काठमाडौं । संघीय संसद्को पहिलो बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।
Advertisement
बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने छ। संसदमा १२ दलको प्रतिनिधित्व छ भने २७५ जना सांसद छन्।
आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुने छ।
भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।
यस्तो छ कार्यसूची
