्तर संघर्ष गर्दै आइरहेको छ । देशमा भएका हरेक राजनैतिक घटना, परिघटना र परिवर्तनहरुमा प्रगतिशील गीत, संगीतको क्षेत्रबाट रक्तिमले पुर्याएको योगदान यहाँहरु सबैलाई ज्ञात भएकै विषय हो ।

    रक्तिम महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा अघि बढिरहेको प्रगतिशील सांस्कृतिक संगठन हो । श्रमजीवी जनताका हरेक न्यायपूर्ण आन्दोलनहरुमा हामीले साथ र समर्थन दिँदै आएका छौं । यसका साथै राजनीतिक तथा सामाजिक क्षेत्रमा देखा परेका सबै प्रकारका विकृति, विसंगति, भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, दमन आदिको विरुद्ध पनि आफ्नो सांस्कृतिक कला मार्फत निरन्तर आवाज उठाउँदै जनचेतना जागृत गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनको लागि यो संगठनले गौरवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यही भूमिकालाई थप मजबुत बनाउन रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन मितिः २०७९ चैत्र २६, २७ र २८ गते बुटवलमा सम्पन्न गर्ने निर्णय गरेको छ । सम्मेलनको मूल नारा ‘सामन्ती तथा पुँजीवादी संस्कृतिको विरुद्ध हाम्रो आन्दोलन ! प्रगतिशील तथा जनवादी संस्कृतिको पक्षमा चौथो राष्ट्रिय सम्मेलन !’ तय गरिएको छ ।

    २) सम्मेलनको लागि विभिन्न उपसमितिहरू बनाइएको छ । उपसमितिहरु यसप्रकार रहका छन्ः

    (क) अध्यक्ष गिरीप्रसाद बुढाको संयोजकत्वमा १५१ सदस्यीय सम्मेलन मूल व्यवस्थापन समिति गठन गरिएको छ जसमा देवी शर्मा, मोहराज चालिसे, अनन्त आचार्य, सुवर्ण भट्टराई, मेश्मा पुन लगायतका सदस्यहरु रहनु भएको छ ।

    (ख) उपाध्यक्ष हेमराज आश्रमको संयोजकत्वमा ५५१ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । जसमा बाबुराम आचार्य, विष्णु केसी लगायतका सदस्यहरू रहनु भएको छ ।

    (ग) महासचिव जीवन शाहीको संयोजकत्वमा ५ सदस्यीय प्रकाशन तथा अतिथि व्यावस्थापन उपसमिति गठन गरिएको छ जसमा सविन अर्गेजा, बाबुराम आचार्य, मेश्मा पुन, रेम राना सदस्य रहनु भएको छ ।

    (घ) कोषध्यक्ष मोहराज चालिसेको संयोजकत्वमा ७५ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ जसमा थुमराज ढुंगाना, दिलिप रसाइली, सीता बस्याल, हेमराज आश्रम, सविन अर्गेजा सहित जिल्ला अध्यक्ष र प्रदेश अध्यक्ष रहेने गरी ७५ सदस्यीय उपसमिति गठन गरिएकोछ ।

    (ङ) पिमलाल पुनको संयोजकत्वमा स्वयम सेवक उपसमिति गठन गरिएको छ । जसमा सुबर्ण भट्टराई, अनन्तराज आचार्य, विष्णु केसी लगायतका सदस्यहरु रहनु भएको छ ।

    (च) विष्णु केसीको संयोजकत्वमा सास्कृतिक कार्यक्रम उपसमिति गठन गरिएको छ जसमा अन्य सदस्यहरूमा उषा तारामी र मेश्मा पुन रहनु भएको छ ।

    (छ) राष्ट्रिय सम्मेलनको लागि सांगठनिक प्रतिवेदन तयारीको लागि अध्यक्ष गिरीप्रसाद बुढा, विधान तयारीको लागि महासचिव जीवन शाही तथा आर्थिक प्रतिवेदन तयारीको लागि कोषाध्यक्ष मोहराज चालिसेलाई जिम्मेवारी तोकिएको छ ।

    (६) फागुन महिना भित्र सबै जिल्लाहरूले सम्मेलन वा भेला गरिसक्ने निर्णय गरिएको छ ।

    (८) फाल्गुन २४ गते विष्णु शर्मा स्मृति कार्यक्रम काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।

    (९) गीत संगीत प्रकाशन कार्यविधि निर्माण गर्न गिरीप्रसाद बुढा संयोजक तथा हेमराज आश्रम र जीवन शाही सदस्य रहेको ३ सदस्यीय कार्यदल बनाइएको छ

    (१०) रिक्त केन्द्रीय समितिकोसदस्य पदमा शोभा गोपाली (मकवानपुर) लाई नियुक्ति गरि पदपुर्ति गरियो।

    गिरीप्रसाद बुढा
    अध्यक्ष

    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.